देउवा र दाहालका प्रतिस्पर्धी ८० नाघेका पनि
२७ असोज २०७९
•
४ मिनेट पाठ
देउवा र दाहालका प्रतिस्पर्धी ८० नाघेका पनि
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा २५ देखि ९९ वर्षसम्मका उम्मेदवार मैदानमा उत्रिएका छन्। प्रमुख राजनीतिक दलका अध्यक्षहरूसँग पाकादेखि युवा उमेरका उम्मेदवार भिड्दैछन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ८० वर्ष नाघेका उम्मेदवार भिड्दैछन्।




गोरखा–२ बाट उम्मेदवारी दिएका माओवादी अध्यक्ष दाहालसँग ९९ वर्षका स्थानीय टीकादत्त पोखरेल चुनावमा भिड्दैछन्। पोखरेल नेपाली कांग्रेस (बिपी) का तर्फबाट उम्मेदवार हुन्। उनी देशभरिमै सबैभन्दा पाका उम्मेदवार हुन्। दाहालसँग उनी मात्रै नभएर अन्य ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। नेकपा एमालेका २९ वर्षीय अब्दुल सलाम मियाँलगायत स्वतन्त्रसम्मका उम्मेदवार दाहालसँग चुनाव भिड्दैछन्।

त्यसैगरी कांग्रेस सभापति देउवासँग डडेल्धुरा–१ मा ८४ वर्षीय कर्णसिंह रावल भिड्दैछन्। रावल स्वतन्त्रतर्फका उम्मेदवार हुन्। उनी २०७४ सालमा प्रतिनिधिसभा चुनावमा पनि डडेल्धुरामै स्वतन्त्र उम्मेदवार थिए। त्यतिबेला पनि देउवासँगै चुनावमा उम्मेदवार भएका उनले १४० मत पाएका थिए। उनले यसपटक पनि देउवासँग चुनाव लड्न रहर गरेका हुन्।

अन्य पाका व्यक्तिहरू पनि चुनावी मैदानमा छन्। प्रतिनिधिसभातर्फ १६५ सिटका लागि देशभरबाट ८० देखि ९९ वर्षसम्मका उम्मेदवार १० जना छन्।  

तेह्रथुम–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट ८७ वर्षीय युवराज गौतम चुनावी मैदानमा छन्। महोत्तरी–३ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्षसमेत रहेका ८० वर्षीय महन्थ ठाकुर उम्मेदवार बनेका छन्। सर्लाहीबाट नेकपा माओवादी केन्द्र (एकल चुनाव चिह्न) बाट ८५ वर्षीय महिन्द्र राय यादव चुनावी मैदानमा छन्। उनले यसअघि सोही क्षेत्रबाट चुनाव जितेका थिए।  

त्यसैगरी बागलुङ–१ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका ८० वर्षीय चित्रबहादुर केसी चुनाव लड्दैछन्। उनी संविधानसभाको चुनावमा त्यसै क्षेत्रबाट विजयी बनेका थिए। स्वतन्त्र उम्मेदवारका रूपमा बारा–१ बाट ८१ वर्षीय कृष्णराज गिरी, पर्सा–१ बाट ५० वर्षीय हृदयनारायणप्रसाद बरै, काठमाडौं–६ बाट ८५ वर्षीय विष्णुप्रसाद ढकाल, कास्की–३ बाट ८४ वर्षीय पशुपतिनाथ तिमिल्सिना मैदानमा छन्।

राजनीतिलाई फरक रूपमा हेर्दै आएका युवा गत स्थानीय चुनावदेखि राजनीतिमा आकर्षित देखिएका छन्। २०७९ वैशाख ३० मा भएको स्थानीय चुनावमा पनि युवा चुनावी मैदानमा थिए। युवा उम्मेदवारले स्वतन्त्रबाट आफ्नो उम्मेदवारी दिएका थिए। यसपटक पनि स्वतन्त्र उम्मेदवारको लर्को देखिन्छ।  

प्रतिनिधिसभाको सांसद बन्ने इच्छा राखेर २५ देखि ४० वर्ष उमेर समूहका ७८३ जना युवा उम्मेदवार छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार कुल उम्मेदवारमध्ये ७८३ जना २५ देखि ४० वर्ष उमेरसम्मका छन्। तीमध्ये १०१ जना महिला र ६८२ जना पुरुष छन्।  

आयोगका अनुसार ४१ देखि ६० वर्ष उमेर समूहका १ हजार ३४६ जना उम्मेदवार छन्। तीमध्ये १२४ जना महिला छन््। उम्मेदवारको उमेर समूह हेर्दा वयस्कहरूको वर्चस्व देखिन्छ। कुल उम्मेदवारमध्ये ४० देखि ६० वर्ष उमेर समूहका धेरै छन्।  

अघिल्लो पटक ८० वर्षसम्मका मात्रै चुनावमा  

२०७४ सालको प्रतिनिधिसभा चुनावमा ८० वर्षमाथिका उम्मेदवार थिएनन्। त्यसबेला ८० वर्षका दुईजना मात्रै उम्मेदवार थिए। त्यसबेला ८० वर्षीय महिन्द्रराय यादव र कर्णसिंह रावल उम्मेदवार बनेका थिए। ८० वर्षभन्दा माथिका कुनै पनि उम्मेदवार प्रतिस्पर्धामा थिएनन्। प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले सपथ गराउने प्रचलन छ। तर प्रतिनिधिसभाका सदस्यलाई ज्येष्ठ सदस्यको हैसियतमा सपथ गराउन भन्दा यादवले प्राविधिक रुपमा आफू जेठो भए पनि यथार्थमा त्यस्तो नभएको भनेपछि महन्थ ठाकुरले सपथ गराएका थिए। यादवले भने सभामुख चयन भएपछि मात्र प्रतिनिधिसभा सदस्यको सपथ लिएका थिए।

स्थानीय चुनावमा पनि ९० नाघेका उम्मेदवार

२०७९ वैशाख ३० मा भएको स्थानीय तह चुनावमा ३० वर्षमुनिका युवाको आकर्षण देखिएको थियो। सँगसँगै ९० वर्ष उमेरमाथिका पनि उम्मेदवार थए। देशभरिका ७५३ स्थानीय तहको नेतृत्वका लागि १ लाख ४५ हजार ८३ जना उम्मेदवार थिए। जसमध्ये १५ हजार ९७२ जना ३० वर्षभन्दा कम उमेर समूहका थिए। तीमध्ये महिला ७ हजार ४९७ जना र पुरुष ८ हजार ४७५ जना थिए।  

स्थानीय चुनावमा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी १५ हजार ९७२ जना उम्मेदवार ३० वर्षभन्दा कम उमेरका थिए। कुल उम्मेदवारमध्ये ५५ हजार ७१९ महिला र ८९ हजार ३६४ जना पुरुषको उम्मेदवारी परेको थियो। सबैभन्दा बढी ३१ देखि ५० उमेर समूहका विभिन्न व्यक्तिले मनोनयन दर्ता गरेका थिए।  
अर्को समाचार
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
३ मिनेट अघि
•
१ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
फाइल।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम दिन बाँकी रहेको बताएका छन्।




शनिबार सुर्खेतमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको सुनााए। यद्यपि, प्रदेशका मुद्दालाई राष्ट्रिय राजनीतिमा प्राथमिकताका साथ उठाउने उनले प्रतिबद्धता जनाए।

लामिछानेका अनुसार कर्णालीको विकासलाई निर्वाचनको मत परिणामसँग जोडेर हेरिने छैन। कर्णालीका जनताले एक भोट नदिए पनि रास्वपा सरकारमा रहुन्जेल प्रदेशको विकास प्राथमिकतामा रहने उनको दाबी छ।

विगतमा अन्य दलहरूले आफ्ना उमेदवार जिताए मात्र विकास गर्ने आश्वासन दिने गरेको आरोप लगाउँदै उनले रास्वपाले त्यस्तो राजनीतिक सौदाबाजीमा विश्वास नगर्ने बताए।

‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं भन्ने होइन,’ लामिछानेले भने, ‘चाहे जीवनभर हारौं, कर्णालीले एकजना पनि नपठाओस् र एक भोट पनि नदियोस्, रास्वपा सरकारमा रहुन्जेल कर्णाली प्राथमिकतामा रहनेछ।’

पुल र बाटो बनाइदिने सर्तमा नभई कर्णालीका मुद्दा केन्द्रमा लैजाने प्रतिबद्धतासहित आफूहरू आएको उनले उल्लेख गरे। राजनीति चुनावका निम्ति मात्र नभएको बताउँदै उनले चुनाव राजनीतिको एउटा पाटो मात्र भएको धारणा राखे।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस