प्रत्यक्षतर्फ महिला उम्मेदवारी ९ प्रतिशत
२५ असोज २०७९
•
३ मिनेट पाठ
प्रत्यक्षतर्फ महिला उम्मेदवारी ९ प्रतिशत
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत उम्मेदवार सुनिश्चितताको माग गरेका महिलाहरू ९ प्रतिशतमा समेटिएका छन्। चुनाव तोकिएपछि प्रत्यक्षतर्फबाट चुनाव जितेका महिला सांसदले जनसंख्याका आधारमा सिट सुनिश्चित गर्न माग राखेका थिए। उनीहरूले २०७९ साउन १६ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या ५० प्रतिशत हुनुपर्ने माग राखेर संसद्मा जरुरी सार्वजनिक महŒवको प्रस्तावसमेत दर्ता गराएका थिए।  




संसद्मा रहेका राजनीतिक दलका महिलाको प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवार पाउनुपर्ने माग थियो। तर, दलको नेतृत्वमा पुरुषकै वर्चश्व रहेको र प्रत्यक्ष चुनाव लड्नसक्ने महिलालाई पनि समानुपातिकमा सीमित गरेकाले महिलाको उम्मेदवारीमा यसपटक पनि कमी आएको हो।  

टिकट बाँड्नुअघि नै ५० प्रतिशत उम्मेदवार बनाउन माग गरेका महिला नेतृहरूले आफ्नो दलभित्र भने माग राख्न सकेको देखिएन। ठूला भनिएका राजनीतिक दलहरूले पनि महिलालाई प्रत्यक्षतर्फ टिकट दिन खासै वास्ता गरेको देखिँदैन। नेतृत्वका नजिकका नाता एवं पहुँचवालाले टिकट पाउँदा महिला पछाडि परेका हुन्।

प्रत्यक्षतर्फबाट उम्मेदवारी दिने महिलाको संख्या न्यून देखिएको छ। अघिल्ला चुनावमा जस्तै यसपटक पनि राजनीतिक दलहरूले महिलालाई प्रत्यक्ष चुनावका लागि उपेक्षा गरेको देखिएको छ।  

मिश्रित निर्वाचन प्रणालीमा समानुपातिक र पहिलो हुने निर्वाचित बन्ने निर्वाचन दुवै प्रणालीमा महिला र पुरुष बराबर ल्याउनुपर्ने संविधानको मर्म रहेको छ। तर, यसअघिका चुनावमा पनि प्रत्यक्षमा पुरुष र समानुपातिकमा महिलालाई समेट्दै आएका छन्।  

आगामी चुनावका लागि प्रतिनिधिसभातर्फ २५ सय २६ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगका अनुसार त्यसमध्ये २२ सय ९१ जना पुरुष र २ सय ३५ जना महिलाले उम्मेदवारी दिएका छन्। यो संख्या प्रतिनिधिसभाको कुल उम्मेदवारको ९ प्रतिशत हो।  

त्यसैगरी प्रदेशसभातर्फ ३४ सय ७६ जना उम्मेदवार रहेका छन्। त्यसमध्ये ३१ सय ७९ जना पुरुष छन् भने २ सय ९७ जना महिला र एकजना अन्यले उम्मेदवारी दिएका छन्। आइतबार मनोनयन दर्ता भएकोमा सोमबार उजुरी दर्ताको समय तोकिएको छ। उजुरीका विषयमा अध्ययन गरी आयोगले मंगलबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने छ। मनोनयन दर्ता गरेका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन पनि सक्ने व्यवस्था छ।  

२०७४ सालमा प्रतिनिधिसभाका लागि १९ सय ४४ जनाले उम्मेदवारी दिएका थिए। त्यसमध्ये १७ सय ९८ जना पुरुष र १ सय ४६ जना महिला चुनावी मैदानमा होमिएका थिए। देशभरबाट जम्मा ६ जना महिला प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। ५५ वटा राजनीतिक दल र स्वतन्त्रबाट मनोनयन दर्ता गराएका थिए।  

२०७४ सालको पहिलो हुने निर्वाचित बन्ने निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्यका लागि ३४ सय ७४ जनाले मनोनयन पत्र दर्ता गराएका थिए।  

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ३३० सिटका लागि ३२ सय ३८ जनाको उम्मेदवारी दर्ता भएको थियो। त्यसमध्ये महिला उम्मेदवार २ सय ४० जना रहेका थिए। २ सय ४० जना महिला उम्मेदवारमध्ये १ सय ९० राजनीतिक दलका तर्फबाट रहेका थिए। बाँकी ५० जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। त्यसमध्ये १७ जना महिलाले चुनाव जितेका थिए भने ३ सय १३ जना पुरुषले चुनाव जितेका थिए।  

निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिने सम्बन्धमा प्रतिनिधिसभामा गत साउनमा महिला सांसदले जरुरी सार्वजनिक महŒवको प्रस्ताव दर्ता गरेका थिए। सार्वजनिक महŒवको प्रस्तावको राजनीतिक दलहरूले बेवास्ता गर्दा महिलाको उम्मेदवारी कम परेको हो। उक्त प्रस्तावको २०७४ मा चुनाव जितेकी सांसद अमृता थापा मगर प्रस्तावक रहेकी थिइन्। त्यसैगरी लक्ष्मी परियार, लक्ष्मीकुमारी चौधरी, चन्दा चौधरी, रंगमति शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेनुका गुरूङ, प्रमिला राई समर्थक रहेका थिए। ‘विगतको वास्तविकतालाई मध्यनजर गर्दै आसन्न निर्वाचनमा जाँदा पहिलो हुने निर्वाचन प्रणालीतर्फ पनि समान संख्यामा महिलाको उम्मेदवारी दिनु अनिवार्य छ। यसरी मात्र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट समान संख्यामा पुरुष सदस्यलाई सम्बन्धित तहमा सहभागी गराउन सकिने छ र महिला सदस्यको पनि संविधानबमोजिम समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न सकिने छ,’ प्रस्तावमा उल्लेख थियो। तर, त्यो प्रस्ताव कागजमा मात्रै सीमित भएको छ।
अर्को समाचार
‘प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवारी हुनुपर्छ’
२४ साउन २०७९
•
१ मिनेट पाठ
‘प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवारी हुनुपर्छ’
सांसदहरुले आगामी प्रदेश तथा संघीय निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवारीको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन्। 




प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत भएको आगामी निर्वाचनमा समानुपातिक समावेशी सहभागिताको सुुनिश्चितता गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा बोल्दै उनीहरुले संविधानले सम्बोधन गरेको समानुपातिक समावेशी सहभागिताको सुनिश्चितता हुनुपर्ने बताए।

सांसद लक्ष्मी परियारले संविधानले व्यवस्था गरेको राज्यका हरेक निकायमा महिलालाई समानुपातिक समावेशी सहभागितालाई व्यावहारिक कार्यान्वयन गराउन निर्वाचनका दुवै प्रणालीमा ५० प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने धारणा राखिन्। उनले प्रत्यक्ष निर्वाचन र समानुपातिक निर्वाचन प्रणालीमा महिला र पुरुष दुवैको समान प्रतिनिधित्व हुनुपर्नेमा जोड दिईन्।

सांसद लक्ष्मीकुमारी चौधरीले आगामी प्रदेश तथा संघीय निर्वाचनमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चित गर्दै प्रत्यक्षतर्फ महिलाको सहभागिता बढाउन ध्यानाकर्षण गराईन्।

सांसद चन्दा चौधरीले राजनीतिक दलले विभिन्न निर्वाचनमा महिलाको कम प्रतिनिधित्व गराउने गरेको बताउँदै अब हुने निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गराउन माग गरिन्।

सांसद रेखा शर्माले संविधानमा महिला सहभागिताको बाध्यकारी व्यवस्था हुँदाहुँदै पनि व्यवहारमा कार्यान्वयनका लागि दलहरु उदासीन रहेको बताईन्। सांसद रङ्गमती शाहीले महिला समावेशिताको मुद्दामा राजनीतिक दलहरुको व्यवहार विभेदकारी देखिएको बताइन्। सांसदहरु विनादेवी बुढाथोकी, लीलादेवी सिटौला, यशोदा गुरुङ सुवेदी, रेणुका गुरुङ, प्रमिला राई र पार्वतीकुमारी बिसङ्खेले आगामी निर्वाचनमा महिला र पुरुषलाई समान सहभागिता गराइनुपर्नेमा जोड दिईन्। उक्त प्रस्तावमाथि अहिले छलफल जारी रहेको छ।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस