उम्मेदवारविरुद्ध उजुरीको चाङ: देउवादेखि मिश्रसम्मको उम्मेदवारी खारेजी माग
२५ असोज २०७९
•
५ मिनेट पाठ
उम्मेदवारविरुद्ध उजुरीको चाङ: देउवादेखि मिश्रसम्मको उम्मेदवारी खारेजी माग
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन गरेका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूविरुद्ध उनीहरूकै प्रतिस्पर्धीका साथै विभिन्न व्यक्तिले उजुरी गरेका छन्। उम्मेदवार मनोनयनमा उल्लेख भएको नाम, जन्ममितिसहित विभिन्न विषयमाथि प्रश्न उठाउँदै उजुरी परेको हो।  




नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगनकुमार थापासहित विभिन्न उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ। नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक परेपछि देउवाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। सोमबार डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस (बिपी)का उम्मेदवार कर्ण मल्लले उनको नामांकन जन्ममितिमा एउटा र मतदाता नामावलीमा अर्को भएको भन्दै मुख्य निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेका हुन्।

प्रधानमन्त्री देउवाको जन्ममिति नागरिकतामा विसं. २००३ जेठ ३१ गते रहेको छ भने मतदाता नामावलीमा विसं. २००२ जेठ ३१ गते उल्लेख गरिएको छ। डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार उजुरीउपर स्पष्ट पार्न मंगलबारसम्म समय दिइएको छ। ‘प्रधानमन्त्री शेरबहादुरको मतदाता नामावली र नागरिकतामा जन्ममिति फरक भएको विषयमा उजुरी परेको छ,’ उनले भने, ‘यसबारे प्रष्ट पार्न मंगलबार दिउँसोसम्मको समय दिइएको छ। बाँकी निर्णय आयोगले गर्ने हुँदा सूचना पाटीमा टाँसिएको व्यहोरालाई आधार मानेर प्रधानमन्त्री देउवाले उजुरीमाथि प्रमाण पेस गर्नुपर्ने हुन्छ।’ आइतबार कांग्रेस सभापति देउवा पत्नी तथा नेपाली कांग्रेसकी नेत्री आरजु देउवा राणाले वारेस भएर उनको उम्मेदवारी दर्ता गराएकी थिइन्।  

त्यस्तै, सोमबार निर्वाचन आयोगमा कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी दर्ता भएको छ। ललितानिवास जग्गा प्रकरणका आरोपित गच्छदारको उम्मेदवारी खारेज गर्न काठमाडौं–७ का विवेक अधिकारीले आयोगमा उजुरी दिएका हुन्। गच्छदारले पुनः निर्वाचन लड्नुलाई जनमतको अपमान हुने ठहर गर्दै उनले आयोगमा उजुरी दर्ता गरेका थिए। नेता गच्छदार बालुवाटार जग्गा प्रकरणमा १० लाख रूपैयाँ धरौटीमा रिहा भएका थिए।  

त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र बुर्लाकोटीले नेपाली कांग्रेसले गठबन्धनबाट प्रतिनिधिसभातर्फ चितवन–१ बाट उठाएको उम्मेदवार विश्वनाथ पौडेलविरुद्ध निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी दिएका छन्। राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा बहाल रहेका पौडेलको उम्मेदवारी खारेजीको माग गर्दै उनले उजुरी दिएका हुन्। नेपालका लागि नेपाली पार्टीका प्रतिनिधिले काठमाडौं–४ का नेपाली कांग्रेस, एमाले र राप्रपाका उम्मेदवारहरूको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन्। काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा, एमालेका राजन भट्टराई र राप्रपाका उम्मेदवारले नियमविपरीत मनोनयन गरेको दावी गर्दै उम्मेदवारी खारेजीको लागि उजुरी दर्ता गराएका थिए। त्यस्तै, काठमाडौं क्षेत्र नम्बर १ मा नेपालका लागि नेपाली पार्टीका बालकृष्ण न्यौपानेले नेपाली कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल र राप्रपाका रवीन्द्र मिश्रले आयोगले तोकेबमोजिम कानुनी प्रक्रिया पूरा नगरी उम्मेदवारी पेस गरेको दावी गर्दै मनोनयन खारेजीको  लागि उजुरी दिएका छन्।  

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार देशभरका निर्वाचन कार्यालयमा प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता गरेका आकांक्षीविरुद्ध उजुरी परेको आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आकांक्षी उम्मेदवारविरुद्ध परेको उजुरीमाथिको छानविन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले टुंगो लगाउने बताए। ‘देशभर प्रतिनिधिसभा तथा प्रदेशसभाका केही उम्मेदवारविरुद्ध उजुरी परेको जानकारी विभिन्न निर्वाचन कार्यालयहरूमार्फत आउने हुँदा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले उजुरीउपर छानविन गरी टुंगो लगाउनेछन्,’ उनले भने, ‘आयोगले उम्मेदवारीमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटे स्वतः उम्मेदवारी रद्द हुनेछ।’

आयोगको कार्यतालिका अनुसार सोमबार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आकांक्षी उम्मेदवारहरूको मनोनयनविरुद्ध उजुरी दर्ता गर्न सकिने जनाएको थियो। यसअघि आयोगले सम्बन्धित निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूचि–१६ बमोजिम उजुरी दिन सकिने जानकारी दिएको थियो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको योग्यताको सम्बन्धमा उजुरी दिन पाइने जनाएका थिए। ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारको योग्यताका सम्बन्धमा कुनै उम्मेदवार वा निजको प्रतिनिधिले उजुरी दिनसक्ने व्यवस्था गरिएको हो,’ उनले भने, ‘कसैले उजुरी दिएमा निर्वाचन अधिकृतले सो उजुरी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–१७ बमोजिमको दर्ता किताबमा दर्ता गरी निर्देशिकाको अनुसूची–१८ बमोजिमको भर्पाई सम्बन्धित उजुरीकर्तालाई दिएको हुनुपर्नेछ।’

निर्वाचन अधिकृतले निर्वाचन कार्यक्रमबमोजिम उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि सो म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण सो निर्देशिकाको अनुसूची–१९ बमोजिम तयार गरेर आफ्नो कार्यालयमा प्रकाशन गरी जोविरुद्ध उजुरी परेको हो सो पक्षले सूचनामा तोकिएको समयमा प्रमाणसहित उपस्थित हुनुपर्ने व्यहोरासमेत उल्लेख गरिएको हुनुपर्ने उनले बताए।

२ सयको उम्मेदवारी

प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० सिटका लागि जम्मा ६ हजार २ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ। सोमबार साँझसम्म निर्वाचन आयोगले अध्यावधिक गरेको विवरणअनुसार जम्मा ५ हजार ४ सय ६९ जना पुरुषको उम्मेदवारी परेको छ। यस्तै प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ जम्मा ५ सय ३२ जना महिलाको मात्रै उम्मेदवारी परेको छ। लैंगिक अल्पसंख्यक समुदायबाट एक जनाको मात्रै उम्मेदवारी परेको बताइएको छ। उक्त समुदायबाट सर्लाही–२ मा एक जनाको मात्रै उम्मेदवारी परेको छ। आयोगका अनुसार प्रतिनिधिसभातर्फ जम्मा २ हजार ५ सय २६ जनाको उम्मेदवारी परेको छ। जसमध्ये २ हजार २ सय ९१ जना पुरुष र २ सय ३५ जना महिलाले मनोनयन दर्ता गराएका छन्। प्रतिनिधिसभाका लागि देशभर ९ सय २९ जना र प्रदेशसभाका लागि १२ सय ५२ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए। त्यस्तै प्रतिनिधिसभाका लागि देशभर राप्रपाले १४१, एमालेले १३९, स्वतन्त्र पार्टीले १३१, नेपाली कांग्रेस ९१, जसपाले ८०, लोसपाले ५२, माओवादीले ४५ र एकीकृत समाजवादीले २४ जना उम्मेदवार उठाएको छ भने प्रदेशसभातर्फ एमालेले २ सय ७८, राप्रपाले २ सय ६७, नेपाली कांग्रेसले १ सय ८४, जसपाले १ सय ४३, माओवादीले १ सय १२, एकीकृत समाजवादीले ८२ र लोसपाले ७६ जनालाई उम्मेदवार उठाएको छ।

प्रदेशसभातर्फ जम्मा ३ हजार ४ सय ७६ जनाको उम्मेदवारी परेको छ। जसमध्ये ३ हजार १ सय ७८ पुरुष र २ सय ९७ जना महिलाले उम्मेदवारी दिएको आयोगले जनाएको छ।
अर्को समाचार
दलीय कारबाहीमा विद्रोही उम्मेदवार
२७ असोज २०७९
•
१ मिनेट पाठ
दलीय कारबाहीमा विद्रोही उम्मेदवार
प्रमुख राजनीतिक दलहरूले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी निर्णयविपरीत विद्रोही उम्मेदवारी दिएका नेतालाई कारबाही गर्न थालेका छन्। निर्वाचन आयोगले तोकेको समयभित्र विद्रोहीले उम्मेदवारी फिर्ता नलिएपछि दलहरूले अनुशासनको कारबाही थालेका हुन्। आयोगले बुधबारका लागि उम्मेदवारी फिर्ता लिने दिन तोकेको थियो।




सत्ता गठबन्धनमा रहेका राजनीतिक दलका शीर्ष नेताहरूको मंगलबार बसेको बैठकले दलीय सहमतिविपरीत उम्मेदवार बनेका नेतालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो। तर निर्देशनविपरीत बुधबार उम्मेदवारी फिर्ता नलिएपछि दलहरूले विद्रोही उम्मेदवारसँगै तिनका प्रस्तावक र समर्थकलाई पनि कारबाही गर्न थालेका छन्। सत्तारुढ गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्व उम्मेदवार बनेका, तिनका प्रस्तावक र समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ। कांग्रेसले पार्टी विधानको धारा ३४ (४) (क) अनुसार उनीहरूलाई पार्टी सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको जनाएको छ। गठबन्धन दलले बुधबार दिउँसो १ बजेभित्र बागीलाई उम्मेदवारी फिर्ता लिन निर्देश गरेका थिए।  

त्यस्तै नेकपा माओवादी केन्द्रले पनि पार्टी निर्णयविपरीत प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मेदवारी दिएकालाई कारबाही गर्ने भएको छ। ‘बागी उम्मेदवारलाई कारबाही हुन्छ तर त्यसको प्रकृति अहिले नै तय भएको छैन,’ उपाध्यक्ष कृष्णबहादुर महराले भने। बागी उम्मेदवारलाई कस्तो किसिमको कारबाही गर्ने भन्ने पार्टीको बैठक बसेर केही दिनमा टुंगो लगाउने उनले बताए।
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस