चितवनको निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचनलाई राष्ट्रियस्तरबाट निकै महत्वका साथ हेरिएको छ। केन्द्रको समेत ध्यान आफूतिर खिच्न सफल यो निर्वाचन क्षेत्रको चुनावी चर्चा विशेष रुपमा भइरहेको छ। कसले जित्ने यकिन नभएपनि यहाँको निर्वाचनलाई लिएर विभिन्न आंकलन हुने गरेको छ। नेपाली कँंग्रेसका केन्द्रीय सदस्य समेत रहेका दिनेश कोइराला र काँग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएपछि चुनावी गतिविधिले नयाँ मोड लिएको छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन क्षेत्र नै छोडेर गएपछि चुनावी प्रतिस्पर्धाले नयाँ मोड लिएको देखिन्छ।
चितवन ३ मा प्रतिनिधि सभामा २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। त्यसमध्ये १२ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्। ९ जनाले पार्टीगत रुपमा उम्मेदवार चुनावी मैदानमा छन्। तर, उम्मेदवारी फिर्ता गर्ने समय भने यथावत नै छ। मुख्य प्रतिस्पार्धा भने त्रिपक्षीय हुने देखिन्छ। सत्ता गठबन्धन, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी बीच नै देखिन्छ। तर, स्वतन्त्र रुपमा उम्मेदवारी दिएका कोइराला र जगन्नाथ पौडेलको मत पनि निर्णायकका रुपमा हेरिएको छ।
प्रतिनिधि सभामा सत्ता गठबन्धन तलका तर्फबाट नेकपा(माओवादी केन्द्र)का डा.भोजराज अधिकारी, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे उम्मेदवार छन्। मनोनयन सँगै ठुला साना सबैै दल र उम्मेदवारले चुनावी अभियानलाई तीव्रता दिइरहेका छन्।
२०७४को प्रतिनिधि सभाको निर्वाचन र २०७९को स्थानीय तहको निर्वाचनमा काँग्रेस–माआवादी गठबन्धन र एमालेलाई प्राप्त मतका आधारमा अहिले नै परिणाम कता जान्छ भनेर आंकलन गर्न कठिन छ। अघिल्लो निर्वाचनको मतलाई आधार मान्दा सत्ता गठबन्धन अगाडि छ।
चितवन क्षेत्र नम्बर तीनमा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्दछ। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र माडी नगरपालिकामा एमालेकी ताराकुमारी काजि महत्तोले जितेको क्षेत्र हो। भरतपुरका १९ वटा वडामा वडाध्यक्षले ल्याएको मत र माडी नगरपालिकामा प्रमुख पदका उम्मेदवारले ल्याएको मतलाई आधार मान्दा सत्ता गठबन्धन ८ हजार ९३ मतले अगाडि छ। स्थानीय तहको निर्वाचनमा काँग्रेस–माओवादीको ४३ हजार २११ मत छ। एमालेका उम्मेदवारको ३५ हजार ७९८ मत छ। यहाँ एमालेलाई राप्रपाले पनि सघाएको थियो। यसरी सोझो हिसाबमा सत्ता गठबन्धनका उम्मेदवारलाई जित्न सहज देखिन्छ। तर, कांग्रेसका नेताको स्वतन्त्र उम्मेदवारी दिएपछि भने कसले बाजी मार्छ भन्न सकिने अवस्था छैन। काँग्रेस भित्र देखिएको विद्रोहका कारण एमालेले फाइदा लिन सक्ने देखिन्छ।
यस निर्वाचन क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाका १९ नम्बर वडा मध्ये नेपाली कांग्रेसले १० वटा जितेको छ। माओवादी केन्द्र र एमालेले समान ३, एकीकृत समाजवादीले २ र स्वतन्त्रबाट १ जनाले वडाध्यक्ष जितेका छन्। माडी नगरपालिकमा माओवादीले ४, नेकपा (एकीकृत समाजवादी) र राप्रपाले समान २ र एमालेले १ वडामा वडाध्यक्ष जितेको छ।
चितवन क्षेत्र नम्बर ३ तुलनात्मक रुपमा काँग्रेसको प्रभाव बढी रहेको क्षेत्र हो। तर, यस क्षेत्रबाट प्रतिनिधि सभामा कांग्रेसले टिकट पाएको छैन। प्रचण्डलाई समेत यहाँका नेताहरुले अन्य निर्वाचन क्षेत्र रोज्न दबाव दिएका थिए। सोही कारणपनि प्रचण्ड गोरखा गएको बुझिएको छ। तर, आफ्नो प्रभाव क्षेत्र भएको ठाउँमा पटक पटक अन्य पार्टीलाई भोट दिनुपर्दा यहाँका कांग्रेस कार्यकर्ता रुष्ट छन्। सोही कारणपनि पार्टीको निर्णय विपरित उम्मेदवारी दिन परेको केन्द्रीय समेत समेत रहेका कोइराला बताउँछन्। ‘कुनै पद पाउँछु भनेर राजनीतिमा लागेको होईन। हिजो दुःख गरेका नेता पाखा लागेका छन्।,’ उनले भने ‘हामीले पटक पटक माओवादीका नेतालाई बोकेर हिड्नुपर्ने।’ आफु सिमित नेताको तानाशाह प्रवृतिका विरुद्ध उम्मेदवारी दिएको बताए। ‘मैले पार्टीमा पटक पटक भने। गठबन्धनका नाममा जनताको भावना विरुद्ध पार्टी जान मिल्छ?’पार्टीलाई प्रश्न गर्दै कोइरालाले भने, ‘नेताका श्रीमती, आफन्तको पारिवारिक गठबन्धनका विरुद्ध मेरो उम्मेदवारी हो।’ पार्टीको कारबाही भोग्न तयार रहेको भन्दै उम्मेदवारी फिर्ता नहुने नागरिकसंग जिकिर गरे। जनतका गठबन्धनसंग खुशी नभएको भएको उनले बताए।
तुलनात्मक रुपमा सत्ता गठबन्धन अगाडि देखिएपनि यहाँ कांग्रेसको विद्रोह सुरु भइसकेको छ। स्थानीय तहको निर्वाचनमा जगन्नाथ पौडेलले वागी उम्मेद्वारी दिएका थिए। अहिले केन्द्रीय सदस्यको ने उम्मेदवारी परेको छ। यसले सत्ता गठबन्धनलाई असर पर्ने देखिन्छ। एमालेपनि माओवादी अध्यक्ष प्रचण्डले चुनावी क्षेत्र नै खाली गरेर गएपछि चुनावी हौसिएको छ। उसले जिल्ला पार्टी अध्यक्ष रामप्रसाद न्यौपानेलाई नै चुनावी मैदानमा उतारेको छ। न्यौपाने युवामाझ लोकप्रिय नेता नै मानिन्छन्। सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका डा. अधिकारी पेशाले चिकित्सक हुन्। उनीले कोरोना कालमा अग्रपत्तिमा विरामीमा उपचार गरेका थिए। त्यस्तै स्वास्थ्य सेवा सुधारका लागि आवाज उठाउँदै आएका व्यक्ति हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे पनि चितवनमा भिजेका व्यक्ति हुन्। २०७०को संविधान सभा निर्वाचनमा तत्कालिन निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए। उनी दुई पटक मन्त्रीसमेत भएका व्यक्ति हुन्। विशेष गरि माडी क्षेत्रलाई आधार इलाका बनाएर चुनावी मैदानमा उत्रिदै आएका पाण्डे २०७४को निर्वाचनमा प्रचण्डसंग पराजित भएका व्यक्ति हुन्। सो समयमा कांग्रेसको साथ पाएका पाण्डेले ९ हजार ३४१ मत अन्तरले पराजित भएका थिए। प्रचण्डले ४८ हजार २७६ मत प्राप्त गर्दा उनले ३८ हजार ९३५ मत ल्याएका थिए। निर्माण व्यवसायी समेत रहेका पाण्डे अहिले पनि नेकपा एमालेसंग तालमेल गरेर चुनावी मेदानमा उत्रने प्रयासमा छन्।