निर्वाचन क्षेत्र नं १ मा कांग्रेसबाट दुई जना उम्मेदवारले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
कांग्रेसको भागमा परेको क्षेत्र नं १ मा पूर्व मन्त्री समेत रहेका केन्द्रिय सदस्य संजय गौतम र वर्तमान जिल्ला सभापति अरुण प्रकाश सिंह राठोरले मनोनय दर्ता गरेकाे बताएका छन्। ‘मैले पाटीको आधिकारी उम्मेदवारको टिकट अनुरुप मनोनयन दर्ता गरेको छु’ गौतमले नागरिक न्यूजसँग भने, ‘म पार्टीको आधिकारीक उम्मेदवार हुँ।’
सामाजिक संजालमा भने ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले आधिकारीक उम्मेदवार वर्तमान जिल्ला सभापति भएको उल्लेख गरेका छन्। लम्साल देउवा प्यानलका भनेर चिनिन्छन्। उम्मेदवार गौतमले भने जस्तै राठोरले काठमाडौ बाट निर्वाचन अधिकृत कार्यालयमा दर्ता गरेको पुष्टि भएको छ।
निर्वाचन क्षेत्र नं १ का मुख्य निर्वाचन अधिकृत कैलाश सुबेदिले नेपाली कांग्रेसका दुई जनाको मनोनयन दर्ता भएको पुष्टि गरे। बर्दिया जिल्लामा संस्थापन पक्ष र कोईराला पक्ष विच पार्टी चुनाव देखि मतभेद रहेको छ। निर्वाचन क्षेत्र नं १ मा कोईराला पक्ष हाबी छ। यसअघिको संघिय निर्वाचनमा संजय गौतमले र एमालेका तत्कालिन उपाध्यक्ष बामदेव गौतमलाई हराएकाले कांग्रेसका गौतम निर्वाचन क्षेत्रमा चर्चित मानिन्छन्। तर निर्वाचन क्षेत्र नं २ मा देउवा पक्षको हाबी भएपनि गठबन्धनबाट माओवादीले उम्मेदवार उठाएको छ।
माओवादीले गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचन क्षेत्र नं २ मा धुमधामका साथ मनोनयन दर्ता गराएको छ। गठबन्धनबाट साझा उम्मेदवार बनेका सुरेश पन्थ सामाजिक व्यत्तित्वका रुपमा चिनिएका पात्र हुन्। पन्थको मनोनयको प्रस्तावक नेपालीका कांग्रेसका क्षेत्र नं २ का सभापति दिपक जंग शाह बसे। कांग्रेसबाटै समर्थक छबिलाल भट्ट बसेका छन्। लगातार भईरहेको बर्षा विच गठबन्धनका उम्मेदवार पन्थ र प्रदेशका उम्मेदवार मान बहादुर थारुका समर्थक गाजाबाजा सहित मनोनयन गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए। नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत कार्यालयको जनाएको छ।