प्रधानन्यायाधीशसरह कामुलाई सेवासुविधा
१२ असोज २०७९
•
३ मिनेट पाठ
प्रधानन्यायाधीशसरह कामुलाई सेवासुविधा
सरकारले कायममुकायम प्रधानन्यायाधीशबाट सेवानिवृत्त हुन लागेका दीपककुमार कार्कीलाई प्रधानन्यायाधीशसरह सेवासुविधा दिने भएको छ। कार्कीले यही असोज १६ गते उमेर हदका कारण अवकाश लिँदै छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कानुनविपरीत प्रधानन्यायाधीशसरह सेवासुविधा दिने निर्णय गरेको हो।  




६ महिनासम्म कायममुकायम (कामु) प्रधानन्यायाधीश भएर काम गरेकाले कार्कीलाई अवकाशपछि प्रधानन्यायाधीशसरह सेवासुविधा दिने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले जानकारी दिए। सरकारको यो निर्णयसँगै अवकाशपछि कार्कीले प्रधानन्यायाधीशसरह मासिक भत्ता, चालकसहित गाडीलगायत सेवासुविधा पाउने भएका छन्। न्यायाधीशबाट अवकाश हुन लागेका व्यक्तिलाई प्रधानन्यायाधीशसरह सेवासुविधा दिने निर्णय सायद यो पहिलो हो।  

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। जबरा निलम्बनमा परेपछि न्यायाधीशको वरीयता क्रममा सबैभन्दा माथि रहेका कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका हुन्। जबराविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको थियो।  

जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता नभएको भए कार्कीले कायममुकायम प्रधानन्यायाधीशको अवसर पाउने थिएनन्। जबराको अवधि मंसिर २७ सम्म रहेको र महाभियोग पनि पारित हुन नसकेकाले कार्की प्रधानन्यायाधीश हुन नपाई बिदा हुन लागेका हुन्।  

२०७५ सालमा प्रधानन्यायाधीश हुने लाइनमा रहेका दीपकराज जोशीले पनि कायममुकायमको जिम्मेवारी पाएका थिए। संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशको सिफारिसमा परेका जोशी संसद्को सुनुवाइ समितिले अस्वीकार गर्दा कायममुकायम प्रधानन्यायाधीशबाटै बिदा हुनुपरेको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको न्यायपरिषद् बैठकले जोशीलाई सबै जिम्मेवारीबाट मुक्त गरेको थियो। उनको सर्वोच्चमा रहेको चेम्बरबाट ‘नेम प्लेट’ पनि झिकिएको थियो।  

कायममुकायम प्रधानन्यायाधीशबाट सेवानिवृत्त हुन लागेका कार्कीलाई प्रधानन्यायाधीशसरह सेवासुविधा दिलाउने प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको हो। त्यसकै आधारमा मन्त्रिपरिषद्ले नयाँ मापदण्ड तयार गरेर निर्णय पारित गरेको बताइएको छ। मन्त्रिपरिषद्ले अन्य सेवामा रहेका व्यक्तिलाई पनि हुनेगरी नयाँ मापदण्ड बनाएर सेवासुविधा दिने निर्णय गरेको छ। न्यायाधीश मात्रै नभई आफ्ना आसेपासे र पहुँचवाला व्यक्तिलाई राज्यबाट सेवासुविधा दिनेगरी मापदण्ड बनाइएको स्रोतले जनाएको छ।  

मन्त्रिपरिषद्ले कुनै पनि निर्णय कानुनमा टेकेर गर्नुपर्ने ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष श्रीहरि अर्याल बताउँछन्। वरिष्ठ अधिवक्तासमेत रहेका अर्यालले देशमा कानुनी शासन स्थापना गर्न कानुनसम्मत निर्णय गर्नुपर्ने बताए। ‘लोकतन्त्र भनेको कानुनीराज हो। कानुनविपरीत निर्णय भयो भने अनैतिक हुन्छ,’ उनले भने, ‘यस्तो खालको निर्णयले व्यक्तिगत रूपमा सम्बन्धित व्यक्ति त खुसी हुन्छ होला। तर, मन्त्रिपरिषद्ले कानुनवर्जित निर्णय गर्न पाउँदैन। मन्त्रिपरिषद्ले गर्ने निर्णयमा सरकार जवाफदेही हुनुपर्छ। कायममुकायम प्रधानन्यायाधीशलाई किन प्रधानन्यायाधीशसरह सेवासुविधा दिएको हो भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्छ।’ सरकार पारदर्शी हुनुपर्ने बताउँदै उनले  भने, ‘सबै कुरा कानुनको कसीमा हुनुपर्छ। सरकारले कानुनविपरीत निर्णय गरेमा स्वेच्छाचारी हुन्छ।’
अर्को समाचार
'खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त हुँदैन'
२६ वैशाख २०७९
•
१ मिनेट पाठ
'खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त हुँदैन'
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले न्यायाधीशहरुको कार्यशैलीको अडिट हुनुपर्ने बताएका छन्।




सोमबार कानून दिवसको अवसरमा सर्वोच्च अदालत बार एशोसिएसनले आयोजना गरेको विधिको शासन र यसका चुनौती विषयक गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री शर्माले न्यायाधीशहरुको कार्यशैलीलाई राज्यले अडिट गर्नुपर्ने बताएका हुन्।

राज्यले गरेको अडिटको आधारमा न्यायाधीशको भविष्य निर्धारण हुनुपर्ने उनले बताए। उनले न्यायपालिकाको सुधार गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताए। मन्त्री शर्माले भ्रष्टाचाररहित न्यायपालिका बनाउन सरकारको तर्फबाट भूमिका निभाउन आफू तयार रहेको पनि स्पष्ट पारे।

उनले अब कानून व्यवसायको प्रमाणपत्र बोकेको आधारमा न्यायाधीशको नियुक्ति नगरिने पनि बताए। मन्त्री शर्माले अदालतले बेञ्चको समय बढाउने हो भने सरकार अतिरिक्त पैसा दिन तयार रहेको बताए।

यस्तै गोष्ठिमा बोल्दै का.मु. प्रधानन्यायाधीश दीपककुमार कार्कीले खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त नहुने बताए। उनले कानून व्यवसाय गर्दै आएका मध्येबाट पनि गुणस्तर हेरेर मात्रै न्यायाधिश नियुक्त गरिने बताए।

उनले सर्वोच्च अदालतमा गोलाप्रथाबाट मुद्दा हेरिएको उल्लेख गर्दै गोलाप्रथामा कुनै शंका नगर्न आग्रह गरे। गोलाप्रथा पारदर्शी भएको उनले बताए। उनले सर्वोच्च अदालतमा समस्याको भण्डार रहेको उल्लेख गर्दै क्रमशः सुधारका कामहरु भइरहेको बताए।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस