एमालेमा ५६ जना सर्वसम्मत सिफारिस
२९ भदौ २०७९
•
३ मिनेट पाठ
एमालेमा ५६ जना सर्वसम्मत सिफारिस
मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट ५६ नेता सर्वसम्मत उम्मेदवार हुने सम्भावना बढेको छ।




विभिन्न जिल्ला कमिटीबाटै माथिल्लो तहमा सर्वसम्मत सिफारिस भएका ५६ जनालाई केन्द्रले पनि सर्वसम्मत अनुमोदन गर्ने सम्भावना बढेको हो। केन्द्रले जिल्लाको सिफारिस अनुमोदन गर्ने सम्भावना बढेपछि उनीहरू आफ्नो निर्वाचन क्षेत्र केन्द्रित हुन थालेका छन्।  

यसरी विभिन्न जिल्ला कमिटीबाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएकामा पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतका नेता छन्। ५६ जनामा कतिपय पहिलोपटक सिफारिस भएका हुन्। ओलीलाई झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको छ।

उनी यसअघि पनि सर्वसम्मत सिफारिसमा परेका थिए।  अध्यक्ष ओलीका अतिरिक्त पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। यसैगरी उपाध्यक्षद्वय सुवास नेम्वाङ इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट र विष्णु पौडेल रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।

महासचिव शंकर पोखरेल दाङ निर्वाचन क्षेत्र नम्बर नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। उनी यसअघि प्रदेशबाट चुनाव जितेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका थिए। यसपटक पोखरेल र माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराबीच प्रतिस्पर्धा हुने सम्भावना छ। त्यसैगरी एमालेका पूर्वउपाध्यक्ष भीम रावल अछाम १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।  

एकल रूपमा सिफारिस भएका नेताहरू अहिले आआफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील हुन थालेका छन्। उनीहरूले काठमाडौंमा क्रियाशील रहेका सम्पर्क मञ्च र अन्य संगठनलाई पनि परिचालन गर्न थालेका छन्।  

निर्वाचन आयोगले दसैं सकिएसँगै उम्मेदवार मनोनयन दर्ता कार्यक्रम सार्वजनिक गरेको छ। त्यसअघि नै पार्टीहरूले सबै उम्मेदवारको नाम टुंग्याइसक्नुपर्ने अवस्था छ। एमालेले प्राय: सर्वसम्मत भएका र नभएकाको पनि नाम छनोट गरी उम्मेदवार तय गर्नेछ। एमाले सचिवालय र स्थायी कमिटी बैठकले उम्मेदवारको नाम तय गर्ने छ। अहिले सिफारिसमा परेका नेताको अवस्थाबारे जानकारी लिने काम भइरहेको एमाले स्रोतले  जनाएको छ। 

कहाँबाट को भए एकल सिफारिस  

झापा १ : रविन कोइराला

झापा ५ : केपी शर्मा ओली

इलाम १ : महेश बस्नेत

इलाम २ : सुवास नेम्बाङ

मोरङ २ : ऋषिकेश पोखरेल

मोरङ ३ : भानुभक्त ढकाल

मोरङ ४ : विनोद ढकाल

सुनसरी १ : जयकुमार राई

सुनसरी ३ : भगवती चौधरी

धनकुटा : राजेन्द्र राई

सोलुखुम्बु : मानवीर राई

पर्सा ३ : राजकुमार गुप्ता

बारा २ : बलवीर चौधरी

बारा ४ : देवनारायण चौधरी

रौतहट ३ : प्रभु साह

सर्लाही २ : राजनारायण साह

धनुषा ३ : जुली महतो

धनुषा ४ : रघुवीर महासेठ

सिराह ३ : लीलानाथ श्रेष्ठ

काभ्रे २ : गोकुल बाँस्कोटा

काठमाडौं २ : मणिराम फुयाँल

काठमाडौं ३ : कृष्ण राई

काठमाडौं ४ : राजन भट्टराई

काठमाडौं ५ : ईश्वर पोखरेल

नुवाकोट १ : बद्री मैनाली

चितवन ३ : रामप्रसाद न्यौपाने

नवलपुर २ : तिलकबहादुर महत

म्याग्दी : हरिकृष्ण श्रेष्ठ

मनाङ : पाल्देन छोपाङ गुरुङ

पाल्पा २ : ठाकुर गैरे

गुल्मी १ : प्रदीप ज्ञवाली

अर्घाखाँची : टोपबहादुर रायमाझी

प्युठान : सूर्य थापा

दाङ २ : शंकर पोखरेल

कपिलवस्तु २ : बृजेशकुमार गुप्ता

कपिलवस्तु ३ : मंगलप्रसाद गुप्ता

रूपन्देही १ : छविलाल विश्वकर्मा

रूपन्देही २ : विष्णुप्रसाद पौडेल

रूपन्देही ४ : कृष्णप्रसाद भुसाल

रूपन्देही ५ : खिमलाल भट्टराई

रोल्पा : पूर्ण बुढामगर

डोल्पा : बम्दी क्वाँरा बोहोरा

हुम्ला : दल रावल

मुगु : मोहन बानियाँ

जुम्ला : रतननाथ योगी

कालिकोट : नागिन्द्र शाही

सल्यान : गुलाबजंग शाह

दार्चुला : गणेश ठगुन्ना

बैतडी : दमोदार भण्डारी

डडेलधुरा : पठानसिंह बोहोरा

डोटी : चक्र मल्ल

अछाम १ : भीम रावल

अछाम २ : यज्ञराज बोगटी

कैलाली ३ : गौरीशंकर चौधरी

कैलाली ४: लेखराज भट्ट

कैलाली ५ : नारदमुनि राना
अर्को समाचार
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
१६ मिनेट अघि
•
१ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
ताप्लेजुङ । नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्चालनतर्फ उन्मुख रहेको दाबी गरेका छन्।




नेपाल बार एसोसिएसन जिल्ला अदालत इकाइ, ताप्लेजुङको नवनिर्मित बार भवनको उद्घाटन कार्यक्रममा शनिबार फुङलिङमा सम्बोधन गर्दै मिश्रले सरकारले न्यायालयमा सुधार गर्नुपर्ने विषयमा यथाशीघ्र श्वेतपत्र जारी गर्नुपर्ने खाँचोसमेत औँल्याए।

वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको मिश्रको आरोप थियो।

‘विधि र प्रक्रियाभन्दा पनि चयनमुखी नीतिमार्फत सरकारले न्याय प्रशासनलाई सत्ताको स्वार्थअनुकूल अघि बढाउन खोजिरहेको छ,’ मिश्रले भने।

उनले वर्तमान सरकारले सत्ताको छायामा गरिने अनुसन्धानलाई बढावा दिइरहेको दाबीसमेत गरे। सत्ताका पात्र परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताउँदै मिश्रले फौजदारी न्याय प्रशासनलाई संरक्षण गर्नुपर्ने सरकारले आफ्नै उद्देश्य परिपूर्ति गर्ने व्यक्तिहरू छनोट गरी न्याय प्रशासनलाई सत्ताको छायामा पार्ने प्रयास गरिरहेको बताए।

‘विगतका सरकारले न्यायालयमा आफ्ना मान्छे भर्ती गरेको आरोप लाग्ने गरेको थियो। अहिलेको सरकारले देखिजानी आफ्नू अनुकूलको न्याय सम्पादन गराउने बदनियत राखेर चयनमुखी प्रक्रिया अपनाएको छ,’ मिश्रले भने।

उनले फौजदारी न्याय प्रशासन सोसल मिडियाको ट्रायलबाट प्रताडित र आक्रान्त भएको पनि बताए। पुलिङ र अल्गोरिदमबाट वकिल तथा न्यायालय डराउन नहुने उनको भनाइ थियो।

फौजदारी न्याय प्रशासन घुसखोरी, भ्रष्टाचारीकरण र दलालीकरणबाट पूर्ण रूपमा प्रभावित भएकोसमेत मिश्रले बताए। वर्तमान सरकारबाट न्याय क्षेत्रमा गरिएको सुधारको अपेक्षा सरकारले चयनमुखी प्रणाली र बिचौलियासहितका व्यक्तिको संरक्षणजस्ता कारणले गुमाइसकेको उनको भनाइ थियो।

भ्रष्टाचार र दलालीकरणविरुद्धका अभियानमा नेपाल बार सधैँ सरकारको साथमा रहेको, तर बिचौलियाको प्रभावका कारण वर्तमान सरकार बाहिर जान नसकेको पनि मिश्रले बताए।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य खगेन्द्रसिं हाङ्गाम, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमसहित नेपाल बारका केन्द्रीय तथा प्रादेशिक पदाधिकारीहरू र विभिन्न जिल्लाका बार अध्यक्षहरूले सम्बोधन गरेका थिए।

जिल्ला अदालतको हाताभित्र ८० लाख रुपैयाँको लागतमा निर्माण गरिएको बार भवनको निर्माण कार्य पूरा भएसँगै अब बारको दैनिक कामकाज नवनिर्मित भवनबाटै सञ्चालन हुने बार ताप्लेजुङका अध्यक्ष बलराम भट्टराईले जानकारी दिए।

कार्यक्रममार्फत बार भवन निर्माणका लागि सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई ताप्लेजुङ बारले कदरपत्रद्वारा प्रशंसा गरेको ताप्लेजुङ बारका सचिव सन्तोष प्रसाईंले बताए।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
यो पनि पढौँ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस