चितवन कांग्रेसको विद्रोही समूहले गर्‍यो प्रचण्डविरुद्ध उम्मेद्वारी दिने घोषणा
२६ भदौ २०७९
•
४ मिनेट पाठ
चितवन कांग्रेसको विद्रोही समूहले गर्‍यो प्रचण्डविरुद्ध उम्मेद्वारी दिने घोषणा
चितवन कांग्रेसका विद्रोही समुहले कांग्रेस विपरित उम्मेदवार उठेका क्षेत्रमा उम्मेद्वारी दिने तयारी गरेको छ। भरतपुरमा पत्रकार सम्मेलन गर्दै कांग्रेस शुद्धिकरण अभियान नाममा एकिकृत बनेका चितवन कांग्रेसी समूहले कांग्रेसले गठबन्धनको नाममा उम्मेदवारी नदिएमा ती ठाउँमा उम्मेदवारी दिने जनाएको छ। ३ नम्बर क्षेत्रसहितका चितवनका ३ संघीय क्षेत्र र ६ वटै प्रदेशसभामा उम्मेदवारी दिने अडान लिएको छ। यो समूह भरतपुर महानगरपालिकाको भरतपुर महानगरमा भुंईकटहर चुनाव चिन्ह लिएर गठबन्धनको विपक्षमा उभिएको थियो।  




पूर्वसांसद तथा भरतपुर महानगरका मेयर उम्मेदवार जगन्नाथ पौडेलले स्थानीय तहको चुनावभन्दा जनमत बढेकाले गठबन्धन विरुद्ध उम्मेदवारी दिने बताएका छन्। ‘चितवन ३ नम्बर क्षेत्र आकर्षणको केन्द्र बन्नेछ, केही रणनीतिक कुरा सकिएपछि उम्मेदवारी घोषणा गर्नेछौँ’, उनले भने, ‘गठबन्धनले आघात पुर्‍याएको छ, हामी रेस्क्यु गर्नेछौँ।’ कांग्रेसले माओवादीसँग गठबन्धन गरेपछि विद्रोह गरेर उम्मेदवार बन्नुभएका पौडेलले भरतपुर महानगरको मेयर पदमा १४ हजार ७ सय २८ मत ल्याएका थिए। ‘त्यो बेला १० दिनमात्रैको प्रचारमा जानुपर्ने बाध्यता थियो, आधा मत बदर भयो', उनले भने, ‘यसपाली त्यो बेला भुंईकटहरमा भोट नहालेका मतदाता सहितका धेरै कांग्रेसी हाम्रो पक्षमा छन्।’  

उनले गठबन्धनको बहानामा केन्द्रले पटक पटक चितवन कांग्रेसलाई दमनमा पारेको आरोप लगाए। कांग्रेसलाई बलियो बनाउन देशव्यापी विद्रोहका स्वरहरु आउन थालेको उनको भनाई छ। ‘चितवनले विद्रोहको नेतृत्व गर्नुपर्ने थियो, चितवन सबैभन्दा बढी दमन परेको छ’, उनले भने, ‘अन्य जिल्लामा समेत विद्रोह भएका छन्, यहाँ जिल्ला नेतृत्व मौन बस्नु लज्जास्पद छ।’ डडेल्धुरा, टोडी, कञ्चनपुर, सिन्धुपाल्चोकले गठबन्धन नमान्ने निर्णय गरिसकेको बताए। गठबन्धन नगरी सरकार गठन गर्नैै सकिन्न भनेर जनतामा भ्रम छर्न खोजिएको आरोप लगाए। बीपीको नाम लिने तर सिद्धान्त र विचारनै नमिल्नेसँग म्याच फिक्सिङ गर्ने प्रवृत्तिले लोकतन्त्र बलियो नहुने उनको तर्क छ।  

कांग्रेस चितवनका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटाले चितवन निर्वाचन क्षेत्र नम्बर ३मा कांग्रेसको उम्मेदवारी नभएमा आफुहरुको उम्मेदवारी हुने बताएका छन्। यस क्षेत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लड्ने लगभग निश्चित जस्तै छ। प्रचण्डले यहाँबाट चुनाव लड्ने घोषणा गरिसकेका छन् भने, जनता माझ कांग्रेस अभियानका लागि चितवन आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्यले श्याम घिमिरेले शिर्ष नेताले रोजेको ठाउँ कांग्रेसले छोड्नुपर्ने बताएका थिए। त्यस्तो अवस्थामा प्रचण्ड विरुद्ध चुनाव लड्न तयार रहेको सापकोटाको बताए। ‘कांग्रेस बिग्रेको देखेको छु, थैलीको मुठो बुझाएर टिकट पाउनेहरु छन्’, उनले भने, 'कोही योग्य फेला परे छोडौला, तर मेरो क्षेत्रमा हसिया हथौडामा भोट हाल्न सकिदैन।’ बीपीले राजासंग एकता गरेको भए जेल नपर्ने दावि गर्दै सापकोटाले अहिलेको कांग्रेस नेतृत्व भागबण्डामा लागेको जिकिर गरे।  उनले ६० वर्ष कांग्रेसकै राजनीतिमा लागेको र ५ वर्ष जेल बसेको बताउँदै कांग्रेस सिद्धान्तको विचलनको बाटोमा हिड्न लागेकोमा आरोप लगाए। २०१५, २०३६मा कांग्रेसले जित्दा कोहीसँग गठबन्धन गर्न नपरेको बताए।  

कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठले कांग्रेसको अस्तिव मेटिने जोखिम भएका ठाउँमा शुद्धिकरण अभियानका अभियान्ताहरुले उम्मेदवारी दिने दाबी गरे। स्थानीय तहमा पार्टीको निर्णय विपतरित कार्य गरेको भन्दै ८ जना कारबाहीमा परेका छन् उनीहरुको कारबाही फिर्ताको आशमा यो समुह रहेको छ। जिल्लाका नेताहरुले शुक्रवार चितवन आएका पाटी सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गराउने आश्वासन समेत दिएका थिए। सोही आश्वासन पछि उनीहरुले कालिका नगरपालिका नगरपालिकामा राखेको कार्यक्रम स्थगित रहेको थिए। 

तर, देउवाले भेट दिएनन्। बरु गठबन्धन विरुद्ध लाग्नेहरु कांग्रेस कमजोर बनाउने षड्यान्त्र भएका बताए थिए। चितवनमा पूर्वसांसद जगन्नाथ पौडेल, कांग्रेस चितवनका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठ, महाधिवेशन प्रतिनिधि मिना खरेल, पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, भरतपुर १६ का सूर्य बस्नेत, पूर्व जिल्ला सचिव भरतपुर २ का आनन्दराज राउत र भरतपुर ८का डा.केशव पौडेललाई कांग्रेसले कारबाही गरेको छ। उनीहरुको कारबाही फिर्ताका लागि जिल्ला नेतृत्वले सक्रियता देखाईरहेको छ। तर, केन्द्र मौन छ। केन्द्रीय सदस्य श्याम घिमिरेले पहिलेभन्दा विद्रोही समुह कमजोर बनेको बताएका छन्। यद्यपि यो समहुले चितवनका सवै क्षेत्रमा संगठन विस्तारलाई तीव्रता पारिरहेको छ।  
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
१४ मिनेट अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस