प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन विरुद्ध नजान पाटीका कार्यकर्तालाई निर्देशन दिएका छन्। जनताको साथमा कांग्रेस अभियानको प्रथम चरणको समापन कार्यक्रममा शुक्रबार (आज) चितवन आएका पार्टी सभापति समेत रहेका देउवाले भोलिका दिनमा सबै ठाउँमा नेपाली कांग्रेसको सरकार बन्ने सम्भावना रहेकाले गठबन्धनलाई बलियो बनाएर लाग्न अनुरोध गरेका हुन्।
‘गठबन्धनलाई बचाएर लानुपर्ने आवश्यक छ। गठबन्धन कुनैपनि हालतमा तोड्न दिनु हुँदैन,’ प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन विरुद्ध बोल्नु पार्टीलाई सिद्धाउने षड्यन्त्र हो।’ उनले गठबन्धनको खिलापमा नबोल्न समेत नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
सिट बाडफाडमा केही समस्या आउन सकने भएपनि पाटीलाई बढि फाईदा हुने हिसाबले आफु लागेको बताए। पार्टी कार्यकर्तालाई सिट भागबण्डामा नेतृत्वलाई दबाब दिनुपर्ने ठाउँमा विरोध गर्नु उचित नहुने बताए। उनले संविधान र लोकतन्त्रलाई सुनिश्चित गर्न गठबन्धन बनेको जिकिर गरे। उनले झुटा अरोप लगाएर गठबन्धन फुटाउने षड्यन्त्र भएको भन्दै बलियो बनाउनु धारणा राखे।
गठबन्धनकै कारण सबै तहमा कांग्रेसको सहभागिता रहेकाले त्यसतर्फ पनि कार्यकर्ताले ध्यान दिनुपर्ने बताए। ‘हिजो सबै ठाउँमा एमालेको हैकम चलेको थियो। साथीहरु थरथर थिए। अहिले सबै प्रदेशमा हाम्रो सहभागिता छ,’ उनले भने, ‘भोलि पनि हाम्रो सहभागिता हुने बलियो सम्भावना छ तपाईहरु एक भएर लाग्नुहोस्।’
उनले पाटी एक बनाएर बलियो बनाउन जरुरी रहेको बताए। ‘अहिले पार्टीलाई एकता गराउने कुरा छ। पार्टीलाई एक बनाउन सकेको अवस्थामा एक्लैपनि चुनाव लडौँला। नभए गठन्धनबाट गरौँला।’ उनले भने ‘सबैभन्दा महत्वपूर्ण कुरा पार्टी एक गराउनु हो।’
एमसिसि पासका विषयलाई लिएर विपक्षले भ्राम छरेको बताए। ‘एमसीसी पास गर्दा अमेरिकी सेना आउँछ भन्थे खै सेना आएका अहिले’ उनले भने, ‘यस्तो कुरा पनि पत्याउने हो?’ गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन पाटीको हितमा रहेको बताएका छन्। नेपाली कांग्रेस चितवनले बीपी कोइरालाको १०९औँ जन्म जयन्तीको अवसरमा कांग्रेसमा योगदान पुर्याएका कार्यकर्तालाई सम्मान समेत गरेको छ।