नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु चितवनबाटै चुनाव लड्ने घोषणा गरेका छन्। उनले शुक्रबार पोखरामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै चितवनबाटै चुनाव लड्ने अन्यत्र नजाने बताए। ‘म चितवनबाट चुनाव लड्छु।’ उनले भने, ‘प्रचण्ड देशकै नेता हो भनेर हिजो काठमाडौं, रोल्पा, सिमरा लगायतका ठाँउबाट चुनाव लडेँ। अहिले चितवनबाट लड्छु अन्यत्र जान्न।’ चितवनबाट बाहिर जिल्ला जादाँ नकारात्मक सन्देश जाने बताउँदै उनले भने,‘चितवनका जनता, चेतना र भावनाप्रति विश्वास छ। अन्यत्र जान्न।’
उनले गठबन्धन भएको कारण आफनो जित सुनिश्चित भएको दावी गरे। अन्य पार्टीका साथीहरुले पनि जिल्लामा बोलाउनुभएको थियो। तर अहिले चितवन छाडेर अन्यत्र जादाँ सन्देश नराम्रो जाने हुदाँ चितवन नछोड्ने स्पष्ट पारे। गठबन्धनकै विषयमा अध्यक्ष प्रचण्डले समझदारी र सहमति निकट पुगेको बताए। उनले आजै गठबन्धनको विषयमा टुग्याउने दावी गरे। गठबन्धनका दलहरु बीच जटिल समस्या पैदा भएको छैन् भन्दै अध्यक्ष प्रचण्डले सिट बाँडफाँडको विषय टुंगिने जिकिर गरे। ‘संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाको लागि गठबन्धन आवश्यक छ।’ उनले भने–‘गठबन्धनको विषय आजै टुग्याउँछौं।’