गठबन्धनबारे प्रधानमन्त्रीको जवाफ पर्खंदै लोसपा
०६ भदौ २०७९
•
१ मिनेट पाठ
गठबन्धनबारे प्रधानमन्त्रीको जवाफ पर्खंदै लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले आफूहरूलाई पाँच दलीय चुनावी गठबन्धनमा सहभागी गराउने कि नगराउने भन्ने विषयमा प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवाको जवाफ पर्खेर बसेको बताएका छन्। 




बिहीबार लोसपाका अध्यक्ष महन्थ ठाकुरले देउवालाई भेटेर आफ्नो पार्टीलाई चुनावी गठबन्धनमा समेट्ने कि नसमेट्ने भनी अविलम्ब प्रस्ट जवाफ दिन आग्रह गरेका थिए।

‘हामीलाई पाँचदलीय गठबन्धनमा ल्याउने कि नल्याउने भन्ने विषयमा स्पष्ट जवाफ दिन प्रधानमन्त्रीलाई भनेका छौं,’ लोसपाका शीर्ष नेता राजेन्द्र महतोले भने, ‘अहिले हामी प्रधानमन्त्रीको जवाफ पर्खिरहेका छौं।’ जवाफका लागि प्रधानमन्त्रीलाई भेट्ने प्रयास भइरहेको उनले बताए। प्रधानमन्त्रीले जवाफ दिएपछि गठबन्धनको विषयमा अन्य दलहरूसँग कुराकानी हुने महतोको भनाइ छ। ‘अहिले हामी प्रधानमन्त्रीको जवाफ पर्खेर बसेका छौं। प्रधानमन्त्रीको जवाफ सकारात्मक आएन भने गठबन्धनका विषयमा अन्य दलहरूसँग कुराकानी गर्नेछौं,’ महतोले भने। चुनावी गठबन्धनको विषयमा एमालेसँग कुराकानी नभएको महतोको भनाइ छ।

यही भदौ २ मा भएको भेटमा देउवाले लोसपाका नेताहरूलाई पाँचदलीय गठबन्धनमा सहभागी हुन र सरकारमा समेत सहभागी हुन प्रस्ताव गरेका थिए। देउवाको सो प्रस्तावपछि लोसपाका नेताहरू उत्साहित भएका छन्। लोसपाका नेताहरू पाँच दलीय गठबन्धनमा सहभागी हुन सकारात्मक छन्। सो गठबन्धनमा सहभागी भए आगामी चुनाव जित्न सजिलो हुने लोसपाका नेताहरूको बुझाइ छ। तर लोसपालाई समेट्ने विषयमा गठबन्धनमा रहेका अन्य दलहरू एकमत छैनन्। खासगरी लोसपालाई गठबन्धनमा ल्याउन जनता समाजवादी पार्टी (जसपा) तथा माओवादी केन्द्र सकारात्मक हुँदैनन् भन्ने बुझाइ लोसपाका केही नेताहरूको छ। तर देउवाले भने लोसपालाई गठबन्धनमा ल्याउन चाहिरहेको स्रोतको भनाइ छ ।
अर्को समाचार
अध्यक्ष पद छाड्न आग्रह गर्दै महन्थलाई महासचिवको चिठी
१३ फागुन २०८०
•
१ मिनेट पाठ
अध्यक्ष पद छाड्न आग्रह गर्दै महन्थलाई महासचिवको चिठी
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई अध्यक्ष पद छाड्न आग्रह गर्दै लोसपाकै महासचिव केशव झाले चिठी पठाएका छन्।




ठाकुरलाई चिठी बुझाउन झा आइतबार बिहान ठाकुर निवास हात्तीवन पुगेका थिए। उनले ठाकुरकै घरमा पुगेर चिठी दिएका थिए।

चिठीमा अध्यक्ष पदबाट राजीनामा गरेर पार्टीको अभिभावको रूपमा बस्न ठाकुरलाई आग्रह गरिएको छ। अब पनि अध्यक्ष पदमा बसिरहे पार्टी अघि नबढ्ने उनको भनाइ छ। 

‘इतिहासले सधैँ अवसर दिन्न। बेलैमा अवसर छोप्नु बुद्धिमानी होला। हाम्रो राजनीति भनेको आन्दोलन उठाउने र अवसरवादमा परिणत गर्ने बाहेक अरू केही हुन सकेन’चिठीमा उनले भनेका छन्। केही समय यता लोसपाको विवाद उत्कर्षमा पुगेको छ। पार्टी फुट्ने अवस्थामा पुगेको छ। 

कानुनी रूपमा लोसपालाई फुटाउन मिल्दैन तर लोसपाका दोस्रो नेता राजेन्द्र महतो, झा, सन्तोष मेहता लगायतका नेताहरूले नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन्। एक पटक फुटेर बनेको पार्टी ५ वर्षसम्म फुटाउन नमिल्ने कानुनी व्यवस्थाका अनुसार ५वर्षसम्म लोसपालाई फुटाउन मिल्दैन।

तर लोसपा छाडेर नयाँ पार्टी गठन गर्न मिल्छ। त्यही अभियानमा महतो,झा लगायतका नेताहरू लागेका छन्। यही फागुन महिना देखि उनीहरूले काठमाडौँ लगायत विभिन्न जिल्लामा प्रदर्शन गरिरहेका छन्। नयाँ पार्टी खोल्ने अभियानमा लागेका नेताहरू बबरमहलमा रहेको लोसपाको पार्टी कार्यालय जान छाडेका छन्।

कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस