सत्ता गठबन्धन दलहरुले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरिसकेका छन्। गठबन्धनको तालमेल अनुसार चितवनको क्षेत्र नम्बर तीन नेकपा (माओवादी केन्द्र)को भागमा लगभग पर्ने निश्चित छ। यहाँबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव लड्ने घोषणा समेत गरिसकेका छन्। तर, यसअघि असन्तुष्ट भएका नेपाली कांग्रेसका नेताहरुले छुट्टै उम्मेदवारी दिने तयारी गरीरहेका छन्। यद्यपि असन्तुष्ट पक्षका ८ जना नेतालाई नेपाली कांग्रेसले कारबाही गरेको छ।
स्थानीय तहको निर्वाचनमा ‘भूईकटर’ चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका जगन्नाथ पौडेल पक्षले प्रतिनिधिसभामा उम्मेदवार दिने उद्घोष गरेका छन्। नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले कांग्रेसले चितवनमा कुनै पार्टीको व्यक्तिलाई उम्मेद्वार आफुहरुले उम्मेदवारी दिने बताएका छन्। ‘कोही चुनाव लड्नुहुन्न भने, यहाँका कांग्रेसले सहयोग गर्नुहुन्छ भने चुनाव लड्न तयार छु,’ कांग्रेस पूर्वसभापति सुशील कोइरालाको ८३ औं जन्मजयन्तीका अवसरमा ‘कांग्रेस शुद्धीकरण अभियान’को नामबाट छलफल कार्यक्रममा बोल्दै सापकोटाले भने, ‘कुनै एउटा सामन्तीले काठमाण्डौँबाट तोकी पठाएका मान्छेलाई अब कांग्रेसले भोट हाल्दैन।’
गठबन्धन स्वार्थका लागि हुन लागेको उनले बताए। ‘दाई काले म पनि काले काले काले मिलेर खाउँ भाले। मैले बुझेको गठबन्धन भनेको त्यही हो। मलाई अरु केही भन्नु छैन।’ पशुपती शर्माको गीत सम्झदै सापकोटाले भने– ‘लुट्न सके लुट कान्छा अन्थ लुट्न पाइदैन नेपालमै छ छुट। त्यसका लागि कांग्रेसमा हामी लागेका होइनौँ।’
पूर्वसांसद जगन्नाथ पौडेलले स्थानीय तहको निर्वाचनबाट पाठ सिक्दै प्रतिनिधि सभाको निर्वाचनमा जाने तयारी गरिएको बताए। ‘स्थानीय तहको निर्वाचनमा हामीलाई १० दिनमात्र समय भयो। हाम्रो पक्षमा मत परिमाण आउन सकेन,’ उनले भने, ‘यसपटक आफ्नो पक्षमा मत परिणाम आउने गरि निर्वाचनमा जान्छौँ।’
गठबन्धनका नाममा चितवनमा कांग्रेसलाई कमजोर बनाउन लागिएको धारणा राखे। ‘२०७४सालको निर्वाचनमा रेनु दाहालले ४३ हजार ल्याएकी थिईन। अहिले ५२ हजार ल्याएकी छिन्। हामीले बदर भएका सहित ३० हजार मत पाएका छौँ। एमालेले ३९ हजार मत पाएको छ,’ उनले भने, ‘अव अर्को पटक हामीलाई कांग्रेसको सहयोग चाहिँदैन भन्नेछन्।’
गठबन्धन नभए कांग्रेस सकिन्छ भन्ने कुरा गलत रहेको उनले जिकिर गरे। ‘अहिल्लो निर्वाचनमा २३ सिट किन आएको हो भने कांग्रेसले टिकट दिँदा खल्तीबाट दिन्छ। भाइ भतिजा नातागोतालाई दिन्छ,’ अघिल्लो निर्वाचनमा आएको मतपरिणामको दृष्टान्त दिँदै,’ उनले नेतृत्व प्रति आक्रोश व्यक्त गर्दै भने , ‘लोकप्रियाताको आधारमा टिकट दिँदैन यसरी कांग्रेस पार्टी फस्टाउँछ।’ उनले नेतृत्वका कारण कांग्रेस संग भएको समर्थन पनि गुम्दै गएको बताए। उनले पार्टीमा योगदान दिएका भन्दा पनि व्यापारीहरुलाई पार्टीले टिकट दिने गरेको आरोप समेत लगाए।
कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठले कांग्रेसलाई बलियो बनाउन कुनै पनि कदम चाल्न पछि नहट्ने बताए। उनले कांग्रेस वामपन्थीले दिएको लौरो टेकेर हिँड्नुपर्ने अवस्थामा पुगेको बताए। अहिलेको गठबन्धन लोकतन्त्रको मर्मम अनुसार अगाडि नबढेको उनको भनाई थियो।
स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएपछि जगन्नाथ पौडेल सहित ८ जना नेता कार्यकर्तालाई पार्टीले निश्कासन गरेको छ। निश्कासनमा पर्नेमध्येमा पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्व सांसद भिमबहादुर श्रेष्ठ, महाधिवेशन प्रतिनिधि मिना खरेल, तरुण नेता शम्भु अर्याल, जिल्ला नेता अन्नत रावल, सुर्य बस्नेत, केशव पौडेल कारबाहीमा परेका छन्। तर, उनीहरुले नेपाली कांग्रेस पार्टीकै नाममा आफ्ना कार्यक्रमलाई तिब्रता दिइरहेका छन्।
गठबन्धनको औचित्य नभएको बताइरहेको बेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले डर र करका कारण गठबन्धन गर्नुपरेको बताएका छन्। आइतबार भरतपुरमा आएका पौडेललाई पत्रकारले कांग्रेस एक्लै चुनाव लड्न डराएको हो? भन्ने उनले डर र कर दुवै रहेको बताएका थिए। उनले चुनावमा एक्लै गए अरु पार्टी गठबन्धनमा गएर कांग्रेसलाई एक्लै बनाउने बताए। चितवनमा गठबन्धनको विरोधमा उत्रिएका जगन्नाथको समुह पौडेल समर्थक थिए।
भरतपुर महानगरपालिकाको मेयर प्रचण्डकी छोरी रेनुलाई समर्थन गर्ने निर्णय संगै उनीहरु पार्टीको निर्णय विपरीत एक जुट भएका थिए। चितवन क्षेत्र नम्बर तीनमा पनि महानगरका १९ वटा वडा पर्दछन्। भरतपुर महानगरपालिकाका ६, ८, ९ र १३देखि२८नम्बरसम्मका वडा यस निर्वाचन क्षेत्रमा छन्। गठबन्धन अनुसार प्रचण्ड यस क्षेत्रबाट उठेमा यहाँका कांग्रेसले प्रतिनिधिसभामा आफ्ना उम्मेदवारलाई भोट दिन अर्को पाँच बर्ष कुर्नुपर्ने छ। यसअघि २०७४ र २०७९मा यहाँका कांग्रेसले स्थानीय तहको निर्वाचनमा मेयरमा माओवादी र २०७४को प्रतिनिधिसभा निर्वाचनमा राप्रपालाई भोट दिएका थिए। अर्को पटक तालमेल नभएमा उनीहरुले १५ बर्षपछि आफ्ना उम्मेदवारलाई भोट दिन पाउनेछन्।