बजेट छल्दै २४ प्रतिशत तलब वृद्धि
२३ साउन २०७९
•
३ मिनेट पाठ
बजेट छल्दै २४ प्रतिशत तलब वृद्धि
चालु आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दा अर्थमन्त्री जनार्दन शर्माले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेका थिए। तलब लागु हुने समयमा शाखा अधिकृतदेखि सचिवसम्मका कर्मचारीको तलब भने साढे २४ प्रतिशतसम्म बढाइएको छ।




सरकारले बजेटमा गरेको घोषणाअनुसार सबै कर्मचारीको तलबमान राजपत्रमा प्रकाशित गरेपछि लागु हुन्छ। अर्थ मन्त्रालयले तयार पारेको तलबमानअनुसार उपल्लो तहका कर्मचारीको तलब बजेटमा घोषणा गरिएभन्दा अस्वाभाविक रूपमा बढाइएको हो। उक्त तलबमानअनुसार असारसम्म अधिकृतको ३७ हजार ९ सय ९० रूपैयाँ तलब स्केल थियो। चालु बजेटअनुसार १५ प्रतिशत (५ हजार ६ सय ९८ रूपैयाँ) ले तलब बढ्दा ४३ हजार ६ सय ८८ रूपैयाँ हुनुपर्ने हो। तर तलबमानमा अधिकृतको तलब स्केल ४७ हजार २ सय ८ रूपैयाँ बनाइएको छ। यो २४.२६ प्रतिशत हो। यस्तै उपसचिवको तलब १५ प्रतिशतले मात्र बढाएको भए ४८ हजार ७ सय ३७ रूपैयाँ मात्र हुनेमा २३.३ प्रतिशतले बढाएर ५२ हजार २ सय ७९ रूपैयाँ पुर्‍याइएको छ।

तलबमानअनुसार सहसचिवको तलब अब ६१ हजार ५० रूपैयाँ पुगेको छ। बजेटअनुसार १५ प्रतिशतले बढाएको भए सहसचिवको तलब स्केल ५६ हजार ७ सय ७८ रूपैयाँ हुने थियो। यो बजेटले गरेको व्यवस्थाभन्दा ८.६ प्रतिशत बढी हो। तलबमानअनुसार असारसम्म ६२ हजार १ सय ४० रूपैयाँ तलब पाउँदै आएका सचिवको साउनदेखिको तलब ७४ हजार २ सय २१ रूपैयाँ भएको छ। बजेटअनुसार मात्र बढाएको भए सचिवले ७२ हजार ८२ रूपैयाँ तलब पाउने थिए। सचिवका लागि ३.४ प्रतिशत बढी तलब राखिएको हो।  

बढाएको तलबमानमा राजस्व सचिव कृष्णहरि पुष्करले हस्ताक्षर गरेका छन्। मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले यसलाई स्वीकृति प्रदान गरेको अर्थ स्रोतले जानकारी दिएको छ। सरकारको यो निर्णयले राज्य कोषमाथि अर्बौं रूपैयाँ भार थप्नेछ। अर्कोतिर चालु बजेटलाई संसद्ले पास गरेको अवस्थाबीच संसद् छलेर आफूखुसी तलब बढाउने निर्णय गरिएको छ। सरकारले प्रदेशमा गएका कर्मचारीसँग तलब स्केल मिलाउने बहाना गर्दै उपल्लो तहका कर्मचारीको तलब बढाएको हो। मुलुक संघीय संरचनामा गएपछि केही सुविधा दिएर कर्मचारीलाई प्रदेशमा पठाइएको थियो। त्यसअनुसार प्रदेशमा जाने कर्मचारी र संघमा बस्नेको एउटै पद भए पनि तलब स्केल र अन्य केही सुविधा फरक थिए। प्रदेशमा जानेले पाइरहेको थप सुविधा संघको कर्मचारीलाई थिएन। अहिले प्रदेशमा गएका कर्मचारीले पाउने बराबरको सुविधा संघका उपल्लो तहका कर्मचारीलाई पनि दिने निर्णय गरिएको हो। तर संघमा कार्यरत नायब सुब्बा र खरिदार तहका कर्मचारीको तलब भने प्रदेशका सरह बढाइएको छैन।

सरकारले गरेको यो निर्णयप्रति सामाजिक सञ्जालमा विरोध सुरु भएको छ। पहिले सुविधाका लागि संघ रोज्ने कर्मचारीले अहिले आएर प्रदेशको सुविधामा र्‍याल काढेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको हो। संघीय संरचनाअनुसार कर्मचारी समायोजन हुँदा राजधानीबाहिर जान नखोज्ने कर्मचारीले पछिल्लो समय प्रदेशका कर्मचारीले पाएअनुसारको तलब समायोजन गर्न माग गर्दै आएका थिए। अर्कोतिर निजामती कर्मचारीसँग सुरक्षा निकाय र अन्य संघसंस्थाका कर्मचारीको वरीयतालाई देखाएर पनि तलब बढाउन दबाब दिँदै आएका थिए। एउटै पदमा रहे पनि निजामतीभन्दा सुरक्षा निकाय र अन्य संघसंस्थाका कर्मचारीको तलब स्केल धेरै भएको गुनासो हुँदै आएको थियो। कर्मचारीका यस्ता मागप्रति विगतमा अर्थमन्त्री र सचिवले आँखा चिम्लँदै आएकोमा अहिलेका अर्थमन्त्री शर्मा र सचिव पुष्करले भने तलब स्केल बढाउन स्वीकृति दिएका छन्।
अर्को समाचार
आर्थिक अराजकता
२४ साउन २०७९
•
४ मिनेट पाठ
आर्थिक अराजकता
संसद्को स्वीकृतिबेगर कर लगाउन र बजेट खर्च गर्न पाइँदैन। विडम्बना, बजेट छल्दै अधिकृत स्तर र त्यो भन्दा माथिल्ला तहका कर्मचारीको तलब २४ प्रतिशत वृद्धि गरिएको छ। पछिल्ला वर्षहरूमा मुलुक विधि र प्रक्रियाबाट चलेको छैन। यसको अर्को उदाहरण हो यो। चालु आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था अनुसार अधिकृत स्तरभन्दा तलका कर्मचारीको तलब १५ प्रतिशत बढेको छ। बजेटले गरेकोे व्यवस्था अनुसारको यो वृद्धि सबै तहका कर्मचारीका निम्ति समान हुनुपर्ने हो। तर, कार्यान्वयन हुने बेलामा अनायासै अधिकृतभन्दा माथिल्ला तहका कर्मचारीको तलब वृद्धि दर बढाइएको छ। मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ। यस्तो अवस्थामा उपल्ला तहका कर्मचारी रिझाउन यसो गरिएको त होइन भन्ने आशंका पलाएको छ।




एकातिर, कोभिड–१९ का कारण समग्र अर्थतन्त्रको अवस्था ठीक छैन। अर्कोतिर, महँगीले सम्पूर्ण सर्वसाधारणलाई आक्रान्त पारेको छ। बढ्दो महँगीसँग जुध्न सर्वसाधारण सक्षम नभएका बेला यसलाई व्यवस्थित गर्ने काममा सरकार असफल भएको छ। सरकार सबै नागरिकको अभिभावक हो। सरकारको जिम्मेवारी आफूसँग काम गरिरहेका कर्मचारीको मात्र होइन। हाम्रोमा कर्मचारीको तलब भत्ता बढेपछि बजार भाउ पनि बढाउने प्रचलन छ। यसले सर्वसाधारणलाई प्रभावित गर्नेछ। सरकारले मूल्य नियन्त्रण गर्न सक्ने हो भने अहिले भएकै आम्दानीले समेत धान्न सक्छ। त्यसमा पनि सरकारलाई सबैभन्दा धेरै प्रभावित गर्न सक्ने भनेकै कर्मचारीले हो। राजनीतिक नेतृत्व सरकारमा पुगेपछि पनि यिनै कर्मचारीको सहयोगमा शासनमा सरिक हुन्छ। र, तिनले भनेअनुसार सेवा र सुविधा बढाउँदै जान सरकार दत्तचित्त हुन्छ।  

आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदा कर्मचारीको तलब १५ प्रतिशत मात्र बढाउने निर्णय भएको हो। अहिले आएर अधिकृत स्तर भन्दा माथिका कर्मचारीको तलब २४ प्रतिशत पुर्‍याउनुपर्ने बाध्यता के हो? मुलुक संघीय संरचनामा गए पछि समायोजनमार्फत प्रदेशमा गएका कर्मचारीलाई प्रोत्साहन स्वरूप केही थप सुविधा दिइएको थियोे। अहिले प्रदेश र सुरक्षा निकायका कर्मचारीले धेरै तलब खान्छन् भन्ने आधार बनाएर संघमा कार्यरत अधिकृतभन्दा माथिल्ला स्तरका कर्मचारीको पारिश्रमिक बढाइएको छ। यो ढुकुटी लुटने बाहेकको अर्को निर्णय होइन।  

२०४६ साल पछिका वर्षहरूमा क्रमशः चालु खर्च बढदै गएको छ। पहुँच पुग्नेले ढुकुटी रित्याउने यस्तै निर्णय गर्दै जाने हो भने धान्न नसक्ने गरी खर्च बढने छ। चालु खर्चको बढोत्तरीको प्रभाव पुँजीगत बजेट सानो बनाउनुपर्ने हुन्छ। यसले समग्र अर्थतन्त्रको विकासलाई नै प्रभाव पार्नेछ।  

देशमा कार्यरत करिब सवा लाख कर्मचारीमध्ये शाखा अधिकृतको संख्या धेरै छ भने माथिल्लो पदको संख्या धेरै प्रयाप्त छ। यसले स्वाभाविकरूपमा खर्चको भार बढ्दै जाने देखिन्छ। अधिकृतस्तरका कर्मचारीले असार मसान्तसम्म ३७ हजार ९ सय ९० रुपियाँ तलब पाउँदै आएकामा बजेटअनुसार १५ प्रतिशत मात्र वृद्धि हुँदा ५ हजार ६ सय ९८ रुपियाँ बढी तलब पाउने थिए। यस अनुसार कुल तलब ४३ हजार ६ सय ८८ रुपियाँ हुने थियो। तर अब २४ प्रतिशत वृद्धिका आधारमा ४७ हजार २ सय ८ रुपियाँ तलब प्रतिमहिना पुगेको छ। यसरी नै अन्य उपल्ला तहको पनि पारिश्रमिक बढ्ने स्थिति बनाइएको छ। यसले समग्रमा अर्थतन्त्रमाथि भार थप्नेछ। यसो गर्नु भनेको प्रभाव हुनेहरूले जसरी पनि राष्ट्रिय ढुकुटी दोहन गर्नु हो।  

यस कामका निम्ति संसदीय समितिलाई प्रयोग गरिएको छ। समितिले निर्देशन दिएको आधार बनाएर निर्णय गरिएको हो। संसदीय समितिले निर्देशन दिँदा पनि परिस्थितिबारे पूरा जानकारी लिएको हुनुपर्छ। यसअघि पनि संसदीय समितिहरूले दिएका निर्देशन विवादमा पर्दै आएका थिए। संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मर्यादाक्रमअनुसार तलब निर्धारण गर्न निर्देशन दिएको थियो। समितिको निर्देशनकै आधारमा अर्थ मन्त्रालयले राजपत्रांकित र राजपत्र अनंकितबीच विभेद हुने गरी तलबमान प्रस्ताव गरिएको हो। कर्मचारीको तलब अपुग भएको हो भने पे कमिसनको सिफारिसमा मात्र निर्णय गर्नुपर्छ। आफूलाई सजिलो पार्न कुनै एउटा आधार टेकेर धमाधम निर्णय गर्नु गैरजिम्मेवारी हो।  

निर्वाचन घोषणा गरिसकेको अवस्थामा कर्मचारीको उपल्लो तहलाई लाभ पुग्ने गरी गरिने निर्णयलाई उचित मान्न सकिँदैन। देशको समग्र स्थितिलाई सरकारले ध्यानमा राख्नु उचित हुन्छ। वास्तवमा यस्तै निर्णयले अर्थतन्त्रमाथि घात गर्ने हो। आज श्रीलंकाले जुन परिस्थिति सामना गरिरहेको छ, त्यो एक दिनमा आएको होइन। त्यतिमात्र होइन, सरकारमा रहने व्यक्तिहरूले लिएका अदूरदर्शी निर्णयका कारण त्यो अवस्थामा देश पुगेको हो। अहिलेको अवस्थामा साधारण खर्च कम गर्दै विकास खर्च बढाएर मुलुकलाई अगाडि बढाउनतिर सरकारको ध्यान गएको छैन। बरु सकेसम्म मुलुकमाथि दायित्व थप्ने काममात्र भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको वर्तमान सरकारमा एकपछि अर्को वित्तीय अराजकता भइरहेको छ। कहिले मुलुकका निम्ति अनावश्यक वस्तु खरिद गरेर विदेशी मुद्रा सञ्चिति घटाउने, कहिले अनावश्यक खर्च बढाएर राष्ट्रिय ढुकुटीमाथि चलखेल गर्ने प्रवृत्ति बढेको छ। भर्खरै संसद्बाट पारित बजेटले निर्दिष्ट गरेको तलबमानभन्दा भिन्न हुने गरी निर्णय गर्नु भनेको यही अराजकतातर्फको यात्रा हो। यस्तो निर्णय तत्काल सच्याउनु आवश्यक छ। तलब वृद्धिको चर्को विरोध भए पछि अर्थमन्त्री जनार्दन शर्माले अहिलेलाई बजेटले व्यवस्था गरे अनुसार सबै कर्मचारीको तलब १५ प्रतिशतले बढने बताएका छन्। उपल्लो तहका कर्मचारीको तलब बढाउन अर्थमन्त्री शर्माकै स्विकृतिमा सिफारिस गरिएको हो। त्यसैले उनको भनाइलाई विश्वास गर्ने कुनै पनि आधार छैन। त्यसै पनि शर्मा पछिल्लो समय विवादमा घेरिएका व्यक्ति हुन्। सरकारका निम्ति कर्मचारी मात्र ध्यान दिनुपर्ने पक्ष होइनन्। मुलुकको समग्र स्थिति र अर्थतन्त्र सुधार नगरी खर्चमात्र बढाउने प्रवृत्तिमा रोक लाग्नु आवश्यक छ नत्र भावी दिन सुखद हुने छैनन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस