नमुना समाजको ठगीधन्दा: गृहको निर्देशन एकातिर प्रहरी–प्रशासन बचाउनेतिर
०७ साउन २०७९
•
४ मिनेट पाठ
नमुना समाजको ठगीधन्दा: गृहको निर्देशन एकातिर प्रहरी–प्रशासन बचाउनेतिर
सुर्खेतका स्थानीय तहबाट करोडौं रूपैयाँ ठगी गरेको नमुना समाजका पदाधिकारी र कर्मचारीलाई बचाउन प्रहरी–प्रशासन नै सक्रिय देखिएको छ। गृह मन्त्रालयले नौ महिनाको अवधिमा दुई पटक पत्र पठाएर नमुना समाजका अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरू र कार्यकारी निर्देशकसहित कर्मचारीलाई कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको थियो।




नौ महिनासम्म गृहले दिएको निर्देशनमाथि कुनै कारबाही प्रक्रिया अघि नबढाएको प्रशासनले हालै ‘कारबाही आवश्यक नरहेको’ व्यहोराको जवाफ पठाएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले गृहलाई पठाएको जवाफमा नमुना समाजमा खोजतलास गरेर छलफलका लागि स्थानीय तहसमक्ष उपस्थित गराउनु उपर्युक्त हुने देखिएको छ।

गृह मन्त्रालयले सुरुमा २०७८ भदौ २५ गते पत्र लेखेर नमुना समाजका अध्यक्ष भूमिसरा पुलामीसहित नौजना पदाधिकारी तथा सदस्य र संस्थाका कार्यकारी निर्देशक लालबहादुर जिएमसहित सातजना कर्मचारीलाई पक्राउ गरेर ठगीमा मुद्दा चलाउन निर्देशन दिएको थियो। स्थानीय प्रशासनले गृहको निर्देशन अवज्ञा गरेको विषयमा नागरिकले समाचार प्रकाशन गरेपछि जेठ ३१ गते पुनः पत्राचार गरेको थियो।

जिल्ला प्रशासनले गृहलाई पठाएको पत्रमा स्थानीय तहबाट कार्यक्रम सञ्चालन गर्नका लागि पेस्कीस्वरूप लिएको रकम फछ्र्योट गर्ने समय असार मसान्तसम्म रहेको उल्लेख छ। जब कि नमुना समाजले नमुना गाउँ निर्माण गर्ने भन्दै पेस्की लिएको र फछ्र्योट नगरेको भन्दै दुई वर्षअघि नै जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि निवेदन दिएका छन्। ‘नमुना समाजका पदाधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूसँग समन्वय गर्दा विभिन्न स्थानीय तहबाट कार्यक्रम सञ्चालन गर्न पेस्कीस्वरूप रकम लिएको र पेस्की फछ्र्योट गर्न सम्झौताबमोजिम म्याद २०७९ असार मसान्तसम्म बाँकी रहेको देखिएको छ,’ जिल्ला प्रशासन कार्यालय सुर्खेतले गृहलाई पठाएको पत्रमा भनिएको छ, ‘असार मसान्तभित्र पेस्की फछ्र्योट गर्न लगाउन सम्बन्धित स्थानीय तहहरूलाई ताकेता गर्न उपर्युक्त देखिन्छ।’

नमुना समाजले सुर्खेतका ९ मध्ये पाँचवटा स्थानीय तहसँग नमुना समाज निर्माण गर्ने भन्दै झन्डै तीन करोड रूपैयाँ पेस्की लगेको थियो। स्थानीय तहले कार्यपालिका निर्णय गरेर कारबाहीका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए।  
गृह मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालयमा पठाएको पत्रमा एकातिर संस्थाका पदाधिकारी तथा कर्मचारी फेला नपरेको उल्लेख छ भने अर्कोतर्फ नमुना समाजका पदाधिकारीसँग समन्वय गरिएको उल्लेख छ। नमुना समाजले सुर्खेतका ९ मध्ये पाँच वटा स्थानीय तहसँग नमुना समाज निर्माण गर्ने भन्दै झन्डै तीन करोड रूपैयाँ पेस्की लगेको थियो। वैशाख ३० गते निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आइसकेका छन्। स्थानीय तहले कार्यपालिका निर्णय गरेर कारबाहीका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए। तर, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदबहादुर विष्टले कार्यपालिका बैठकको निर्णयलाईसमेत प्रमाणका रूपमा पत्याएनन्। उनले व्यक्तिगत उजुरी नआउँदासम्म कारबाही प्रक्रिया अघि नबढाउने अडान लिइरहे। जिल्ला प्रशासन कार्यालय एसपीका अघि निरीह बन्यो।

‘नमुना समाजले गरेको सम्झौता र सम्झौता अनुसार काम नगरेर ठगी गरेकाले कारबाहीका लागि कार्यपालिका निर्णय गरेर जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय हुँदै गृह मन्त्रालयसम्म लिखित जानकारी दियौं,’ चिंगाड गाउँपालिकाका पूर्व अध्यक्ष देवबहादुर चन्दले भने, ‘संस्थाका पदाधिकारी र कर्मचारीसहित १६ जनालाई कारबाही गर्न निर्देशन दिँदा पनि प्रशासन र प्रहरी उल्टै बचाउने खेलमा लागिरहेको देखिन्छ।’ उनले कार्यपालिकाको निर्णय लिँदा पनि व्यक्तिगत उजुरी माग्ने प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखमाथि आफ्नो विश्वास नरहेको बताए।  

‘म अध्यक्ष रहँदासम्म स्थानीय सरकारलाई ठगी गर्ने नमुना समाजका पदाधिकारी र कर्मचारीलाई कारबाहीको माग गरेर पटक–पटक जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय धाएको थिएँ,’ उनले भने, ‘प्रशासन र प्रहरीले विभिन्न बहाना बनाएर यो विषयलाई टार्दै गयो।’ प्रशासन कार्यालयले गृहमा पठाएको पत्रमा नमुना समाजको ठगीको विषय अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट ‘अनुसन्धान हुन सक्ने’ हुँदा प्रहरी–प्रशासनले कारबाही चलाउँदा दोहोरो पर्नसक्ने लेखिएको छ।  

‘अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयबाट हुनसक्ने हुँदा दोहोरो कारबाहीको अवस्था आउनसक्ने भएकाले सरकारी वकिलसँग मौखिक रायसमेत लिई यस कार्यालयबाट कुनै कानुनी प्रक्रिया अघि नबढाइएको भन्ने व्यहोराको जिल्ला प्रहरी कार्यालयको जवाफ प्राप्त हुन आएको छ,’ प्रशासनले गृहलाई लेखेको पत्रमा भनिएको छ, ‘कानुनबमोजिम ठगीमा कारबाही गर्नुपर्ने भए सुरक्षा निकायलाई निर्देशन हुन यस कार्यालयको राय रहेको व्यहोरा अनुरोध छ।’
अर्को समाचार
हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोक्न गृहको ३ बुँदे निर्देशन
२४ वैशाख २०८१
•
१ मिनेट पाठ
हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोक्न गृहको ३ बुँदे निर्देशन
गृह मन्त्रालयले अनुसन्धान तथा अभियोजनका लागि पक्राउ परेका व्यक्ति हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोक्न ३ बुँदे निर्देशन जारी गरेको छ।




सोमबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ३ बुँदे निर्देशन जारी गर्दै दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न निर्देशन गरेका हुन्।

अस्पताल लैजानुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल वा मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने वा नपर्नेबारे निर्णय लिन निर्देशन दिइएको छ।

त्यस्तै अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा धेरै राख्नुपरेमा कारण खुलाउन भनिएको छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस