विदेशीको गतिविधि बढेको भन्दै फोन ट्यापिङ !
०७ साउन २०७९
•
५ मिनेट पाठ
विदेशीको गतिविधि बढेको भन्दै फोन ट्यापिङ !
नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ। नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको ‘मुभमेन्ट’ बढेको भन्दै उसले फोन ट्यापिङ गर्न थालेको हो।  




‘राष्ट्रिय अनुसन्धान विभागमा रहेका मेसिनलाई सक्रिय बनाइएको छ। केही समययता विदेशी सुरक्षाकर्मी आउने र नेपालका राजनीतिक दल तथा सुरक्षा निकायका व्यक्तिसँग भेटघाट बढाउने गरेका कारण फोन ट्यापिङ मेसिन सक्रिय बनाउनुपरेको हो’, अनुसन्धान विभागका एक अधिकारीले भने। ती अधिकारीका अनुसार दुई महिनायता सो मेसिन सक्रिय छ। भारत तथा चीनका अधिकारीहरू गुपचुप रूपमै नेपाल आउनेजाने गरेकाले पनि सम्भावित व्यक्तिहरूसँगको भेटघाट र कुराकानीलाई लक्षित गरेर फोन ट्यापिङ सुरु गरिएको स्रोतले जनाएको छ। फोन ट्यापिङसम्बन्धी कानुन नबनेको अवस्थामा विभागले यसलाई औपचारिक रूपमा प्रयोग गर्न भने पाएको छैन। बेलाबखत भने यो मेसिन प्रयोग गरिँदै आएको स्रोतको दाबी छ। ‘संदिग्ध व्यक्तिहरूका पछाडि लाग्नु, गुप्तचरी गर्नु र सूचना संकलन गरेर राज्यलाई बुझाउनु विभागको दायित्व हो, जुन कुरा राष्ट्रिय हितमा हुनुपर्छ’, विभाग स्रोतले भन्यो। नेपालमा प्रतिआतंकवाद सेल नभएका कारण पनि सरकारले यस्ता विषयमा कानुन बनाएर फोन ट्यापिङ गर्न दिनुुपर्ने विभागको माग छ।

विभागले सुरक्षा निकायका प्रमुखहरूको गतिविधिबारे भने कुनै पनि सूचना संकलन गरेको छैन। मौखिक सहमतिअनुसार विभागले सुरक्षा अंगका चारवटै प्रमुखका गतिविधि र फोन निगरानी गर्दैन। त्यसबाहेक विभागका मुख्य अनुसन्धान निर्देशकको ठाडो आदेशमा जोकोहीको फोन  

ट्यापिङ हुन सक्छ। नेपालमा भारतीय सुरक्षा अधिकारीका अतिरिक्त चिनियाँ, अमेरिकी, बेलायती र पाकिस्तानी सुरक्षाकर्मी सहचारीका रूपमा बस्दै आएका छन्। खासगरी भारतीय सुरक्षा अधिकारी विभिन्न बहानामा नेपाल आउने र नेपाली सुरक्षा अधिकारी तथा राजनीतिज्ञसँग पनि सम्पर्क बढाउन थालेको सूचना विभागमा आएपछि फोन ट्यापिङ मेसिन सक्रिय बनाइएको स्रोतको दाबी छ।

केही समययता विदेशी सुरक्षाकर्मी आउने र नेपालका राजनीतिक दल तथा सुरक्षा निकायका व्यक्तिसँग भेटघाट बढाउने गरेका कारण फोन ट्यापिङ मेसिन सक्रिय बनाउनुपरेको हो’, राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले भने। ती अधिकारीका अनुसार दुई महिनायता सो मेसिन सक्रिय छ।
राष्ट्रिय अनुसन्धान विभागले २०७७ पुसमा इजरायलबाट ३० करोड रूपैयाँभन्दा बढीमा फोन ट्यापिङ मेसिन ल्याएको थियो। विभागलाई नागरिकका फोनसमेत ट्यापिङ गर्न पाउने गरी विशेष सेवा ऐनको विधेयक राष्ट्रियसभामा दर्ता गरिएलगत्तै खरिद गरिएको सो उपकरण ल्याइएको हो। यो उपकरण विभागमा राखिएको छ। फोन ट्यापिङ गर्ने उपकरण ल्याउँदा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। सरकारले सो उपकरण खरिदबारे पनि जानकारी गराएको छैन। सोही उपकरण अहिले सरकारले उपयोग गर्दै आएको छ। गुप्तचर निकायबाहेक गृह मन्त्रालयले पनि बेलाबेलामा अनौपचारिक रूपमा फोन ट्यापिङ गर्ने र कल डिटेल निकालेर हेर्छ।

पछिल्लोपटक भारतीय सुरक्षाकर्मी विभिन्न बहानामा स्थलमार्गबाट नेपाल आउने र चिनियाँ अधिकारी पनि आएर महिनौंसम्म नेपाल बस्न थालेपछि उनीहरूका गतिविधिबारे जानकारी लिन विभागले परीक्षणका रूपमा सो मेसिन प्रयोग गरेको हो। सरकारले आउँदो संसदीय निर्वाचनलाई समेत ध्यानमा राखेर सो मेसिन सक्रिय बनाएको स्रोतको दाबी छ। प्रतिजासुसी संयन्त्र बलियो बनाउन पनि संदिग्ध व्यक्तिहरूका फोन ट्यापिङ गर्नुपर्ने आवश्यकता रहेको भन्दै विभागले ट्यापिङ सुरु गरेको स्रोत बताउँछ। 

विभागले कुनै संदिग्ध व्यक्ति तथा संघसंस्थाका कम्प्युटर, टेलिफोन, मोबाइल फोन, इन्टरनेट वा दूरसञ्चारमाध्यमबाट भएका दूरसञ्चारसम्बन्धी विवरण, संकेत वा सूचनालाई अभिलेख गर्न सक्ने भएकाले पनि ट्यापिङ आवश्यक रहेको स्रोतको दाबी छ। तर यस्तो विवरण जुन प्रयोजनका लागि अभिलेख गरिएको हो; त्यसैका लागि मात्रै प्रयोग गर्नुपर्ने भएकाले विभागका केही पूर्वअधिकारी कानुन नबनीकन यस्तो गर्न नहुने तर्क राख्छन्। ‘पहिला राष्ट्रियसभामा यससम्बन्धी विधेयक लगिएको थियो। तर विधेयकले कानुनी रूप ग्रहण गरेको छैन। करोडौं पर्ने मेसिन थन्क्याउनुभन्दा चलाउनु उपयुक्त हुन्थ्यो तर कानुन बनेको छैन’, ती पूर्वअधिकारीले भने।

२०७६ सालमा राष्ट्रिय अनुसन्धान विभागमातहत रहने गरी नेपालमा प्रतिगुप्तचरी संयन्त्र (काउन्टर इन्टेलिजेन्स) ब्युँताउने सहमति भएसँगै फोन ट्यापिङ मेसिन ल्याइएको हो। ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी विधेयक २०७६’ माथिको दफावार छलफलमा राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा यस्तो सहमति जुटाइएको थियो, तर पनि त्यो कानुन बनिसकेको अवस्था छैन। विभागले पनि काउन्टर इन्टेलिजेन्सको आवश्यकता र महत्व रहेको भन्दै सरकारलाई यसअघि नै विशेष सेवा ऐन ल्याउन आग्रह गरेको थियो। विभागले अहिले पनि सो ऐनको आवश्यकतामा जोड दिएर प्रधानमन्त्रीलाई ऐन ल्याउन आग्रह गरेको छ। हाल विभाग प्रधानमन्त्री कार्यालयमातहत छ। सूचनाको दुरूपयोग

प्रधानमन्त्री शेरबहादुर देउवालाई खामबन्दी रूपमा बुझाइएको सूचनाको दुरूपयोग भएकोमा राष्ट्रिय अनुसन्धान विभागले गुनासो गरेको छ। अनुसन्धान विभागका प्रमुखले प्रधानमन्त्रीलाई बुझाएको रिपोर्ट अरू कसैले दुरूपयोग गरेको विभागको गुनासो छ। ‘राज्यका महत्वपूर्ण सूचना प्रधानमन्त्री, गृहमन्त्री, प्रधानसेनापतिले मात्रै हेर्ने र त्यहीअनुसार सुरक्षा योजना बनाउने वा आफ्ना संयन्त्र परिचालन गर्ने गरिन्छ तर यस्ता महत्वपूर्ण सूचना प्रधानमन्त्री कार्यालयबाट अरू कसैले लिने गरेको र त्यसलाई खोल्न गरेको पाइयो; जुन उपयुक्त होइन’, विभाग स्रोतले भन्यो। प्रधानमन्त्रीको सचिवालयमा रहेका व्यक्तिले सूचनाको दुरूपयोग गरेको हुन सक्ने भन्दै विभागले आपत्ति जनाएको हो।
अर्को समाचार
मानव तस्करीका सूचना प्राप्त गर्न राष्ट्रिय अनुसन्धान विभाग असफल
२९ मंसिर २०८०
•
३ मिनेट पाठ
मानव तस्करीका सूचना प्राप्त गर्न  राष्ट्रिय अनुसन्धान विभाग असफल
नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश जाने नागरिकको सूचनामा राष्ट्रिय अनुसन्धान विभागको भूमिका निकै कमजोर देखिएको छ। गृह मन्त्रालयले बनाएको एक कार्यदलले दिएको प्रतिवेदनअनुसार विभागको भूमिका कमजोर देखिएको हो।




विगतदेखि नै भिजिट भिसामा मानव तस्करी हुने गरेपछि दुई वर्षअघि गृह मन्त्रालयका तत्कालीन प्रवक्तासमेत रहेका सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा गठित सात सदस्यीय कार्यदल बनेको थियो।

सो कार्यादलले दिएको प्रतिवेदनअनुसार विभाग र अध्यागमन विभाग भूमिकामाथि प्रश्न उठाएको थियो। ‘विगत दुई वर्षअघि दिएको प्रतिवेदन अनुसार १७ वटा बुँदामा अध्यागमन सुधारका लागि काम भइरहेको छ,’ स्रोतले भन्यो।

भिजिट भिसा र त्यसबाट सिर्जित समस्या तथा समाधानका उपायहरूको सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा वैदेशिक रोजगारको प्रलोभन देखाई श्रम अनुमति नलिई भिजिट भिसामा पठाउने गरेको र त्यसको सूचना संकलनमा विभागमा कर्मचारी चुकेको तथा अध्यागमन विभागका कर्मचारीको पनि मिलेमतो रहेको खुलेको थियो।

सो प्रतिवेदनअनुसार नेपाली नागरिकलाई नक्कली कागजात बनाई वा श्रम स्वीकृति नलिई भिजिट भिसामा विदेश पठाएको पाइएमा त्यस्ता संस्था र सञ्चालकलाई वैदेशिक रोजगार ऐन २०६४, को दफा ४४ बमोजिमको कारबाही गरी रोजगारीका लागि भिजिट भिसामा विदेश पठाउने कार्यलाई निरुत्साहित गर्नुपर्ने कार्यदलले सुझाव दिएको थियो।

पोखरेल समितिको कार्यदलले भिजिट भिसा लिई वैदेशिक रोजगारीको खोजीमा जानसक्ने शंकास्पद व्यक्तिले पेस गर्ने कागजजातको आधिकारिकता सुनिश्चित गर्न स्वीकृत तथा प्रमाणीकरण गर्ने संस्था निकाय र पदाधिकारीको विवरण यथाशक्य वेबसाइटबाट भेरिफिकेसन हुने व्यवस्था मिलाउन उल्लेख गरिएको थियो।

भिजिट भिसामा खाडी मुलुक, मलेसिया तथा जोखिम भएका मुलुकमा जाने यात्रुलाई उनीहरूको विवरण सम्बन्धित कूटनीतिक नियोग तथा अध्यागमन विभागमा तोकिएबमोजिम (सफ्टवेयर प्रणाली÷अनलाइन) अनिवार्य रूपमा दर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव पनि कार्यदलले दिएको थियो।

अध्यागमन विभाग सुधारबाहेक ती सबै सुझाव अहिले अलपत्र परेका छन्। ‘पोखरेल सरकै कार्यदलले दिएको सुझावको आधारमा अध्यागमन विभाग सुधार योजना अघि बढेको छ, त्यसमा केही जटिलता आयो भनेर अहिले संशोधन पनि हुँदै छ,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायण भट्टराईले भने।

उनका अनुसार भिजिट भिसालाई कडाइ गर्नेभन्दा पनि नक्कली कागजात बनाएर जाने तथा भिजिट भिसामा गएपछि उतै लुकेर काम गर्ने प्रवृत्तिलाई भने सरकारले निरुत्साहित गरिरहेको छ।

त्यतिबेलाको कार्यदलमा पोखरेलका साथै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र पौडेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भीमप्रसाद ढकाल, अध्यागमनका उपसचिव प्रकाशचन्द्र अधिकारी र वैदेशिक रोजगार प्रवद्र्धधन बोर्डका उपसचिव दिनबन्धु पोखरेल सम्मिलित कार्यदलले भिजिट भिसाको नाममा खाडी मुलुकलगायत मलेसियामा हुने गरेको मानव तस्करीमा वायु सेवा निगम, अध्यागमन विभाग तथा राष्ट्रिय अनुसन्धान विभागको भूमिका कमजोर रहेको उल्लेख छ।

‘अहिले पनि विभागका कर्मचारी विमानस्थलमा बस्ने मात्र हो कुनै रिपोर्ट सही दिँदैनन्,’ एक प्रहरीले भने। उनका अनुसार विभागबाट आएको कुनै पनि सूचनाले काम गर्दैन। त्यतिबेलाको कार्यदलले भिजिट भिसासम्बन्धी मौजुदा मापदण्ड तथा कार्यविधिलाई परिमार्जन गरी लागु गर्नुपर्ने, श्रम स्वीकृति प्रक्रियामा रहेका जटिलता सुधार गरी अधिकतम सरलीकृत र पारदर्शी बनाउनुपर्ने सुझाव दिएको थियो। तर त्यो अझै कार्यान्वयन भएको छैन।
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस