शान्तिपूर्ण सकियो बुढीगंगामा मतदान, ६६.८३ प्रतिशत मत खस्यो
२३ असार २०७९
•
३ मिनेट पाठ
शान्तिपूर्ण सकियो बुढीगंगामा मतदान, ६६.८३ प्रतिशत मत खस्यो
त्रिशक्ति मावि मतदान स्थलमा लाइनमा बसेका मतदाता। तस्बिर: नागरिक
बुढीगंगा नगरपालिकाको निर्वाचन शान्तिपूर्ण वातावरणमा सकिएको मुख्य निर्वाचन अधिकारीको कार्यालय बाजुराले बताएको छ। वैशाख ३० को निर्वाचन रद्द गरेर पुनः मतदान गरिएको बुढीगंगा नगरपालिकामा विवादरहित मतदान सम्पन्न भएको छ। १३ हजार ६ सय ५९ मतदाता मध्ये ९ हजार १ सय १७ जनाले मतदानमा भाग लिएका छन्।




प्रारम्भीक मतदानाको तथ्याकं हेर्दा बुढीगंगामा ६६.८३  प्रतिशतले मतदान गरेको निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन्। बैशाख ३० को रद्द गरिएको निर्वाचनमा ७५.५८ प्रतिशत मत खसेको थियो। त्यो बेला १० मध्ये ६ वटा वडामा काँग्रेस एमालेका तर्फबाट बुथ कब्जा गरेको आरोप थियो।

पालिकाका १० वटै वडाका १९ वटा मतदान स्थलमा शान्तिपूर्ण मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन्। उच्च तहको संवेदनशिल मानिएका २,३,४ र ९ मा पनि मतदान शान्त भएको छ।  

९ मा गठबन्धनका तर्फबाट फर्जि मत हाल्ने प्रयास हुँदा सामान्य विवाद भएको थियो। भने ४ मा फर्जि मत हाल्ने प्रयास स्वरुप युवाहरु दलबल सहीत मतदान स्थल छिरेका थिए। कडा सुरक्षाका बीच दुबै प्रयास असफल भएको र मतदान भयरहीत वातावरणमा सकिएको सुरक्षा अधिकारीको भनाई छ।  

पालिकाका १९ वटा मतदान स्थलमा १ हजार बढी सेना, शसस्त्र र नेपाल प्रहरी खटाइएका थिए। मतदान स्थलभन्दा ३ सय मिटर टाढा मात्र मतदाता बस्न पाइने प्रावधान गरिएको थियो। शान्त र भयरहीत वातावरणमा सुरक्षित मतदान गर्न पाएको बुढीगंगा नगरपालिका १० की पार्वती नेपालीले मतदान स्थलबाट घर फर्केपछि मतदानको अनुभव सुनाएकी छन्।

यसअघि वैशाख ३० गतेको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। दोस्रो चरणको निर्वाचन हिंसात्मक हुने डर धेरैमा थियो। मतदाता त्रसित थिए। राज्यले सुरक्षा कर्मीको बाक्लो उपस्थिति, मतदाता र नेताहरुको सुझबुझका कारण निर्वाचन शान्त रुपमा सम्पन्न भएको छ।

केही भनाभनका घटना बाहेक शान्त वातावरणमा मतदान सकिएको निर्वाचनको परिवेक्षणमा खटिएका पदम सिंहले बताएका छन्। फर्जि मतको प्रयास दुबै तर्फबाट नभएका होइनन्। तर कडा सुरक्षा व्यवस्थाकै कारण त्यो प्रयास संभव भएन् सिंहले भन्नु भयो।

मतदान सकिएपछि मत पेटिका मतगणना स्थल ल्याउने क्रम जारी छ। आजै रातीबाटै मतगणना कार्य सुरु गर्ने मुख्य निर्वाचन अधिकारीको कार्यालयले तयारी थालेको छ। बुढीगंगाको मेयरमा एमालेबाट रामबहादुर बाँनिया र कांग्रेसबाट रंगबहादुर खाती उम्मेदवार छन्।  

दुबै पक्षबाट जितको दाबी छ। एमालेले नगर प्रमुख उपप्रमुख सहीत ६ देखि ८ वटा वडा जित्ने दाबी गरेको छ। भने काँग्रेस पनि प्रमुख उपप्रमुख सहीत ४ देखि ७ वटा वडा जित्ने दाबी गरिरहेको छ। जित हारको नजिता भने मतगणना पछि मात्रै थाह हुनेछ।  

बुढीगंगामा एमालेको जित निश्चित हो: नेता थापा

नेकपा एमालेका स्थायी कमिटी सदस्य कणर्बहादुर थापाले बुढीगंगामा एमालेको जित निश्चित भएको दाबी गरेका छन्। मतदान सकिए लगत्तै सामाजिक सञ्जालमा स्टाटस राखेर थापाले जित सुनिश्चितको दाबी गरेका छन्।  

मतदान केन्द्र कव्जा गरेर चुनाव जित्ने काँग्रेसको सपना समाप्त भएको र बुढीगंगामा सुर्यको जित निश्चित भएको थापाले सामाजिक सञ्जालमा लेखेका छन्। यस्तै नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा सहीतको सहभागिता रहेको टिमले नारा जुलुस नै गरेका छन्। मतदान सकिए लगत्तै एमाले जित्ने दाबी सहीत नारा जुलुल गरेका हुन्।

बुढीगंगामा नेकपा एमाले र काँग्रेस दुबैका शिर्ष तहका नेताहरु छन्। नेकपा एमालेका नेताहरु कर्णबहादुर थापा, लालबहादुर थापा, प्रकाश बहादुर शाह पनि बुढीगंगाकै हुन्। काँग्रेसबाट प्रमुख प्रमुख बनेका देवराज जोशी, महान्यायीबक्ता खम्म खाती, मनबहादुर रावल पनि बुढीगंगाकै हुन्।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
५७ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस