नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) खारेज हुने बताएका छन्।
शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष दाहालले एसपिपीजस्तो विषय खारेज गर्नुको विकल्प नरहेको बताएका हुन्।
'एसपिपी र एमसीसी केपी ओलीको करामत हो,' उनले भने, 'अब यो क्लियर भइसक्यो। एमसीसी १२ बुँदे घोषणपत्रसहित पारित भयो। तर, एसपिपीमा त्यो हुनेवाला छैन। खारेज हुन्छ, गरिनु पर्छ।’
वाम गठबन्धको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा अध्यक्ष दाहालले अहिलेकै गठबन्धन संघीय निर्वाचनसम्म जाने उल्लेख गरे।
बाहिर मिडियामा आएजस्तो कुनै पनि वाम गठबन्धको विषयमा कुरा अगाडि नबढेको स्पष्ट पारे।