जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका नारायणप्रसाद अधिकारी निर्वाचित भएका छन्। मंगलबार भरतपुरमा सम्पन्न मतदानमा गोलाप्रथाबाट अधिकारी निर्वाचित भएका हुन्।
प्रमुख पदमा गठबन्धन र एमालेका दुवै उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथा भएको थियो। चितवनका सात पालिकाका १४ जना प्रमुख र उपप्रमुखले निर्वाचनमा मतदान गरेका थिए। दुवै उम्मेदवारले समान ७/७ मत ल्याएपछि गोलाप्रथा गरिएको हो।
एमालेले यसअघि नेकपा (एकीकृत समाजवादी)ले प्रमुखमा एमालेलाई सहयोग गर्ने भद्र सहमति बनेपछि उपप्रमुख पद र एक महिला सदस्यमा उम्मेदवारी दिएको थिएन्। तर, अन्तिममा नेकपा एसले गठबन्धनमै मत दिएको देखिन्छ।
नेकपा एसले चितवनको राप्ती नगरपालिकाको प्रमुख पद मात्र जितेको थियो। तर, गोलाप्रथाबाट एमालेका पाँच जना सदस्यसहित प्रमुख निर्वाचित भएका छन्। जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमखसहित ९ जनाको कार्यसमिति हुन्छ। जिल्ला समन्वय समितिमा उपप्रमुख र एक सदस्य एकीकृत समाजवादी र नेपाली कांग्रेसका एक सदस्य निर्वाचित भएका छन्।
एकीकृत समाजवादीबाट उम्मेदवार कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भएकी थिईन्। त्यस्तै आज भएको निर्वाचनमा एकीकृत समाजवादीकी पुजना गुरुङ्गले १४ मत ल्याएर विजयी भएकी भईन। अन्य पदमा गोलाप्रथा भएको थियो।
गोलाप्रथाबाट महिला सदस्यमा एमालेकी सबिता चौधरी र अनिता नेपाल विजयी भएका छन्। खुल्ला सदस्यमा नेपाली कांग्रेसका संजीव प्रसाद पौडेल, एमालका कृष्णभक्त भट्टराई, बाबुराम सुवेदी, दलित तथा अल्पसंख्यक सदस्यमा एमालेकै गुनु बि.क निर्वाचित भएका छन्। गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका पूर्णबहादुर रानाभाट प्रमुख पदमा उठेका थिए।
सात स्थानीय तहका प्रमुख र उपप्रमुखले समन्वय समितिका लागि निर्वाचन गर्ने व्यवस्था हो। भरतपुर महानगरपालिका र राप्ती नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै गठबन्धनले जितेको छ भने माडी नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख कांग्रेसले जितेको छ। इच्छाकामना र कालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवै जितेको छ। त्यसैगरी रत्ननगरमा मेयर कांग्रेस र उपमेयर एमालेले जितेको छ। खैरहनी नगरपालिकामा पनि मेयर कांग्रेस र उपमेयर एमालेले जितेको छ।
निर्वाचित अधिकारी एमालेबाट इच्छाकामना वडा नम्बर ३को सदस्य पदमा गत स्थानीय निर्वाचनमा निर्वाचित भएका थिए। एमालेका इमान्दार नेताका रुपमा चिनिदै आएका अधिकारी अघिल्लो स्थानीय तहको निर्वाचनमा झिनो मतले पराजित भएका थिए। एमाले वाग्मती प्रदेश कमिटी सदस्य रहेका अधिकारी २९ बर्ष शिक्षण पेशामा आवद्ध व्यक्ति हुन्। २०६५ सालमा शिक्षण पेशाबाट सेवा निवृत भएका थिए। त्यस लगत्तै पूर्णकालिन राजनितीमा लागेका हुन्।
निर्वाचित भएसंगै अधिकारीले कानुनले दिएको अधिकार प्रयोग गरेर अगाडी बढ्ने बताएका छन्। सवै राजनितीक दललाई मिलाएर लैजाने बताउँदै अधिकारीले कानुन भन्दा बाहिर गएर अनावश्यक दबाव नदिन नेताहरुलाई अनुरोध समेत गरे। ‘फरक पार्टीको मान्छे रैनछ भन्ने गरि अगाडी बढ्छु। विषय बस्तु, भूमिकाले सबैको अभिभावत्व लिन्छु, ’उनले भने, ‘ढुंगा गिटी निकासीमा राज्यले बनाएको कानुन अनुसार अगाडी बढ्छु। काम गर्न मलाई साथीहरुले छुट दिनुपर्छ।’