जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुखमा एमालेका बावुराम आचार्य गोला तानेर निर्वाचित भएका छन्। कुल २० मत मध्ये आचार्य तथा कांग्रेस उम्मेदवार ज्ञानबहादुर कार्कीले दश/दश मत पाएका थिए।
निर्वाचनमा प्रमुखका दुबै उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोला प्रथाबाट नेकपा एमालेका बाबुराम आचार्य निर्वाचित भएका छन्। उपप्रमुखमा लोसपाका रमेश कुर्मी निर्वाचित भएका छन्। यस्तै कांग्रेसका सुनिता चमार र मनोहर धुनिया, माओवादी केन्द्रका राजेन्द्र कुर्मी र जसपा नेपालका रामु अहिर समेत निर्वाचित भएको हुन्।
प्रमुखमा दुई र ३ जना सदस्यको सिटका लागि ६ जना सदस्यको मत बरामबर भएपछि गोला तान्न लगाइएको थियो। गोलाबाट एमालेकी सकुन्तला भन्डारी, सुमित्रा दमै र जसपाकी सन्ध्या पौडेल खाँ निर्वाचित भएका छन्। कांंग्रेस, जसपा नेपाल र एमाले, राप्रपा लोसपाको छुट्टाछुट्टै गठबन्धन भएको थियो।
एमाले गठबन्धनबाट प्रमुख उपप्रमुख र ३ जना सदस्य गरी ५ जना र कांग्रेस गठबन्धबाट ४ जना सदस्य निर्वाचित भएका छन्। कांग्रेस गठबन्धनमा ११ मत र एमाले गठबन्धनमा ९ मत थियो। जिसस नौ सदस्यको हो।