जिल्ला समन्वय समिति चितवनको निर्वाचन यही जेठ ३१ गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जेठ ३१ गते निर्वाचन हुने गरि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार बिहान १०देखि १२बजेसम्म हुनेछ। कार्यालयका अनुसार, मतदाता नामावली जेठ २८ गते सार्वजनिक गरिनेछ। त्यस्तै उम्मेदवारको मनोनयन दर्ता जेठ २९ र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चिन्ह प्रदान जेठ ३० गते गरिने कार्यालयले जानकारी दिएको छ।
जिल्ला समन्वय समितिमा स्थानीय तहबाट निर्वाचित भएका सबै सदस्यहरु उमेदवार बन्न पाउँछन्। जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य निर्वाचित हुनेछन्। समितिमा तीन सदस्य महिला र दलित वा अल्पसंख्यक समुदायबाट एक सदस्य अनिवार्य हुने नियममा व्यवस्था रहेको छ। यसैगरी जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउने छन्। जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका गरी सात स्थानीय तह रहेका रहेका छन्। १४ मतदाता मध्ये एमाले एक्लैको ७ मत रहेको छ। नेपाली कांग्रेसको ५ र नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समान १÷१ मतदाता रहेका छन्।
चितवनमा एमालेले ३ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको छ। कांग्रेसले २ पालिकामा प्रमुख र ३ पालिकामा उपप्रमुख, नेकपा (माओवादी केन्द्र)ले एक प्रमुख र नेकपा (एकीकृत समाजवादी)ले एक पालिकामा प्रमुख पद जितेको थियो। नेकपा एमालेले इच्छाकामना गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, कालिका नगरपालिकाको प्रमुख र उपप्रमुख, माडी नगरपालिकाको प्रमुख, रत्ननगर नगरपालिकाको उपप्रमुख र खैरहनी नगरपालिकाको उपप्रमुख जितेको छ। त्यस्तै नेपाली कांग्रेसले रत्ननगर र खैरहनी नगरपालिकाको प्रमुख, भरतपुर महानगरपालिका, माडी नगरपालिका र राप्ती नगरपालिकामा उपप्रमुख जितेको थियो। नेकपा (माओवादी केन्द्र)ले भरतपुर महानगरपालिकामा प्रमुख र नेकपा (एकीकृत समाजवादी)ले राप्ती नगरपालिकामा प्रमुख जितेको छ।
यसरी हेर्दा सत्ता गठबन्धन र नेकपा एमालेको समान ७/७ मत रहेको छ। कसैले मत बदर र क्रस भोटिङ नभएमा अन्तिममा गोलाप्रथामा जाने देखिएको छ। सत्ता गठबन्धनले उम्मेदवारी समेत फाइनल गरेर चुनावी तयारी थालेको छ। नेपाली कांग्रेस चितवनका सचिव धुर्व पोख्रेलका अनुसार, जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसले प्रमुख पदसहित ३ सदस्य पाएको छ। त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले उपप्रमुख सहित एक सदस्य र नेकपा (माओवादी केन्द्र)ले तीन सदस्य पाएको पोख्रेलले बताए। नेपाली कांग्रेसले जिल्ला समन्वय समितिको प्रमुखमा पुर्णबहादुर रानाभाटलाई उठाउने निर्णय गरिसकेको छ। त्यस्तै सदस्यमा केशरी सुनुवार र राम मायाँ पियाको नाम टुंगाएको छ। एक जना अल्पसंख्यक बाट नाम टुंगाउन बाँकी रहेको उनले बताए। नेकपा (एकीकृत समाजवादीले उपप्रमुखमा कल्पना सापकोटालाई उठाउने निर्णय गरेको छ। माओवादीले अझैसम्म सदस्यको नाम सार्वजनिक गरेको छैन।
नेकपा एमाले उम्मेद्वारहरुको छनोटमा रहेको छ। एमाले स्रोतका अनुसार नारायण अधिकारी, सर्यबदना हमाल र कृष्णभक्त भट्टराईले समन्वय समितिको प्रमुखमा दावि गरेका छन्। तर, उम्मेदवारहरुको नाम टुंगो लागिनसकेको नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए। सत्ता गठबन्धन र एमालेको समान मत भएकाले मिलेर जानुपर्ने पक्षमा एमाले रहेको छ। यसका लागि अन्यदलहरुसंग परामर्श थालिएको न्यौपानेले बताए। ‘हामी ठूलो पाटी भएको हैसियतले अन्यदलसंग मिलेर जाउँ भन्ने पक्षमा छौँ,’ न्यौपानेले भने, ‘मिल्न नसके निर्वाचनमा जान्छौँ। अन्तिममा गोलाप्रथा हुन सक्छ।’ तर, मिलेर जाने सम्भावना कम रहेको नेपाली कांग्रेसका सचिव पोख्रेलले बताए।
यसअघि भएको चितवनका सात पालिकाको कार्यपालिका निर्वाचनमा नेकपा एमालेले ४ वटा पालिकामा प्यान सहित विजयी भएको थियो भने,सत्ता गठबन्धन ३ पालिकामा विजयी भएका थिए। नेकपा एमालेले राप्ती, खैरहनी, कालिका नगरपालिका र इच्छाकामनामा विजयी भएको थियो। त्यस्तै सत्ता गठबन्धन भरतपुर महानगरपालिका, माडी नगरपालिका र रत्ननगर नगरपालिकामा जितेको थियो।
जिल्ला समन्वय समिति गठन भएपछि जिल्ला सभा गठन हुनेछ। जिल्ला सभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुनेछन् भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुखहरु पदेन सदस्य हुनेछन्। जिल्ला समन्वय समिति कार्यकारी हुनेछ भने जिल्ला सभा कार्यकारी हुँदैन।