केपी ओली माओवादीको वैशाखी टेकेर दुई पटक प्रधानमन्त्री बनेको नबिर्सनुस्ः दाहाल
१४ जेष्ठ २०७९
•
५ मिनेट पाठ
केपी ओली माओवादीको वैशाखी टेकेर दुई पटक प्रधानमन्त्री बनेको नबिर्सनुस्ः दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सम्बद्र्धन एवम् उन्नयन गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिएको बताएका छन्।




प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उनले नीति कार्यक्रममा अपुग भएका विषयलाई प्रधानमन्त्रीले सम्बोधनका क्रममा समेट्नुहुने विश्वास व्यक्त गरे। राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

राजनीतिक दलकाबीचमा साझा धारणा निर्माण गरी सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय समस्या समाधानका लागि पनि सबै राजनीतिक दलबीच एकता हुनुपर्नेमा जोड दिए। एक अर्कालाई दोषारोपण गरेर मात्रै समस्याको समाधान नहुने उल्लेख गर्दै उनले मुलुकको समस्या समाधानका लागि साझा प्रयास, संकल्प आवश्यक रहेको उल्लेख गरे।

'देशको विद्यमान समस्या समाधान गर्नका लागि एकै ठाँउमा उभिनुपर्ने बेला राजनीतिक दल एक आपसमा घोचपेच गर्ने, दोषारोपण गर्नेतर्फ लागेकामा मलाई चिन्ता लागेको छ,' पूर्वप्रधानमन्त्री दाहालले भने, 'स्थानीय तहको निर्वाचनमा कुन राजनीतिक दलको सिट कति बढ्यो वा घट्यो भन्दा पनि संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढ्यो वा बढेन भन्ने विषय नै यतिबेलाको प्रमुख विषय हो।'

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्ने सन्दर्भमा स्थानीय तहको निर्वाचनले संविधान मिच्न चाहने प्रवृत्तिलाई राम्रो जवाफ दिएको उल्लेख गर्दै उनले संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई जोगाउन जुनस्तरको तत्परता देखापर्‍याे त्यसले सहज वातावरण बनाएको बताए। उनले स्थानीय तहको निर्वाचन एकै चरणमा नै सफल बनाउन लाग्ने सरकार, राजनीतिक दल, मतदाता एवम् सबै वर्ग, समूह तथा नागरिक समाजलाई धन्यवाद दिए।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक रुपमा लज्जास्पद हार भएको संश्लेषण गर्ने, अनि संसद्मा आएर सरकार र गठबन्धनले जबरजस्ती गर्‍यो भनेर गरेको टिप्पणी तर्कसंगत नभएको अध्यक्ष दाहालको भनाइ छ। मतगणना सम्पन्न हुँदै गएपछि सरकारलाई धारे हात लगाउनुको कुनै पनि अर्थ नभएको उनको भनाइ छ।

संविधान निर्माण भएपछि राजनीतिक स्थायित्व होओस् भनेर वामगठबन्धन हुँदै एउटै कम्युनिष्ट पार्टी बनाउने पहलकदमी लिएको तथ्य पेश गर्दै उनले झण्डै दुईतिहाई जनमत प्राप्त भएको पार्टीलाई के कारणले बचाउन सकिएन भन्ने प्रश्नको जवाफ इतिहासले खोज्ने बताए। अध्यक्ष दाहालले भने, 'जसको सहयोगमा दुई/दुई पटक प्रधानमन्त्री बन्यो, उसैलाई अर्काको वैशाखी टेकेको भनेर टिप्पणी गर्न कसरी सुहाउँछ। अघिल्लो सरकार एमालेको थियो भनेर कसरी भन्न सकिन्छ।'

'माओवादी केन्द्रको सहयोगमा नै उहाँ (केपी ओली) दुई/दुई पटक प्रधानमन्त्री बन्नुभएको तथ्य नबिर्सन आग्रह गर्दै अध्यक्ष दाहालले भने, 'तपाईं माओवादी केन्द्रको वैशाखी टेकेर नै दुई/दुई पटक प्रधानमन्त्री बन्नुभएको होइन?' प्रतिपक्षी दलका नेता दम्भ, अहंकारबाट पछि हट्न नसकेको आफूले पाएको उल्लेख गर्दै उहाँले आजको परिस्थिति कसले बनायो? त्यसको जिम्मेवारी कसले लिने भनी प्रश्न गरे।

एउटा शक्तिका साथ माओवादी एमाले अध्यक्ष ओलीसँग बहस गर्न तयार रहेको उल्लेख गर्दै उनले सरकारको नीति तथा कार्यक्रममाथि उहाँ (ओली)ले गरेको टिप्पणीमा नै विरोधाभाष रहेको बताए। 'नीति कार्यक्रम गतिहीन छ भनेर पनि भन्ने, अनि एमाले सरकारले ल्याएको नीति कार्यक्रम सारेर ल्याइयो पनि भन्ने? प्रतिपक्ष दलको नेताले राख्नुभएको विषय विरोधाभाष छैन र?,' उनले भने।

शान्ति प्रक्रिया र संविधानसभामार्फत अगाडि बढेको राजनीतिक प्रक्रियामा आफूहरु सहभागी हुँदै आइरहेको तथ्य पेश गर्दै उनले शान्ति सम्झौतालाई अपमान गर्ने काम कोही कसैले पनि गर्न नहुने बताए। 'एकले अर्कोलाई अपमानित गर्ने, निषेध गर्ने तरिकाले लियौँ भने यो राजनीतिक प्रणालीमार्फत नेपाली जनतालाई दिन खोजेको कुरा दिन नसकिँदैन,' उनले भने।

तत्कालीन नेकपाको सरकार र पार्टीभित्र हुनथालेको जनविरोधी गतिविधिका विरुद्ध आफूहरुले प्रश्न उठाएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले भने, 'विगतमा सरकारको नीति तथा कार्यक्रम जनपक्षीय भएन भनेर टिप्पणी गरिएको, नेकपाकै सांसदले प्रश्न उठाउनुभएको होइन? जनताको पक्षमा नभएको भनिएको होइन?  निर्वाचनका बेला जारी गरिएको घोषणापत्रअनुसार बजेट र नीति कार्यक्रम आए त?'

संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर, पार्टीभित्र भएको विवादलाई समाधान नगरेर जनप्रतिनिधिमूलक संस्थाको विघटन गरिएको होइन? भन्ने प्रश्न गर्दै अध्यक्ष दाहालले भने, 'पार्टीभित्रको विवाद समाधान गर्न नसकेर संसद् विघटन गर्न पाइन्छ?' नेकपाभित्र चलेको वैचारिक बहसलाई विधिसम्मत तरिकाले हल गरिएको भए मुलुकले यो अवस्था व्यहोर्नु नपर्ने उनको भनाइ थियो।  

संविधान र मुलुकलाई दुर्घटनामा जानबाट रोक्ने उद्देश्यले वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै उनले गठबन्धनलाई बलियो बनाउने र प्रतिगामीलाई निर्वाचनमार्फत पररास्त गर्न जनतासमक्ष गरिएको अपिल धम्कीका रुपमा लिन नहुने बताए। देश, जनताको आवश्यकतालाई सम्बोधन गर्न, मूल्यवृद्धि तथा आर्थिक संकट समाधान गर्न सबै वर्ग तथा क्षेत्र र राजनीतिक दलले सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले काठमाडौँको प्रमुख र धरानको प्रमुख साँचो अर्थमा स्वतन्त्ररुपमा स्थानीय तहको निर्वाचनमा सफल भएको बताए। अध्यक्ष दाहालले भने, 'स्थानीय तहको निर्वाचनमा जुन विचार र संकल्पसहित जनतामा प्रस्तुत हुनुभयो, त्यसलाई विशिष्ट मान्नुपर्छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा थप दुई नयाँ फूल थपिएको म ठान्छु।' यसले राजनीतिक दलले उम्मेदवार छनोट गर्ने विषयमा ध्यान दिनुपर्ने र राजनीतिक दल मात्रै पूर्ण छौँ भनेर सोच्न नहुने र सचेत हुनका लागि एउटा अवसर प्रदान गरेको बताए।

अध्यक्ष दाहालले पेट्रोलियम पदार्थमा लगाइएको कर हटाएर भए पनि जनतालाई राहत दिन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिसकेको सदनलाई जानकारी दिए। उनले सरकारको नीति तथा कार्यक्रमले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, ऊर्जालगायतका विषयमा प्राथमिकता दिएकाले सही मार्गमा डोहोरिएको बताए।

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने नीति कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिँदै उनले दक्षिण छिमेकी मुलुकले केही खाद्यान्न निर्यातमा रोक लगाएका अवस्थालाई अवसरका रुपमा लिनुपर्ने बताए। 'नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि के कस्ता नीति बनाउनुपर्ने, के कस्तो मेहनत गर्नुपर्ने अब गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।'
अर्को समाचार
संसदमा जुहारी : विधेयक पास नगरी अधिवेशन सकिने संकेत
२९ चैत्र २०८०
•
४ मिनेट पाठ
संसदमा जुहारी : विधेयक पास नगरी अधिवेशन सकिने संकेत
प्रतिनिधिसभा बैठक बुधबार कार्यसूचीमा प्रवेश नगरी तीन दिनपछि बस्ने गरी स्थगित भएको छ। बैठकमा छुट्याइएको आकस्मिक समयमा दलका प्रतिनिधिले आआफ्ना भनाइ राखेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधका कारण अन्य कारबाही अघि बढ्न सकेन।




आकस्मिक समयपछि सभामुख देवराज घिमिरेले शून्य समय सुरु भएको जानकारी गराउना साथ कांग्रेसका सांसदले उठेर विरोध गरेपछि बैठक कार्यसूचीमा प्रवेश नगरी वैशाख २ गतेसम्मका लागि स्थगित भएको हो।

सभामुखले बस्न आग्रह गर्दा पनि कांग्रेसका सांसदले सहकारीको रकम ठगीको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै उभिइरहे। त्यसपछि सभामुखले बैठक चल्न नसक्ने भन्दै स्थगित गरेका हुन्।

सरकारले सहकारीको विषयमा संसदीय छानबिन समिति गठन गर्ने अवस्था देखिएको छैन। कांग्रेसले संसदीय छानबिन समिति गठन गरेपछि मात्रै कार्यसूचीमा प्रवेश गर्न दिने अडान लिएको छ।

दुवैका अडान कायम रहे संसद्का काम अधुरै राखेर अधिवेशन अन्त्य हुने खतरा देखिएको संसद् सचिवालय स्रोतले बतायो। ‘सभामुखले जबरजस्ती बैठक सञ्चालन गरे प्रतिपक्षी दलले उग्र रूपमा प्रस्तुत हुने संकेत दिएको छ। त्यसैले अब संसद्का काम अघि बढ्ने अवस्था देखिँदैन,’ सचिवालयका एक अधिकारीले भने।

संसद् अवरुद्ध हुनुअघि बोल्ने क्रममा सहकारीमा बचतकर्ताको करोडौं रूपैयाँ अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै सत्तापक्ष र समिति गठन गर्न नसकिने भन्दै प्रतिपक्ष भनाभनमा उत्रिएका थिए। 

प्रमुख प्रतिपक्षी कांग्रेस गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायतले गरेको रकम हिनामिनाको छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने अडानमा छ। सत्तापक्षका सांसदले सहकारीको समस्या समाधान गर्न राष्ट्रिय बहस हुनुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गृहमन्त्री भएपछि उनीमाथिको प्रहरी अनुसन्धान रोकिएको आशंका कांग्रेसको छ। काठमाडौंबाट सिआइबीले दुईजना प्रहरी प्रदीप क्षेत्री र रवि घिमिरेलाई पोखरामा छानबिन गर्न पठाई लामिछाने सहकारी ठगीमा संलग्न भएनभएको रिपोर्ट तयार गर्न लगाएको थियो।

सोही समयमा सत्ता समीकरण परिवर्तन भएपछि छानबिन प्रभावित पारिएको कांग्रेस सांसद रामहरि खतिवडाले बताए। उनले लामिछाने गृहमन्त्री भएपछि सहकारीपीडित झन् समस्यामा परेको बताए। आफूहरूले निष्पक्ष छानबिन आयोग बनाउन वा संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको तर सरकारले नसुनेको उनको भनाइ थियो। 

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्लाई सम्बोधन गर्दा गृहमन्त्री लामिछाने निर्दोष भएको बताएका थिए। छानबिन नगरी अरोपितलाई निर्दोष करार गर्ने अधिकारी प्रधानमन्त्रीलाई नभएको खतिवडाले बताए।  

एमाले सांसद सूर्यबहादुर थापाले कांग्रेसले संसद्मा सहकारीको छानबिन समिति गठन गर्ने भनी उठाएको विषय सहकारीपीडितको हितका लागि भन्दा पनि सत्ता गठबन्धमा भ्वाङ पार्ने उद्देश्यले प्रेरित भएको बताए।

सूर्यदर्शन सहकारीबारे कास्की जिल्ला अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने थाहा हुँदाहुँदै पनि त्यो विषय मात्र उठाएकाले कांग्रेसको नियतमा शंका उब्जिएको उनको भनाइ थियो।

‘सहकारीको विषय आज घरघरको, समाजको, राष्ट्रको बहस बनेको छ। हामी यसमा बहस केन्द्रित होस् भन्ने चाहन्छौं तर व्यक्तिकेन्द्रितमा बहर भइरहेको छ,’ उनले भने, ‘संसद्मा सहकारीको विषय कुनै निष्कर्षमा पु¥याउने काम भएको छैन।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले प्रतिपक्षी दलले व्यक्तिमाथि प्रहार गरी कुण्ठाको राजनीतिक गरिरहेको अरोप लगाए। उनले संसद्को नियमावलीमा पनि एकै व्यक्तिमाथि पटक–पटक निराधार आरोप लगाउन नमिल्ने उल्लेख भएको बताए।

गृहमन्त्री लामिछानेको विषयमा सुरक्षा निकायले आफ्नो राय दिइसकेको र प्रधानमन्त्रीले पनि संसद्लाई जानकारी दिइसकेको विषयमा प्रतिपक्षीले पटकपटक कुरा उठाएर संसद्लाई बन्धक बनाउन खोेजेको उनले बताए। उनले दर्ता नभएको जाहेरीलाई मुद्दा बनाएर गृहमन्त्री एव रास्वपा सभापति लामिछानेविरुद्ध केही पत्रकारलाई लेख्न लगाइएको सूचना प्राप्त भएको बताए।

‘त्यसमा प्रश्न छ, निष्कर्ष छैन। कानुनी र प्रक्रियागत रूपमा जाऔं। कति कुण्ठा पालेर बस्नुहुन्छ। यस्तो राजनीति नगरौं,’ उनले भने। उनले २०४७ सालपछिका सबै फाइल खोल्न आग्रह गरे। ‘सबैको फाइल खोलौं, मेरै सभापतिको पनि खोलौं,’ उनले भने।

राप्रपा र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सांसदले पनि सहकारीको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। आकस्मिक समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही र नेकपा एसका राजेन्द्र पाण्डेले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन माग गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सहकारी ठगलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। उनले २०४७ सालपछिका सबै नेताको मात्र नभई कर्मचारीहरूको पनि सम्पत्ति छानबिन गर्न माग गरे।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस