विदेश भ्रमणमा मन्त्री र कर्मचारीको लस्कर
१३ जेष्ठ २०७९
•
४ मिनेट पाठ
विदेश भ्रमणमा मन्त्री र कर्मचारीको लस्कर
मुलुकमा विदेशी मुद्राको सञ्चिती निरन्तर घट्दै गएको छ। विदेशी मुद्राको खर्च जोगाउन सरकारले अत्यावश्यक बाहेकका वस्तुमा आयतमा कडाइ गरेको छ। इन्धनमा सरकारी खर्च जोगाउन सरकारले हप्तामा २ दिन बिदा दिँदै आएको छ। मन्त्री तथा उच्च कर्मचारीहरूको विदेश भ्रमण भने निरन्तर जारी छ। मन्त्रिपरिषद्को जेठ १० गतेको बैठकले गरेका आठमध्ये ७ वटा विदेश भ्रमणसँग सम्बन्धित रहेका छन्। 




मन्त्रिपरिषद्ले अमेरिकामा सञ्चालन हुने साइबर सुरक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन नायब महान्यायधिवक्ता टेकबहादुर घिमिरको विदेश भ्रमणलाई स्वीकृत गरेको छ। यसैगरी, उक्त बैठकले यही जेठ १८ देखि २० गतेसम्म अमेरिकामा हुने अर्को एक कार्यक्रममा सहभागी हुन मधेस प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई सहभागी गराउने निर्णय गरेको छ।  यसैगरी सोही बैठकले जेठ १८ देखि २५ गतेसम्म भारतमा हुने कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र यादवको नेतृत्वको टोलीलाई पठाउने निर्णय गरेको छ। यसैगरी, जेठ १९ देखि असार २५ सम्म जर्मनी, बेल्जियम तथा फ्रान्समा आयोजना गरिने कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री नेतृत्व टोलीको विदेश भ्रमणलाई स्वीकृत दिने निर्णय गरेको छ।  

रुवाण्डाको किगालीमा जेठ १३ देखि असार २ गतेसम्म हुने कार्यक्रममा सहभागी हुन सञ्चारमन्त्री नेतृत्वको टोलीको विदेश भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ। यही जेठ १८ मा नर्वे र १९ मा फिनल्याण्डमा परामर्श संयन्त्रको बैठकमा सहभागी हुन परराष्ट्र सचिव भरतराज पौडेल नेतृत्वको अर्को टोली फिनल्याण्ड पुग्ने भएको छ।  

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु विश्व व्यापार संगठनको सम्मेलनमा सहभागी हुन यही जेठको अन्तिम साता स्विट्जरल्यान्ड जाने कार्यक्रम तय भएको स्रोतले बतायो।

स्वास्थ्यमन्त्री विरोध खतिवडाको नेतृत्वमा एउटा जम्बो टोली अहिले जेनेभा भ्रमणमा छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७५औं साधारण सभामा भाग लिन उक्त टोली यही जेठ ६ गते जेनेभामा गएको थियो। जेठ १६ गते मात्र सो टोली काठमाडांै फर्कने छ। मन्त्रिपरिषद्ले भ्रमण टोलीमा ४ जनाको नाम मात्र अनमोदन गरेको थियो। तर त्यसपछि अरू ७ जना व्यक्ति भ्रमणमा थपिए। स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव रोशन पोखरेल, मन्त्रालयकी प्रवक्ता संगिता मिश्र, तथा सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंहको नाम मन्त्रिपरिषद्ले अनमोदन गरेको थियो।  

स्वास्थ्य मन्त्रालयका प्रवक्ता समिर अधिकारीले जेनेभामा सहभागी हुन मन्त्रिपरिषद्ले ४ जना व्यक्तिको नाम अनमोदन गरेको र बाँकि व्यक्ति आफ्नो किसिमबाट जेनेभामा गएको बताए। विश्व स्वास्थ्य संगठनको साधारण सभामा नेपालको प्रतिनिधित्व हुनै पर्ने भएकोले मन्त्रीको टोली विदेश भ्रमणमा गएको उनले जनाए।

जेनेभमा फर्के लगत्तै स्वास्थ्यमन्त्री खतिवडा एक कार्यक्रममा सहभागी हुन यही असारमा अमेरिका जाने भएको छन् विश्व सडक सुरक्षा सम्बन्धी आयोजना गरिने उक्त कार्यक्रम यही असार १६ र १७ गते चल्ने भएको छ।

परराष्ट्र मन्त्री नारायण खड्का यही १८ जेठमा स्वीडेनको स्टकहोममा जाने छन्। स्वीडेनमा आयोजित वातावरण सम्बन्धी सम्मेलनमा भाग लिन परराष्ट्रका ३ जना उच्च कर्मचारीहरू त्यहाँ पुग्नेछन। टोलीमा शिवानी बस्नेत र सेवा लम्साल सहभागी हुनेछन्। उक्त टोली एक हप्ता पछि नेपाल फर्कने छ। जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री खड्काको टोलीलाईस्टकहोममा हुने सम्मेलमा भाग लिन स्वीकृति दिएको छ। उक्त सम्मेलन यही जेठ १९देखि २० गतेसम्म चल्ने छ।  

सार्वजनिक खरिदसम्बन्धी इटलीमा गरिएको एक कार्यक्रममा सार्वजनिक खरिद अनुगमन कार्यालय, भौतिक पूर्वाधार मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय,स्वास्थ्य मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका २८जना उच्च कर्मचारीहरू एकै पटक विदेश भ्रमण गरे। विदेश भ्रमणमा जानेहरूमा सार्वजनिक खरिद अनुगमन कार्यालयका विष्णु कोइराला, राजन विसी, सुवास शिवाकोटी, गोविन्द पनेरु, आमोद उलक, टीका पोखरेल, तुलसीराम बस्नेत हुन्। शहरी विकास मन्त्रालयबाट रामचन्द्र दंगाल, चक्रवर्ति कण्ठ, गणेश कर्माचार्य, भौतिक पूर्वाधार मन्त्रालयबाट अर्जुन थापा, सुशीलबाबु ढकाल, शिव नेपाल, खानेपानी मन्त्रालयबाट वीरेन्द्र कँडेल, नारायणप्रसाद आचार्य, सुनिल तिवारी इटाली गएका थिए। यसैगरी स्वास्थ्य मन्त्रालयबाट दीपक अधिकारी, बाबुराम घिमिरे, उपेन्द्र ढुंगाना, सिँचाइबाट वीपेन्द्र लौडारी, तुलसीराम श्रेष्ठ तथा प्रवीण श्रेष्ठ रहेका छन्।  

यसैगरी उक्त भ्रमणमा सार्वजनिक खरिद अनुगमनका कार्यलयकी तत्कालीन सचिव देबकुमारी गुरागाई, मदन दाहाल, थानप्रसाद प्रगेनी र गोरख शाही पनि सहभागी थिए। उक्त टोली चैत ३ देखि चैत २७ सम्म इटालीमै बसेको थियो।  

यसैगरी, वैशाख १० गते देखि १८ गतेसम्म शहरीकै अर्को एउटा टोलीले अमेरिका भ्रमण ग¥यो। उक्त भ्रमणमा संघीय आयोजना कार्यान्वयन एकाइ भैरहवाका प्रमुख रमेश थिंङ, दिलीप भण्डारी तथा पदम मैनाली सहभागी भएका थिए।  

गत फागुन महिनामा भूमि व्यवस्था मन्त्रालयको एउटा टोलीले भारत प्रमण गर्‍यो। उक्त टोलीमा तत्कालिन भूमि व्यवस्था सचिव गणेश पाण्डे, लिलाराम शर्मा, अनन्त बस्नेतलगायतका उच्च कर्मचारी सहभागी थिए। उक्त टोलीको खर्च सहकारी विभागले गरेको थियो। श्रममन्त्री किसान श्रेष्ठ, तत्कालीन श्रम सचिव सूर्य गौतम तथा उपसचिव थानेश्वर भुसाल गत मंसिर महिनामा युएई पुगेका थिए। एक सचिवका अनुसार तल्लो तहका कर्मचारीहरू आयोजकको खर्चमा र सहसचिवभन्दा माथिल्ला तहका कर्मचारीहरू सरकारको खर्चमा जाने गर्छन्। सामान्यतः एक हप्ताको भ्रमणमा सहसचिव र सचिवको हकमा ५ हजार र मन्त्रीको सवालमा १० हजार डलर खर्च हुने गरेको पनि ती सचिवले बताए।
अर्को समाचार
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
२ मिनेट अघि
•
१ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्रश्न उठाएको छ।




कांग्रेस केन्द्रीय कार्यसमिति बैठकपछि बोल्दै महामन्त्री प्रदीप पौडेलले भारत सरकारले प्रधानमन्त्रीलाई दिएको स्वागत र राजकीय सम्मानलाई दुई देशबिचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धको प्रतिबिम्बका रूपमा व्याख्या गरिएको छ।

भ्रमणका क्रममा भएका केही महत्त्वपूर्ण सहमति र विगतका सहकार्यले निरन्तरता पाएको विषयलाई कांग्रेसले सकारात्मक रूपमा लिएको छ।

विशेषगरी भैरहवा हुँदै प्रवेश गर्ने काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न भएको सहमतिलाई कांग्रेसले स्वागत गरेको छ। यो विषय कांग्रेसले सन् २०७४ देखि उठाउँदै आएको जनाएको छ।

त्यस्तै, भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीपछिको पुनर्निर्माण तथा विकासका लागि भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेजलाई पनि कांग्रेसले महत्त्वपूर्ण मानेको छ। यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ।

तर नेपाल-भारतबिच लामो समयदेखि समाधान हुन नसकेको सीमा विवादजस्ता संवेदनशील विषयले भ्रमणका क्रममा अपेक्षित प्राथमिकता नपाएको कांग्रेसको भनाइ छ।

कांग्रेसले प्रधानमन्त्री पदमा पुग्नुअघि र पदमा रहँदा भारतसँगको सम्बन्ध तथा सीमा विवादका विषयमा बालेन्द्रले दिएका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबिच विरोधाभास रहेको टिप्पणी गरेको छ।

कांग्रेसले यसलाई प्रधानमन्त्रीको कथनी र करणीबिचको विरोधाभास भन्दै कूटनीतिक संवेदनशीलताको अभाव र अपरिपक्वताको संकेत भएको बताएको छ।

त्यस्तै, भारतसँग भएका सहमति कार्यान्वयनका लागि सरकारले स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्नुपर्ने कांग्रेसको माग छ। विकास सहयोगको अनुदान र ऋण कुन क्षेत्रमा कसरी परिचालन हुन्छ भन्ने विषय पनि संसद् र नागरिकलाई जानकारी गराउनुपर्ने कांग्रेसले जनाएको छ।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस