चितवनमा एमाले पहिलो शक्तिः जिसस प्रमुखका लागि गोलाप्रथा हुने सम्भावना
११ जेष्ठ २०७९
•
४ मिनेट पाठ
चितवनमा एमाले पहिलो शक्तिः जिसस प्रमुखका लागि गोलाप्रथा हुने सम्भावना
स्थानीय तह निर्वाचन २०७९मा नेकपा (एमाले) चितवनमा पहिलो शक्ति बनेको छ। सात पालिका रहेको चितवनमा एमालेले ३ प्रमुख र ४ उपप्रमख जितेको छ।




त्यस्तै नेपाली कांग्रेसले २ प्रमुख र ३ उपप्रमुखमा जितेर दोस्रो बनेको छ। नेकपा (माओवादी केन्द्र)ले र नेकपा(एकीकृत समाजवादी)ले समान १/१ पालिका प्रमुख जित्न सफल भएका छन्। माओवादी केन्द्र ३ र एकीकृत समाजवादीले १ वटामा पालिकाको उपप्रमुखमा उम्मेदवारी दिएपनि पराजित भएको छ।

प्रमुख र उपप्रमुख गरेर ७ वटा जितेको  एमालेले इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, कालिकामा प्रमुख र उपप्रमुख, माडीमा प्रमुख, रत्ननगरमा उपप्रमुख, खैरहनीमा उपप्रमुख पद जित्न सफल भएको छ। कांग्रेसले रत्ननगर र खैरहनी नगरपालिकामा प्रमुख, भरतपुर महानगरपालिका, माडी र राप्ती नगरपालिकामा उपप्रमुख जितेको छ।

यसअघि एक्लै चुनाव जितेको कांग्रेसले इच्छाकामना गाउँपालिका गुमाएको हो। माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको प्रमुख मात्रै जित्न सफल भएको छ। नेकपा (एकीकृत समाजवादी)ले पूर्वि चितवनको राप्ती नगरपालिकाको प्रमुख जितेको छ।

वडाध्यक्ष भने नेपाली कांग्रेसले सबैभन्दा धेरै जितेको छ । ९८ जिल्लामा कांग्रेसले ४० वटा वडामा वडाध्यक्ष जितेको छ। तर, निर्वाचित जनप्रनिधि भने एमालेका बढी छन्। एमालेले ३६ वडाध्यक्ष र ७ पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरेर २५० जनप्रतिनिधि निर्वाचित भएका छन्। एमालेका सदस्य मात्रै २०७ जना निर्वाचित भएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ। नेपाली कांग्रेसका भने, प्रमुख, उपप्रमुख वडाध्यक्ष र सदस्यमा गरि २०८ जना निर्वाचित भएका छन्।

चितवनमा नेकपा (माओवादी केन्द्र)ले ११ वटा मात्र वडाध्यक्ष जितेको छ । उसका प्रमुख र वडाध्यक्ष सहित ३४ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। नेकपा (एकीकृत समाजवादी)ले  ६ वटा वडामा वडाध्यक्ष जितेको छ। पालिका सदस्य भने जम्मा तीन मात्र जितेको छ। जिल्लामा सबै गरेर समाजवादीका ८ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । राप्रपाले २ वडाध्यक्ष सहित ११ जना निर्वाचित भएका छन्। त्यस्तै स्वतन्त्र रुपमा उम्मेदवारी दिएका तीन जनाले वडाध्यक्षमा  जितेका छन्।

३ वटा पालिकामा प्रमुख जितेको नेकपा एमालेको एक्लै ४ पालिकामा पुर्ण बहुमत छ। उसको राप्ती नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिकामा र इच्छाकामना गाउँपालिकामा एकल बहुमत पुग्छ। प्रमुख पद जितेको माडी नगरपालिका एमाले अल्पमतमा छ। नेपाली कांग्रेसको रत्ननगर नगरपालिका बहुमत रहेको छ। तर, अन्य पालिकामा कुनै दलको पनि बहुमत पुग्दैन।

नेकपा एमाले समग्र रुपमा अन्य पार्टीभन्दा ठुलो देखिएपनि अघिल्लो निर्वाचनमा भन्दा कमजोर देखिएको छ । यसअघि नेकपा एमालेले अघिल्लो निर्वाचनमा प्रमुख र उपप्रमुख गरेर ९ वटा जितेको थियो। अहिले ७ वटामा सिमित बनेको छ। तर, अहिलेको निर्वाचनको मतपरिणाम निराश हुने खालको नभएको नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने बताउँछन्। ‘सत्तारुढ दल एकजुट हुँदापनि चितवनमा एमाले पहिलो पार्टी भएको छ,’उनले भने, ‘१४वटा प्रमुख र उपप्रमुखका पदहरु मध्ये  ७ वटामा हामी एक्लै जितेका छौँ ।’ वडातहमा वडाध्यक्षले पाएको मतलाई हेर्दा पनि एमाले पहिलो नै भएको  उनको जिकिर छ।

यसअघि एमालेले जितेको जिल्ला समन्वय समितिमा एमाले र सत्तागठबन्धनको ७, ७ मत छ । जिसस सञ्चालनका लागि सबै पार्टी मिलेर जानुपर्ने धारणा न्यौपानेको छ। ‘हाम्रो त एक्लै सात पुग्छ । उहाँहरु तीन दलको ७ पुग्ने हो। पहिलो कुरा सबै मिलेर जाउँ भन्ने हो। यदि त्यो भएन भने निर्वाचन प्रकृया अनुसार नै अगाडी बढ्छ’–उनले भने।

नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालले समग्र रुपमा गठबन्धन सफल रहेको बताउँछन्। भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिकामा सफल भएको उनको भनाई छ। राष्ट्रिय, अन्तराष्ट्रिय रूपमा चर्चामा आएको भरतपुर महानगरपालिकामा सोचभन्दा बढी सफलता हात पारेका छौँ। 

कांग्रेसले उपप्रमुख सहित १६वटा वडाध्यक्ष जितेको छ, उनले भने, हामीसँग प्रतिस्पर्धामा आएको एमालेलाई हामीले साढे १२ हजार भन्दा बढी मतान्तरमा छाडेका छौँ। गठबन्धले मात्रै महानगरपमा ६० प्रतिशत भन्दा बढी जनप्रतिनिधि जितेका छौँ। तर, कालिका र इच्छाकामनामा हामीले सोचअनुसार मत आउन नसकेपनि अन्य ठाउँमा सफल नै भएका छौँ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष रामचन्द्र अधिकारीले जिल्लामा सोचेभन्दा राम्रो नतिजा आएको बताए। यसअघि रत्ननगर, कालिका, खैरहनी राप्तीमा नगरपालिकामा सदस्य समेत जितेका थिएनौँ, उनले भने, अहिले रत्ननगर, कालिकामा निर्वाचित हुनुभएको छ। सोचेभन्दा राम्रो भएको हामीले अनुमान गरेका छौँ।’ तर, यसअघि माडी जितेको माओवादीले अहिले गुमाएको छ।  जिल्ला समन्वय समिति चितवनको प्रमुखको विषयमा भने छलफल चलिरहेको उनले बताए।
अर्को समाचार
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
४० मिनेट अघि
•
१ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।

देउवा समूहले चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले बैठकका निर्णय सार्वजनिक गरे।

पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला र महाधिवेशनका नाममा गतिविधि सञ्चालन भइरहेकोप्रति केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण भएको पौडेलले बताए।

‘यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान् सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ,’ महामन्त्री पौडेलले भने।

पार्टीको आग्रह र अपिलविपरीत अनधिकृत गतिविधि सञ्चालन गरे विधान तथा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

‘आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ,’ बैठकको निर्णयमा उल्लेख छ।

पौडेलका अनुसार बैठकले कांग्रेसको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न-नगराउन र आधिकारिक गतिविधिका रूपमा प्रचारप्रसार नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै बैठकले त्यस्ता कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुकहरूमा हार्दिक अपिलसमेत गरेको छ



जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस