कपिलवस्तुको शिवराज नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरलाई स्थानीय एक संस्थाले स्वागतसहित सम्मानित गरेको छ। दियालो नेपाल कपिलवस्तुले शिवराज नगरपालिकाका नवनिर्वाचित अजय थापा र उपमेयरमा शिवकुमारी थारुलाई २५/२५ किलोका माला लगाई सम्मानित गरेको हो।
संस्थाका अध्यक्ष तारा थापा तथा संस्थापक अध्यक्ष मिना परियारले दुवैलाई फूलमाला लगाइ सम्मान गरेका हुन्। दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष समेत रहेकी परियारले निर्वाचित प्रतिनिधिहरुसँग नगरवासिहरुले ठूलो आशा र अपेक्षा राखेकोले पाँच वर्षमा नमुना काम गर्न आग्रह गरिन्। उनले मेयर थापालाई नगरको विकासमा थप जिम्मेवारी आएको बताइन्।
यस्तै सम्मान ग्रहण गर्दै मेयर थापाले शिवराजको विकास र समृद्धीमा आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले आफूले दलगत नभै समग्र शिवाराज नगरपालिकाको विकासमा लागी पर्ने उनले बताए। उनले शिवराज नगरपालिकालाई नमुना बनाउने बताए।
उपमेयर शिवकुमारी थारुले विगत ५ वर्षमा धेरै कामको अनुभव भएकोले अब नगरमा महिला किशोर किशोरीहरुको लागि प्रभावकारी काम गर्ने बताइन्। उक्त कार्यक्रममा राप्रपाका प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले नवनिर्वाचित मेयर उपमेयरलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिए।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटामा २१ करोड लागतको लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माणको काम सुरु भएको छ। ठेक्का लागेका १३ महिना पछि बुधवार देखि बिधिवत रुपमा अस्पताल भवनको निर्माण कार्य सुरु भएको हो। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले बिधिवत रुपमा पूजापाठ गरी जगमा इँटा राखेर भवन निर्माणको शिलान्यास गरेका हुन।
मन्त्री हुँदा नै यो अस्पतालको निर्माण थाल्ने प्रतिबद्धता गरे अनुरूप भवनको निर्माण कार्य अघि बढेको हो। जग्गा प्राप्तिमा ढिलाइ भएका कारण भवन निर्माण कार्य ढिलो गरी सुरु भएको भन्दै उनले प्रदेश सरुवा रोग अस्पताल प्रदेशवासीका लागि गौरवको योजना रहेको बताए। निर्माण हुने अस्पताल देशको महत्त्वपूर्ण अस्पतालको रूपमा विकास गरिने मन्त्री पन्थीले बताए। कोभिडको समयमा सङ्क्रमितले पाएको समस्याले गर्दा प्रदेश सरुवा रोग अस्पतालको अवधारणाको विकास भएको बताए। आम नागरिकलाई स्वास्थ्य सेवाको प्रत्याभूति दिने गरी काम हुने समेत उनको भनाइ छ।
हरेक पालिकाको आफ्नै अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार ५ सयको शैयाको अस्पतालको रूपमा विकास गरिने क्रममा रहेको बताए। यस्तै कपिलवस्तु अस्पताललाई समेत सय शैयाको बनाउने तयारी गरिएको उनले बताए। सरुवा रोग अस्पतालमा भवन निर्माण नहुँदा सम्म जग्गा लिजमा लिएर अस्पताल सञ्चालन हुने मन्त्री पन्थीले जोडदिए। लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले ठेक्का भएको १३ महिनापछि भवन निर्माणको काम सुरु भएको बताए।
जग्गा प्राप्ति,आइइई लगायतका प्रक्रियाले काम ढिलाइ भए पनि भवन निर्माणको काम निर्धारित समयमा सक्नेमा जोड दिए।सरुवा रोग अस्पतालले नगरको गरिमा बढाउने नगर प्रमुख शिवराज थापाले बताए। अस्पताल भवन निर्माणमा नगरपालिकाले सहयोग पुर्याउने उनले बताए। प्रदेश सरकारले डिपिआर गराई भवन निर्माणका लागि कपिलवस्तु निर्धारण भएको प्रदेश स्वास्थ्य सचिव डाक्टर विनोद गिरीले बताए। अस्पताल भवन निर्माण निर्धारित समयमा सम्पन्न गरिने र प्रदेश सरकारबाट बजेटको सुनिश्चितता हुने गिरीले जनाए। अस्पताल निर्माणको ठेक्का स्काई सगुन जेभि बुटवलले पाएको छ। निर्माण हुने अस्पताल ५० शैय्याको हुने छ। भवन निर्माणको कुल लागत २० करोड ९६ लाख तीन हजार ३ सय २६ रुपियाँ रहेको छ। २०८१ फागुन सम्म अस्पताल भवन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ। अस्पतालका लागि नौ बिगाहा जमिन सरकारले प्रदान गरेको हो।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...