पार्टीबाट पटक-पटक हारेका कोपिलामणि स्वतन्त्रबाट विजयी
०३ जेष्ठ २०७९
•
३ मिनेट पाठ
पार्टीबाट पटक-पटक हारेका कोपिलामणि स्वतन्त्रबाट विजयी
बागलुङ नगरपालिका-१२ मा स्वतन्त्रबाट वडाध्यक्षमा विजयी कोपिलामणि शर्मा। तस्बिर: नागरिक
जिल्लाको बागलुङ नगरपालिका-१२ अमलाचौरमा स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्माको प्यानल विजयी भएको छ। उनले वडाध्यक्षमा कुल १३३८ मत प्राप्त गरेर विजयी हाँसिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका गुरुदत्त पाठकले ८०१ मत ल्याए। 




गठबन्धनका उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्माल जम्मा १७८ मत ल्याएका छन्। मत परिणाम हेर्दा यहाँ गठबन्धनका अन्य दलहरुले गठबन्धनका उम्मेदवारलाई मत नहाली स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्मालाई मत हालेको अनुमान लगाउन सकिन्छ।  

बागलुङमा पाँच दलीय गठबन्धन गर्दा भागबन्डामा अमलाचौर राष्ट्रिय जनमोर्चाका भागमा परेको थियो। अमलाचौर राष्ट्रिय जनमोर्चाका भागमा परेपछि त्यहाँ स्थानीय काँग्रेस कार्यकर्ताले वडा पार्टी सभापति समेत रहेका शर्मालाई अध्यक्षको रुपमा अगाडि सारेर स्वतन्त्र उम्मेदवारीको प्यानल नै दर्ता गरेका थिए। काँग्रेसको सिंगो वडा समितिले नै निर्णय गरेर आफू वडाध्यक्षको स्वतन्त्र उम्मेदवार बनेको भन्दै चर्को दवाबकाबीच पनि शर्माले उम्मेदवारी फिर्ता गरेनन्। अन्ततः सोमबार साँझ सकिएको मतगणनामा गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पार्दै वडाध्यक्ष पदमा विजयी भएका छन्।  

उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने पार्टीको चेतावनी डटेर सामाना गरेका उनी स्थानीय तहको जनप्रतिनिधिको रुपमा यस अघि पटक पटक पराजित भएका उम्मेदवार हुन्। पहिलो स्थानीय निकायको निर्वाचनमा २०४८ सालमा नेपाली काँग्रेसबाट अमलाचौर गाविसको अध्यक्षको उम्मेदवार बनेका उनी पराजित बन्न पुगेका थिए। २०५४ को स्थानीय निकाय निर्वाचनमा जित नजिक पुगेका उनलाई मतपत्र च्यातेर पुनः निर्वाचन गरी हराईएको थियो। स्थानीय तह निर्वाचन २०७४ मा भरतपुरमा मतपत्र च्यातिएपछि अमलाचौरको २०५४ को घटनाको खुब चर्चा भएको थियो। 

मुलुक नयाँ संरचनामा प्रवेश गरेपछि २०७४ मा काँग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका उनी नेकपा एमालेका गुरुदत्त पाठकसंग पराजित भएका थिए। यस पटक काँग्रेसले जित्ने आधार तयार भएको र भागवन्डा गर्दा अमलाचौर काँग्रेसको भागमा पार्नुपर्ने भन्दै अमलाचौरका काँग्रेस कार्यकर्ताले चर्को दबाब दिए पनि विगतमा एमालेले जितेका वडा भएकाले भागवन्डामा राष्ट्रिय जनमोर्चाको भागमा परेको थियो। जनमोर्चाको भागमा परेपछि काँग्रेस कार्यकर्ताका दबाबमा उनी स्वतन्त्र उम्मेदवार बनेका थिए। उनी स्वतन्त्र उम्मेदवार बने पनि काँग्रेसका सबै जसो कायकर्ता मात्र नभई अन्य दलले समेत सघाएपछि उनी विजयी भएका हुन्।

उनको प्यानलबाट महिला सदस्यमा माया नेपाली ११५३, दलित महिला सदस्यमा मिनाकुमारी विश्वकर्मा १३११ र खुला सदस्यहरुमा ढुण्डीराज लामिछाने १३४९ र महानन्द शर्मा १३४६ मत सहित विजयी भएका छन्। आफु स्वतन्त्र भएपछि सबै दलका कार्यकर्ता र जनाले सहयोग गरेका कारण आफु निर्वाचित भएको उनले बताए। ‘मलाई पार्टीले टिकट दिएन, वडाका सबै काँग्रेसजनको आग्रहमा स्वतन्त्र उम्मेदवार बने,’ उनले भने,‘सबैको साथ र सहयोगबाट जनताको सेवा गर्छु। मैले पदमा बसेर जनताको सेवा गर्न पाएको थिएन।’ पटक पटक निर्वाचन हारे पनि अहिले स्वतन्त्र भएपछि उनी विजयी बनेका छन्।

‘मैले धेरै पटक हारेंं, कहिले मतपत्र च्यातेर हराईयो,’ शर्माले भने,‘जनताको आवश्यकतालाई मध्येनजर गरेर आवश्यकताको आधारमा योजना निर्माण गरी काम गर्छु।’ उनले वडामा सुशासन कायम गर्ने र भ्रष्टाचारमुक्त बताए। ‘धेरै बजेट ल्याउनका लागि पार्टी र पहुँच त चाहिएला, तर वडामा जति आउँछ त्यसैलाई पनि राम्रोसंग उपयोग गर्न सकियो भने धेरै काम गर्न सकिन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने। शर्माले स्वतन्त्र उम्मेदवारी फिर्ता नगरे स्वतः सदस्यता खारेज हुने चेतावनी दिए पनि नेपाली काँग्रेसका जिल्ला तहका नेताहरु शर्माको विजयी र्‍यालीमा सहभागी देखिएका छन्। अमलाचौरका काँग्रेसका नेता कार्यकर्ताले योगदान र त्यागको जित भएको भन्दै सामाजिक सञ्जाल मार्फत बधाई दिईरहेका छन्।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
२ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
यो पनि पढौँ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस