जिल्लाको भानु नगरपालिका–१३ वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर अधिकारी विजयी भएका छन्। उनले ५२१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन्।
उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका रामबहादुर बानियाँले ४६५ र स्वतन्त्र उम्मेदवार सीताराम बानियाँले २१० मत प्राप्त प्राप्त गरेका छन्।
वडा सदस्यमा भने नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन्। खुला सदस्यमा चन्द्र विवश गुरुङले ६५३ र भिमसेन अधिकारीले ५७५ मत प्राप्त गरे। महिला सदस्यमा सकिना खातुनले ६७९ र दलित महिला सदस्यमा शान्ता मौरातीले ६३६ मत प्राप्त गरेर विजयी भएका छन्।
वडाध्यक्षमा विजयी स्वतन्त्र उम्मेद्वार अधिकारी नेपाली कांग्रेसको वडा कार्य समितिका सभापति थिए। वडाध्यक्षमा आकांक्षी उनलाई पार्टीले पत्याएन र टिकट दिएन्। पार्टीले टिकट नदिएपछि बागी उम्मेद्वारी दिएका उनलाई वडाका जनताले भने पत्याएका छन्। उनी भन्छन् 'जनतामुखी थिए म तर जनताले कस्लाई चाहान्छन् टिकट बाँड्ने नेताले बुझेनन्। जनतासँग आएर पनि बुझेनन्। जनताको सेवा गर्नलाई स्वतन्त्र उम्मेद्वारी दिएको विश्वास गरेर मत दिएर जिताउनुभो।' उनले अबको पाँच बर्ष जनताको सेवक भएर काम गर्ने बताए।
कांग्रेसबाट विजयी भएको चार जना वडा सदस्यलाई सँगै लिएर जनतालाई सहज तरिकाले सेवा सुविधा दिने र वडाको विकास गर्ने उनको उद्घोष छ। बागी उम्मेद्वारी दिएका उनलाई कांग्रेसले भने कारबाही गरेको छ।
यस्तै जिल्लाको भानु नगरपालिका– १ को वडाध्यक्षमा निर्वाचित हुदैँ कान्छीमाया तामाङ तनहुँको पहिलो वडाध्यक्षमा भएकी छन्। नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएकी ५३ बर्षीया तामाङ २०४ मतान्तरले विजयी भएकी हुन्। तामाङले ६७२ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका प्रेमबहादुर लामाले ४६८ मत प्राप्त गरे।
वडा सदस्यामा पनि तामाङको प्यानल नै निर्वाचित भएको छ। खुला वडा सदस्यमा तुलबहादुर गुरुङ ७४४, विवेक श्रेष्ठ ७७६, खुला महिला सदस्यमा टकमाया गुरुङ ७६५ र दलित महिला सदस्यमा सावित्रि सुनारले ७५१ मत ल्याएर विजयी भएका छन्।
यसपाली भएको स्थानीय तहको निर्वाचनमा तनहुँमा हालसम्म वडाध्यक्षमा निर्वाचित हुने कान्छीमाया पहिलो हुन्। जिल्लाको १० स्थानीय तहको ८५ वडामा वडाध्यक्ष बन्नलाई ४०८ जनाले उम्मेद्वारी दिएकामा महिला १७ जना मात्र छन्।
२०६२ सालदेखी परिवर्तनशिल महिला सामुदायिक विकास संस्था सञ्चालन गरेकी उनले विजयी भएपछि संक्षिप्त कुराकानी गर्दै महिला सशक्तिकरणलाई जोड दिदै काम गर्ने बताईन्। २०७४ सालमा भएको स्थानीय निर्वाचनमा जिल्लाको ऋषिङ गाउँपालिका–८ मा नेपाली कांग्रेसकी भविसरा आलेले निर्वाचित भएकी थिईन्।