काठमाडौं महानगरपालिका–४ धुम्वाराहीका केदार गौतमले ट्याक्सी चलाउन थालेको डेढ दशक भइसक्यो। जीवनका विभिन्न उतारचढावमा समेत निरन्तर ट्याक्सी चलाउँदै आएका गौतम आइतबार भने ट्याक्सी थन्काएर भृकुटीमण्डपछेउ मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको पक्षमा नारा लगाउँदै थिए।
‘मैले ट्याक्सी चलाएको पनि सन्तानका लागि हो,’ दुई सन्तानका पिता गौतमले भने, ‘अहिले बालेनको पक्षमा ओर्लेको पनि तिनै सन्तानको उज्ज्वल भविष्यका लागि हो।’ झन्डै ९ वर्ष इराक, कुवेतलगायतका खाडी मुलुकमा पसिना बगाएका गौतमले सन्तानले त्यो दुःख भोग्न नपरोस् भन्ने चाहना राखेको सुनाए।
‘अन्त्यमा आएर बालेनले त्यो सपना पूरा गर्छन् कि भन्ने आशा पलाएको छ,’ ट्याक्सीचालक गौतमले थपे, ‘भर्खरै देखेको यो सपना नटुटोस् भन्ने लागेको छ।’
काठमाडौं महानगरपालिकाको मेयरको मतगणना रोचक हुँदै जादा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको पक्षमा आशा देखाउनेको क्रेज थुप्रै देखियो। ७ वर्षीय बालकदेखि ७० वर्षीय वृद्धसम्मले बालेनको विजयको चाहना बोकेर नारा लगाउँदै गरेको भेटियो।
‘परिवर्तनका लागि बालेनले जित्नुपर्छ, ‘७० वर्षीय भोला बरालले हातमा नेपालको झण्डा ठडाउँदै भने, ‘उनीबाट देशले केही आशा गरेको छ।’ विगतमा लामो समय विभिन्न पार्टीलाई भोट हालेका बरालले बल्ल भोटले सार्थकता पाउने दिन आएको सुनाए।’
३२ वटा वडा रहेको काठमाडाैँ महानगरमा कुल मतदाता ३ लाख २ सय ४२ छन्। जसमा आधाभन्दा बढीले मतदानमा सहभागिता जनाए। अहिलेसम्म प्राप्त मत परिणामले बालेनलाई अगाडि देखाए पनि यो परिपक्व हुन केही समय पर्खनै पर्छ।
तर आइतबार भेटिएका समर्थक भने बालेनले जितेको जस्तै खुसियालीमा दंग छन्। सभागृहको ढोकाबाट सुनिने प्रत्येक घोषणामा उनीहरू ताली बजाउँदै नाँचगाँन गर्न थालेका छन्। ‘हो, नतिजा आउन बाँकी भए पनि उनले हाम्रो मन जितिसके,’ कामनपा–१४ कलंकीकी रितिमा तिमल्सिनाले भनिन्, ‘हामी उनले साच्चीकै चुनाव जितेको हेर्न आतुर छाैँ।’ स्नातक तहमा अध्यनरत तिमल्सिनाले अन्य दलप्रति वितृष्णा बढेको समयमा बालेन आशाको किरण बनेर उदाएको सुनाइन्।
उनको जस्तै धारणा राखे कामनपा–२९ का मतदाता ६३ वर्षीय लक्ष्मण घिमिरेले पनि। बालेन जनताको प्रतीनिधि भएको बताउँदै उनले जिते अन्य दलको हैन जनताको साथ रहने घिमिरेले सुनाए।‘जितेपछि उनी एक्लो हुन्नन्,’ घिमिरे थप्छन्, ‘सबैतिरका जनता उनको साथमा हुन्छन्।’
घिमिरेले भनेजस्तै बालेनलाई मतदान नगर्ने फरक ठाउँका जनता पनि उनको विजयको कामना बोकेर आएका छन्। ‘मैले मेरो मत अन्तै खसालेँ,’ ललितपुर टीकाथलीकी टीका भण्डारीले भनिन्, ‘तर बालेनले चुनाव जितोस् भन्ने चाहन्छु।’ बालेनले मेयरमा जितेर महानगरमा गर्ने विकास सम्पूर्ण नेपालीले महसुुस गर्ने उनको बुझाइ छ।
बालेनको निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंह छिन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठ पनि केही मतका साथ पछ्याउँदै छन्। ‘खासमा बालेनको प्रतिस्पर्धा समग्र यथास्थितिवादी दलसँग हो,’ पाँचथर घर भई हाल भक्तपुर सिर्जनानगर बस्दै आएका श्रीकृष्ण चापागार्इंले भने, ‘त्यसैले परिवर्तनकारी सबै जनताको साथ बालेनलाई रहेको छ।’