स्याङजाको पुतलीबजार नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका तुलसीराम रेग्मीले अग्रता बनाईराखेका छन्। उनी ९२४ मतसहित अगाडि छन् । कांग्रेसकी उपप्रमुख देवी अर्यालले ८२१ मत प्राप्त गरेकी छन्। नेकपा एमालेका उम्मेदवार सीमाकुमारी क्षत्रीले ५३२ मत पाएकी छन् भने उपप्रमुख महेश पुरीले ६१९ मत प्राप्त गरेका छन्।
स्याङजाको आँधीखोला गाँउपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। एमालेका विश्व पौडेलले ३७७ मतसहित अगाडि छन्। कांग्रेसका प्रेमराज पौडेल ३५३ मतसहित पछ्याईरहेका छन्। उपप्रमुखमा एमालेकी सीता थापाले ३७७ मत पाउँदा गठबन्धन(नेकपा एकिकृत समाजवादी)का रामचन्द्र पौडेले ३३४ मत ल्याएका छन्।
अर्जुनचौपारी गाँउपालिकामा भने नेपाली कांग्रेसले अग्रता लिएको छ। काांग्रेसका प्रकाश तिवारीले ५२८ मत पाउँदा एमालेकी चिनमाया गुरुङले २३४ मत प्राप्त गरेकी छन्। त्यस्तै उपप्रमुखमा कांग्रेसकी सपना गुरुङले ४६७ मत पाउँदा एमालेका टंकप्रसाद खनालले २९६ मत प्राप्त गरेका छन्।
गल्याङ नगरपालिकामा नेपाली कांग्रेसको तर्फकबाट प्रमुखका उम्मेदवार गुरु भट्टराईले नेकपा एमालेका नगर प्रमुखको प्रत्यासीको मतान्तर बढाएका छन्। भट्टराईले २७०२ मत प्राप्त गरेका छन्। कांग्रेसकी उपप्रमुख पदकी उम्मेदवार हेमा न्यौपानेले २६०० मत प्राप्त गरेकी छन्। नेकपा एमालेकी नगर प्रमुखकी प्रत्यासी उम्मेदवार सुुर्यप्रसाद गैह्रेले १७४७ मत र उपप्रमुख देवी थापाले १८०२ मत प्राप्त गरेकी छन्।