मतदानका दिन नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने
२८ वैशाख २०७९
•
२ मिनेट पाठ
मतदानका दिन नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने
स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ।




मतदानका दिन स्थलगतरूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना सङ्कलन र सम्प्रेषणलाई जीवन्त एवं विश्वसनीय बनाउन सेन्टर स्थापना गर्न लागिएको नियोकका अध्यक्ष प्रा कपिल श्रेष्ठले जानकारी दिए।

कल सेन्टर सञ्चालनमा प्राविधिक विज्ञ तथा तालिम प्राप्त सूचना सङ्कलक गरी ६० देखि ६५ जनाको जनशक्ति व्यवस्था गरिने पनि नियोकले जनाएको छ। मतदानस्थलमा कुनै अप्रिय घटना भएमा सोको विवरण कल सेन्टरमा राखिएका दुईवटा नम्बरमा जानकारी गराउने व्यवस्था मिलाइएको छ।

यसका लागि नियोकले ९८००८३४१४७ र ९८४१४५५५०४ गरी दुई वटा हटलाइन नम्बर उपलब्ध गराएको नियोकका महासचिव देविकानन्द तिमल्सिनाले बताए। दुवै नम्बर वैशाख ३० गते निर्वाचनका दिन २४ सै घण्टा खुला रहने छ।

नयाँबानेश्वरको अल्फा हाउसमा सञ्चालन गरिने कल सेन्टरमा सञ्चारकर्मीका लागि मिडिया सेन्टर पनि स्थापना गरिने भएको छ। मिडिया सेन्टरमा बिहान १०ः३०, अपराह्न २ः३० र साँझ ७ः३० बजे पर्यवेक्षणसम्बन्धी जानकारी दिन पत्रकार सम्मेलनको आयोजनासमेत गरिने भएको छ।

स्वतन्त्र, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण निर्वाचन नै लोकतन्त्रको आधारशीला भएकाले स्थानीय तहको निर्वाचन इमान्दारी, जिम्मेवारी र जवाफदेहीरूपमा सम्पन्न गराउन नियोकले निर्वाचन आयोग, सरकार, राजनीतिक दल, उम्मेदवारलगायत सरोकार भएका सबैमा आह्वान गरेको छ।

नियोकले सात प्रदेशका ७७ वटै जिल्लामा एक हजार ३०० पर्यवेक्षक खटाउने भएको छ। पर्यवेक्षकका लागि प्रशिक्षण र परिचयपत्र उपलब्ध गराउनेलगायत तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठले बताए।

नियोकले मङ्गलबार राति १२ बजेदेखि सुरु भएको मौन अवधिको पनि पर्यवेक्षण देशभर भइरहेको जनाएको छ। निर्वाचनसम्बन्धी अन्य क्रियाकलापको पनि पर्यवेक्षकले सूक्ष्मरूपमा पर्यवेक्षण एवं विश्लेषण गरिरहेको जनाइएको छ। रासस
अर्को समाचार
लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव
२२ जेष्ठ २०७९
•
४ मिनेट पाठ
लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी संसदीय निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन या तालमेल गर्न नेपाली कांग्रेससँग प्रस्ताव गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार भएको भेटवार्तामा लोसपा अध्यक्ष महन्थ ठाकुरले यस्तो प्रस्ताव गरेको स्रोतले बतायो।




देउवासँग भेट गर्नुअघि ठाकुरले आफ्नो पार्टीका नेताहरूसँग कुराकानी गरेका थिए। लोसपाका नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री देउवा र पार्टी अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको बताए। ‘हामीले नेपाली कांग्रेससँग लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन गर्नुपर्ने प्रस्ताव सुरुदेखि नै राखेका थियौं,’ भण्डारीले भने, ‘तर शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र हाम्रो पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच कुनकुन विषयमा कुराकानी भयो भन्ने मलाई थाहा छैन।’

स्थानीय तह निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन हुनुपर्ने पक्षमा लोसपा रहेको उनले बताए। ‘अहिले नेपाली कांग्रेससहित पाँचदलीय गठबन्धन छ। लोकतान्त्रिक शक्तिबीच गठबन्धन हुन अहिलेको गठबन्धन भत्कनुपर्छ,’ भण्डारीले भने, ‘पाँचदलीय गठबन्धन भत्क्यो भने लोकतान्त्रिक गठबन्धन सम्भव छ।’

लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन भए प्राकृतिक र टिकाउ हुने आफ्नो धारणा रहेको उनले बताए। स्रोतका अनुसार देउवा र ठाकुरबीच संसदीय निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको थियो। त्यस क्रममा लोकतान्त्रिक शक्तिबीच तालमेलको विषयमा पनि कुराकानी भएको स्रोतले बतायो।

स्थानीय तह निर्वाचनअघि नै प्रधानमन्त्री देउवा र लोसपाका नेताहरूबीच पटकपटक कुराकानी भएको थियो। स्थानीय निर्वाचनमै नेपाली कांग्रेससँग गठबन्धन गर्न लोसपाका नेताहरूले प्रयास गरेका थिए। तर कांग्रेस सत्तारूढ दलसँग नै गठबन्धन गरी चुनावमा गयो। लोसपाले कुनै दलसँग गठबन्धन नगरेका कारण स्थानीय तह निर्वाचनमा अपेक्षाकृत जित निकाल्न नसकेको सो दलका नेताहरूको बुझाइ छ।

‘यसैकारण पनि संसदीय निर्वाचनमा कांग्रेससँग तालमेल गर्न लोसपाका नेताहरूले चासो देखाएका छन्,’ स्रोतले बतायो। ठाकुरले देउवासँग भेट्नुअघि शनिबार नै लोसपा कार्यकारिणी समितको बैठक बसेको थियो। बैठकमै पार्टी अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई भेट्न जान लागेको सुनाएका थिए। लोसपाका मागप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन ठाकुररले प्रधानमन्त्री देउवालाई भेटेको कार्यकारिणी समितिका सदस्य केशव झाले बताए।

लोसपाको आइतबार बस्ने बैठकमा भेटबारे अध्यक्ष ठाकुरले बिफ्रिङ गर्ने उनले बताए। शनिबारको बैठकमा स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत जित निकाल्न नसकेको विषयमा समीक्षा गरिएको थियो। बैठकमा पार्टी संगठन सदृढीकरणको विषयमा पनि छलफल भएको लोसपाका नेताले बताएका छन्। स्थानीय तह निर्वाचनमा लोसपाले १६ पालिका प्रमुख जितेको छ।

जसपा–लोसपा सम्बन्ध सुधार प्रयास

आगामी संसदीय निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) र लोसपाबीच गठबन्धन या तालमेल गर्ने विषयमा दुवै पार्टीका दोस्रो तहका नेताहरूले अनौपचारिक छलफल प्रयास गरे पनि यसमा दुवै पार्टीका पहिलो तहका नेताहरूले भने चासो देखाएका छैनन्। दुवै पार्टीकमा पहिलो तहका नेताहरूले आपसमा गठबन्धन या तालमेल हुने सम्भावना नभएको बताएका छन्।

लोसपा कार्यकारिणी समितिको शनिबारको बैठकमा पार्टी अध्यक्ष ठाकुरले संसदीय निर्वाचनमा जसपासँग तालमेल या गठबन्धन गर्ने विषयमा औपचारिक र अनौपचारिक छलफल नभएको प्रस्ट पारेको कार्यकारिणी सदस्य केशव झाले बताए। ‘अध्यक्षले जसपासँग औपचारिक/अनौपचारिक कुराकानी र संवाद भएको छैन भनी प्रस्ट पार्नुभएको छैन,’ झाले भने, ‘पछि के हुन्छ थाहा छैन तर तत्काल जसपासँग कुनै किसिमको संवाद भएको छैन। अहिले पार्टी एकता या चुनावी तालमेल हुने सम्भावना पनि छैन।'

’जसपा कार्यकारिणी समितिका सदस्य मनीष सुमनले लोसपाका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकारमा गएको विषयमा सार्वजनिक रूपमा आत्मालोचना नगरेसम्म तालमेल त परै जाओस्, कुराकानी पनि नहुने बताए। जसपाका अर्का कार्यकारिणी सदस्य मिर्गेन्द्रसिंह यादवले पनि लोसपासँग तालमेल हुने सम्भावना नरहेको बताए। तर लोसपा कार्यकारिणी समितिका अर्का सदस्य सुरेन्द्र झाले भने राजनीतिा जे पनि हुन सक्ने बताउँदै भने, ‘अहिले नै जसपा र लोसपाबीच तालमेल हुन सक्दैन भनी ठोकुवा नगरौं। राजनीतिमा जे पनि हुन सक्छ ।’

जसपा र लोसपाको राजनीतिक अजेन्डा उस्तैउस्तै भएकाले चुनावी तालमेल हुन सक्ने उनले बताए। स्थानीय तह निर्वाचनमा जसपा र लोसपा दुवैले अपेक्षाअनुसार जित निकाल्न नसकेको निष्कर्ष निकालेका छन्। जसपा र लोसपाबीच तालमेल या गठबन्धन भएको भए ७० देखि ८० सिटसम्म आउने उनीहरूको निष्कर्ष छ।

‘स्थानीय तह निर्वाचनमा लोसपाले २ दशमलव १ प्रतिशत मात्र भोट ल्याएको छ। यही भोट संसदीय निर्वाचनमा ल्यायो भने लोसपा राष्ट्रिय पार्टी हुन सक्दैन। त्यसैले तालमेल गर्न हामीलाई भन्दा उहाँहरूलाई बढी हतार छ,’ जसपा नेता सुमनले भने।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस