यसपटकको निर्वाचनमा मतदाताको सख्ंया १ करोड ७७ लाख ३३ हजार ७ सय २३ रहेको निर्वाचनको तथ्याक छ। जसमा ‘अन्य’ मतदाताको सख्ंया १ सय ८३ रहेको छ। अन्य अर्थात यौनिक तथा लैँगिक अल्पसंख्यक समुदाय (एलबिजिटिआई)। तिनै अन्य मतदातामध्येका एक हुन् आछामका विपीन कडायत।
साँफेवगर नगरपालिकाका मतदाता रहेका कठायत विकास निर्माणसँगै स्वाभिमान र पहिचानको खोजीमा रहेका छन्। ‘हामी हाम्रो पहिचान र स्वाभिमान चाहन्छौं,’ उनले भने, ‘नयाँ आउने जनप्रतिनिधिले समाजमा त्यो माहोल निर्माण गरुन भन्ने आशा छ।’
साँफेवगर नगरपालिकमा रहेका २१ हजार ८ सय ६४ मा अन्य मतदाताको सूचीमा एक्लो मतदाता रहेका कठायत समाजमा समान पहुँच चाहेको सुनाउँछन्।
उनका अनुसार यौनिक अल्पसंख्यक विभिन्न खाले हुन्छन्, जसलाई अंग्रेजीमा एलजिबिटिआई (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्स जेन्डर र इन्टरसेक्स आदि) का माध्यमले बुझाइन्छ।
कतै–कतै एलजिबिटिक्यु पनि प्रयोग हुने उनले बताए। जसमा ‘क्यु’ को अर्थ हुन्छ, ‘कोय’ वा ‘क्वेस्चनिङ’। ‘क्वेस्चनिङ’ को आसय लिंग पहिचान गर्न नसकेको अवस्थाको व्यक्ति भन्ने हुन्छ।
‘हामीले नमान्दा नमान्दै सबैलाई एकैपटक ‘अन्य’ मा राखिएको छ,’ उनले भने, ‘यो मुद्दाको पछि बहस गरौंला तर अहिलेलाई समाजमा पहिचान दिलाउन सक्ने नेतृत्व चुन्न हामी इच्छुक छौं।’
त्यस्तै धारणा राख्छन् कैलाली टीकापुरका भक्ती शाही पनि। ‘पहिचान राम्रोसँग नखुलेका कारण मत हाल्न समेत समस्या पर्ने उनको बुझाइ छ। ‘कतिपय साथीहरूको नाम अनुसारको ‘गेटअप’ नमिल्ला मतदानस्थलमा समस्या पर्ने गर्छ,’ उनले भने, ‘निर्वाचन आयोगले यस विषयमा सूचना निकालेर प्रष्ट पारिदिओस्।
टीकापुर नगरपालिकमा रहेका ५२ हजार ८ सय ७२ मतदातामध्ये ‘अन्य’बाट उनी एकजना रहेका छन्। उनीहरूलाई कुनै पार्टीभन्दा पनि समस्याको विषयमा ध्यान दिनेलाई मत हाल्ने सुनाउँछन्। ‘नाम केटीको हुन्छ, गेटअप केटाको जस्तै हुन्छ,’ उनले भने, ‘समाजले हाम्रो वास्तकिता नबुझ्दा समस्या आउने गरेको छ।’
सरकारले आफ्ना कुराहरूलाई गम्भीरताका साथ नलिएको उनी बताउँछन्। समाजमा भएका उनीहरूजस्ता समुदायलाई एउटै छाताभित्र राखेर गोलमटोल गरेको उनीहरूको बुझाइ छ। ‘यहीभित्र पनि सवैको आ–आफ्नै पहिचान छ,’ उनले भने, ‘तर सबैलाई हेर्न एउटै दृष्टिकोणले सबैलाई समस्यामा पारेको छ।’
देशभरमा यौनिक तथा लैंिगक अल्पसंख्यक समुदाय कति छन् अझै प्रष्ट छैन। जनसंख्याको नयाँ विवरणमा पनि महिला तथा पुरुष मात्रलाई प्राथमिकता राखिएको छ। गणना राम्रोसँग नभएको उनीहरूको बुझाइ छ। ‘एउटा गैरसरकारी संस्थाले गरको अनुसन्धानमा यो समुदायको सख्ंया १० लाखको हाराहारीमा रहेको अनुमान छ,’ विपीन कडायत सुनाउँछन्, ‘तर सरकारी तथ्याकंमा हामीहरूको बारेमा प्रष्टसँग उल्लेख छैन।’
नेपालको संविधान २०७२ ले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई संवैधानिक अधिकार प्रदान गरेको छ। संविधानको धारा १२ ले लंगिक पहिचानअनुसारको नागरिकताको व्यवस्था गरेको छ भने धारा १८ ले विभेद गर्न नपाइने व्यवस्था गरेको छ।
तर सामाजिक चेतनाका कारण अझै पनि धेरै खुल्न नसकेको शाहीको बुझाइ छ। समाजले आफूहरूलाई विचरा भन्ने दृष्टिकोणबाट हेर्ने गर्दा दुःख लाग्ने उनी सुनाउँछन्। ‘हामी पनि समाजकै एक अंग हौ,’ उनले भने, ‘समाजका हरेक कार्यमा हामी अन्य नागरिकसँग अगाडि बढ्न सक्छौं।’
राज्यले पहिचान दिए पनि परिवार तथा समाजले स्वीकार नगर्ने कारण थुप्रैले आफ्नो पहिचान लुकाउन बाध्य भएको अधिकारकर्मी भूमिका श्रेष्ठ बताउँछिन्। ‘अब समाजमा घुलमेल हुने र प्रोत्साहन मिल्ने वातावरण जनप्रतिनिधि तयार गर्ने विश्वास छ,’ उनले भनिन्, ‘त्यसो भएमा यो निर्वाचन हाम्रो लागि सार्थक हुनेछ।’