ओलीले शरण लिएका घरका सबै सदस्य नेकपा एकीकृत समाजवादीमा प्रवेश
२६ वैशाख २०७९
•
२ मिनेट पाठ
ओलीले शरण लिएका घरका सबै सदस्य नेकपा एकीकृत समाजवादीमा प्रवेश
पंचायती व्यवस्थामा केपी शर्मा ओलीले शरण लिएको घरका सबै सदस्य नै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। 




रौतहटको बौद्धिमाई नगरपालिकाको इनरबारीमा आयोजित चुनावी तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एकीकृत समाजवादीका राष्ट्रिय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका जन्मजात समर्थकहरुलाई नेकपा एसमा स्वागत गरेका छन्।

रौतहटमा २००८ सालको किसान आन्दोलनको केन्द्र रहेको इनरबारीमा बोल्दै नेपालले ऐतिहासिक किसान आन्दोलनको प्रसंगलाई जीवित बनाउन किसान आन्दोलन संग्रहालय बनाउने घोषणा गरेका छन्।

किसान आन्दोलनको महान त्याग, तपस्या तथा बलिदानको इतिहासलाई जिवन्त बनाउन किसान आन्दोलन संग्रहालय बनाउने नेता नेपालले बताएका छन्। किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनको गर्विलो इतिहासको भूमिमा तुलसीलाल अमात्य तथा मनमोहन अधिकारीजस्ता महान व्यक्तित्वहरु बसेको इतिहास स्मरण गरेका छन्।

नेता नेपालले २०२९ सालमा केपि शर्मा ओलीले केही महिना शरण लिएको घर तत्कालीन क्रान्तिकारी किसान नेता गेना पटेल भएको र गेना पटेलका छोरा कपिलदेव पटेललाई नेकपा एसमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन्। केपी शर्मा ओलीले शरण लिएको घरका सम्पूर्ण सदस्य नेकपा एसमा प्रवेश गरेको बताउँदै नेता नेपालले कम्युनिष्ट आन्दोलनको धरोहर परिवारलाई पार्टीमा स्वागत गरेका छन्।

जन्मजात नेकपा एमाले रहेका पटेल नेकपा एमालेका मधेस प्रदेश सदस्य समेत हुन्। यसै गरी नेता नेपालले अनेरास्ववियुका केन्द्रीय सचिव कनिस पटेललाई पनि पार्टीमा भित्र्याएका छन्। नेकपा एमालेले कपिलदेव पटेललाई मेयर पदको टिकट नदिएपछि असन्तुष्ट रहँदै आएका थिए।

यसैबीच पूर्व प्रधानमन्त्री नेपालले मौलापुर नगरपालिकाको सोनरनियामा आयोजित चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई पनि सम्बोधन गरेका छन्।
अर्को समाचार
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
१० मिनेट अघि
•
१ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
काठमाडौं। नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन लागेको छ। 




पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा आज बिहान ११:०० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा अभिमुखीकरण कार्यक्रम हुन लागेको हो। 

देशव्यापी रूपमा हुने अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न र खटिने प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी तथा कार्यदिशाबारे स्पष्ट पार्न अभिमुखीकरण आयोजना गरिएको महामन्त्री डा डिला संग्रौलाले जानकारी दिइन्।

उनका अनुसार काठमाडौं उपत्यकामा उपलब्ध सम्पूर्ण प्रतिनिधिहरूलाई सानेपास्थित केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुनु पर्ने छ भने काठमाडौं उपत्यका बाहिर रहेका प्रतिनिधिहरूका लागि जुम प्रविधिमार्फत सहभागी हुने व्यवस्था मिलाइएको छ।

पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने र जनताका मुद्दाहरूसँग प्रत्यक्ष जोडिने उद्देश्यका साथ कांग्रेसले ७५३ वटै पालिकामा एकैसाथ यो अभियान परिचालन गर्न लागेको महामन्त्री डा डिला संग्रौलाले जानकारी दिइन्।
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
यो पनि पढौँ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस