चितवनको कालिका नगरपालिका–८ न्यूरेनिस्थित आपडाँडामा राजनीतिक दलहरु लावालस्कर मोटरसाइकल र गाडिसहित भोट माग्न हिडिरन्छन्। तर, सडक छेऊमै रहेको कान्छिमायाँ तामाङको भत्किएको घरमा कोही छिर्दैनन्।
‘हावाहुरीले घर उडाएको छ। नेताहरु बाटबाटो हिड्छन्। यहाँ कोही आएका छैनन्,’ ६७ वर्षीया तामाङले भनिन्, ‘ घर बनाउन सक्दिन्।’ वैशाख १९ गते साँझ आएको पानीसहितको हावाहुरीले उनको घर भत्काइदिएको हो। वरिपरि बाँसले बारेर टिनले छाएको घर थियो। एक्कासी आएको हावाहुरीले घरको छाना सबै उडाईदियो। त्यतिखेर उनी छोरा र नातीसंगै घरमै थिईन्। ‘साँझपख पानी परेर म पिढीँमा बसेकी थिँए। एक्कासी हावाआएर घर भत्काइदियो। माथिबाट खसेको टिनले टाउकोमा समेत चोट लागेको छ,’ उनले भनिन्, ‘पानीले भएभरको भिजाएको थियो। लुकलुक काम्दै छिमेकीकोमा गयौँ।’
उनको चार जनाको परिवार छ। ६ दिनदेखि छिमेकीको घरमा बसेका छन्। शनिवार हामी पुग्दा उनका छोरा जगत तामाङ छिमेकीकोमा घरमा खाना खाँदै थिए। मिस्त्री काम गरेर चार जनाको जीवन गुजरा चलाउँदै आएका जगतबहादुर घर कसरी बनाउने अन्योल छ। ‘कमाई छैन्। कसैले सहयोग गरे राम्रै घर बनाउनु पर्ला,’ उनले भने, ‘नभएर केहीले बारेर बस्नुपर्ला।’ वडाले नाम टिपेर लगेको छ। तर, अहिलेसम्म केही नपाईएको उनले बताए। उनलाई यतिखेर भोट माग्न समेत कोही नेता आएका छैनन्। उनी ११ वर्षअघि काठमाडाैंबाट चितवन झरेका हुन्।
न्यूरेनीकै भवानी अर्यालको पनि घरको छाना नै छैनन्। शारीरिकरुपमाअशक्त्त रहेकी अर्याललाई घर कसरी बनाउने भन्ने थाहै छैनन्। शनिबार पुग्दा ८ कक्षामा पढ्ने छोरासंगै उनी घरमा थिईन्। छानामाथि पानीले भिजाएको बिस्तारा देखिन्थे। ‘बुवा मलामी जानुभएको थियो। ममी र पदमपुरमा पुजामा गएका थियौँ। घरमा आउँदा सबै कपडा र खानेकुरा भिजेको थियो’, उनका छोराले भने, ‘अहिले पनि पानी पर्दा सबैघरभित्र पानी पस्छ।’ उनका बुवा भने शनिबार पुग्दा राहत पाईने आशमा चुनावी प्रचारमा निस्कि सकेका थिए।
न्यूरेनीमा पहिलोपटक यति ठुलाे हावाहुरी आएको हो। यहाँका २२ घरधुरीमा क्षति पुगेको छ। तीन मिनेटको बीचमा नै घर गोठ गरेर ५० लाखभन्दा बढीको क्षति पुगेको पुरुपोत्तम भट्टराइले बताए। हावाहुरीसहित ठूलो पानी आयो। बाहिर अडिन सक्ने अवस्था थिएन। हामीलाई नै उडाएर लैजाने अवस्था थियो, उनले दुई तीन मिनेटपछि बाहिर निस्कँदा अधिकांश तहस नहस बनाएको थियो।’
अहिलेसम्म हावाहुरी पीडितलाई कसैले राहत उपलब्ध गराउन सकेको छैन। दैनिक आउने पानीले उनीहरु समस्यामा पर्दै आएका छन्। ‘हावाहुरीले छानो नै उडाइदियो। पानी पर्दासाथ घरभित्र पस्छ,’घरको छाना बनाउँदै गर्दा भेटिएका खुमराज भट्टले भने, ‘लत्तापकडा, किताव कापी, धान सहित भएभरको सामान भिज्यो।’ हावाहुरीले ५ लाखको क्षति पुगेको बताए।
कालिका नगरपालिकाको तथ्याङ्कमा वैशाख १९ र २२ गते आएको हावाहुरीले १३ वटा घरमा मात्रै क्षतिपुगेको छ। त्यसमध्ये २ वटा घर पूर्णरुपमा नै क्षति भएको कालिका नगरपालिकाका विपत शाखा प्रमुख प्रकाश पौडेल बताए। उनीहरुलाई तत्काल राहत दिनुपर्ने अवस्था रहेको उनको भनाई छ। नगरपालिकाले राहत दिने विषयमा निर्णय नगर्दा वितरणगर्न नसकिएको उनले बताए। ‘विपत व्यवस्थापन समितिको बैठक बसेको छ। प्रारम्भिक तथ्याङ्क संकलन पनि गरेका छौँ, उनले भने, ‘राहत कति उपलब्ध गराउने भन्ने बिषयमा पालिकाको निर्णय आएको छैन।’ घरको क्षतिलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताए। चुनावका कारण पनि राहत वितरणमा ढिलाई हुन पुगेको उनले बताए।
हावाहुरीले अन्नबालिमा समेत ठुलो क्षती पुर्याएको छ। ६ वटा विद्युतका पोल ढलाएको छ। कालिका नगरपालिका वडानम्बर ८का वडाध्यक्ष खिमप्रसाद अधिकारी राहत विभिन्न संघसंस्थाहरुको सहयोगमा राहत उपलब्ध गराउने काम भएको बताए। ‘रेडक्रस जस्ता संस्थासंग समन्वय गरेर अगाडी बढेका छौँ, उनले भने, ‘पालिकाको बोर्ड मिटिङबाट नै पास गराएर उचित राहत दिन्छौँ।’
काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको चिसोपना बढेका बेला सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच बिहीबार पाँच घण्टा लामो छलफल भएको छ।
पाँच घन्टा के के विषयमा छलफल भयो भन्ने दुवैले खुलाएका छैनन्। तर सरकारको कामप्रति रास्वपा सभापति लामिछाने सन्तुष्ट छैनन्। प्रधानमन्त्री शाह पनि सरकारको कामलाई सहयोग गर्नुको साटो पार्टीबाटै अवरोध भएको बुझाइमा रहेको निकटहरूको दाबी छ।
सरकारका कामलाई प्रभावकारी बनाउन भन्दै मन्त्रिपरिषद्ले विभिन्न अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्यादेश तत्काल जारी नगरी रोकेका छन्। रास्वपा सभापति लामिछाने पनि अध्यादेशको विपक्षमा रहेको निकटहरूको दाबी छ।
यसअघि मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको भोलिपल्टै रास्वपा सभापति लामिछानेले केही निकटलाई प्रेस काउन्सिल अध्यादेश जारी नहुने आश्वासन दिएको स्रोतको दाबी छ।
लामिछानेले राष्ट्रपतिमार्फत अध्यादेश रोकिने धारणा निकटसँग राखेको सूचना पाएपछि प्रधानमन्त्री शाह असन्तुष्ट बनेको स्रोतको दाबी छ।
राष्ट्रपतिले अध्यादेश रोकेकै बेला लामिछाने र शाहबिच बिहीबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म छलफल भएको थियो। भेट लामिछाने निवासमा भएको हो। भेटका क्रममा मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश, संघीय संसद्को बैठक, प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीको आन्तरिक राजनीतिलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।
छलफल भएकै भोलिपल्ट शुक्रबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतलनिवास एक्लाएक्लै पुगेका छन्।
भारतको दुईदिने राजकीय भ्रमणमा निस्कनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेटसमेत नगरेका प्रधानमन्त्री शाहले शुक्रबार शीतलनिवासमा करिब २० मिनेट बिताएका छन्। राष्ट्रपतिसँग प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउनुका साथै अध्यादेशका विषयमा चासो राखेको स्रोतले दाबी छ।
प्रधानमन्त्री शाहले सिफारिस अध्यादेशमा कुनै आपत्तिजनक विषय नभएको र संसदीय प्रक्रियाबाट जाँदा ढिलाइ हुने भएकाले अध्यादेशको बाटो रोजिएको स्पष्ट पारेका थिए। उनले संसद्प्रति आफ्नो पूर्ण सम्मान रहेको बताउँदै उनले चाँडै अध्यादेश जारी भएमा सहज हुने धारणा राखेका थिए।
प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन्।
राष्ट्रपति पौडेलले प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३ फिर्ता पठाउने संकेत गरेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्ययनका क्रममा रहेको जनाउँदै राष्ट्रपति पौडेलले मौलिक हकसँग जोडिने विषयका कानुन संसदबाट नआई अध्यादेशबाट आउँदा त्यसले पार्ने असरप्रति चासो देखाएको स्रोतले बतायो। प्रधानमन्त्री शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई भेटेका थिए।
शीतलनिवासमा पनि पार्टी सभापति र प्रधानमन्त्री एकैदिन अलग–अलग पुग्नुले दुवै पक्षले राष्ट्रपतिसँग आआफ्नो कुरा राख्न खोजेको देखिन्छ। राष्ट्रपतिसँगको सम्बन्धमा शिष्टाचारको प्रश्न छ। विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने विगतको चलन प्रधानमन्त्रीले यस पटक तोडेका छन्।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...