बागलुङमा गठबन्धनलाई चुनौती बन्दै बागी
२० वैशाख २०७९
•
५ मिनेट पाठ
बागलुङमा गठबन्धनलाई चुनौती बन्दै बागी
बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धन नहुँदो हो त नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी दल हुन्। गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रका सबै उम्मेदवार विजयी हुँदा कांग्रेसका उम्मेदवार निकटतम प्रतिस्पर्धीका रूपमा रहेका थिए।




उक्त निर्वाचनमा माओवादी केन्द्रका प्रकाश घर्तीले ३ हजार ३५० मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी हुँदा कांग्रेसका उम्मेदवार दण्डपाणि कँडेलले ९५६ मत प्राप्त गरेका थिए। एमालेबाट उम्मेदवार बनेकी पूर्णाकुमारी चालिसेको ३८२ र स्वतन्त्र उम्मेदवार ऋषिराम रोकाको ११५ मत थियो।

यसपटक भने बागलुङमा पाँच दलीय गठबन्धन बनेपछि मुख्य प्रतिस्पर्धी माओवादी केन्द्र र कांग्रेस एकै ठाउँमा छन्। ताराखोलामा अध्यक्ष पदमा माओवादी केन्द्रका धनबहादुर विक ‘हिमाल’ अध्यक्ष र कांग्रेसका भीमबहादुर रोका उपाध्यक्षका उम्मेदवार हुन्। अघिल्लोपटकका स्वतन्त्र उम्मेदवार ऋषिराम रोका अहिले एमालेमा छन्। यसरी माओवादी केन्द्र र कांग्रेस एकै ठाउँमा भएर निर्वाचनमा जाँदा ताराखोलामा चुनावी प्रतिस्पर्धा एउटा औपचारिकता मात्रै हुने ठानिएको थियो तर प्रकाश घर्तीको उम्मेदवारीले परिस्थिति बदलिएको छ।

गत निर्वाचनमा गाउँपालिका अध्यक्ष निर्वाचित प्रकाश घर्तीले नै माओवादी केन्द्रका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएपछि ताराखोलाको निर्वाचनले धेरैको ध्यान खिचेको छ। गाउँपालिका अध्यक्ष निर्वाचित भएर पाँच वर्ष काम गरेका उनले अन्तिम समयमा गठबन्धनबाट साझा उम्मेदवारविरुद्ध बागी दिएका हुन्। माओवादी केन्द्रको ताराखोला गाउँ कमिटीले आफ्नो नाममा सहमति जनाए पनि जिल्ला र केन्द्रीय नेतृत्वलाई भ्रममा पारेर टिकट वितरण गर्ने काम भएकाले विद्रोहका लागि बागी उम्मेदवारी दिएको उनले बताए।

‘गाउँपालिकाका अधिकांश साथी मेरो नाममा सहमत हुनुहुन्थ्यो। गाउँपालिकाबाट म तल परेको भए पनि माथिको निर्णय मान्ने थिएँ’ उनले भने, ‘टिकट वितरणमा जुन खालको चलखेल भयो; त्यसले पार्टीलाई हित गर्दैन भनेर विद्रोह गरेको हुँ।’ ताराखोला गाउँपालिकामा आफूले धेरै काम गरेको र अझै धेरै काम पूरा गर्न बाँकी रहेकाले पनि एक कार्यकालका लागि अध्यक्षमा आफ्नो दाबी अघि सारेको उनको भनाइ छ। ‘मैले आफ्नो कार्यकालमा इमानदारीसाथ धेरै काम गरेको छु। पूर्वाधार निर्माणको क्षेत्रमा ताराखोला निकै अगाडि बढेको छ’ उनले भने, ‘अझ धेरै काम पूरा गर्न बाँकी छ। त्यसलाई पूरा गर्न म उम्मेदवार बनेको हुँ। पार्टीले टिकट नदिएपछि स्वतन्त्र बनेर भए पनि आफ्नो लक्ष्यमा पुग्न अघि बढें।’

आफ्नो पाँच वर्षे कार्यकालमा प्रशासकीय भवन, कर्मचारी आवास, जिल्लाकै ठुलो सभाहल र सङ्ग्रहालयलगायत भौतिक संरचना निर्माण गरेको उनले दाबी गरे। ‘चक्रपथ कालोपत्रे गर्ने, सहिद स्मृति पार्कका काम पनि पूरा गर्नु छ’ उनले भने, ‘जनतालाई सुशासनको प्रत्याभूति दिने काम अबको कार्यकालमा गर्छु।’ उनको उम्मेदवारी फिर्ता गराउन जिल्लादेखि केन्द्रसम्मका नेताहरू लागे पनि प्रयास सफल हुन सकेन। घर्तीलाई फकाउन माओवादी केन्द्रका धौलागिरि इन्चार्ज ताराखोला पुगेका थिए।

यता जिल्लाको गलकोट नगरपालिकामा कांग्रेस पहिलो शक्ति, माओवादी केन्द्र दोस्रो शक्ति र राष्ट्रिय जनमोर्चा तेस्रो शक्ति हो। गत स्थानीय निर्वाचनमा कांग्रेसका भरत शर्मा गैरे ५ हजार ७ सय १५ मत प्राप्त गरी नगरप्रमुखमा विजयी भएका थिए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका फमलाल निउरेले २ हजार ७४० र नेकपा एमालेसँग तालमेल गरेको राष्ट्रिय जनमोर्चाका टंकबहादुर केसीले ३ हजार ५६२ मत प्राप्त गरेका थिए। गलकोटका ११ वडामध्ये सातवटामा कांग्रेस, दुईवटामा माओवादी केन्द्र, एकएकवटा वडामा राजमो र एमालेले जितेका थिए।

चुनावी गठबन्धनअनुसार गलकोटका मुख्य प्रतिस्पर्धी शक्ति कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा एकै ठाउँमा छन्। भागबन्डामा नगर प्रमुख पाएको कांग्रेसले गैरेलाई नै उम्मेदवारमा दोहोर्‍याएको छ। नगर प्रमुख उम्मेदवार गैरेलाई कांग्रेस नेत्री मञ्जु शर्मा चालिसेले चुनौती दिएकी छन्।

टिकट नपाएपछि पोखराबाट हेलिकोप्टर चढेर गलकोट पुगेकी उनले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिइन्। जिल्लादेखि केन्द्रसम्मको दबाबबीच उनको उम्मेदवारी कायमै छ। महिला उपेक्षामा परेका कारण आफूले विद्रोह गरेको उनले बताइन्। ‘महिलालाई निकै उपेक्षा गरियो। चारवटा नगरपालिका कुनैमा पनि महिला उपस्थिति देखिएन’ उनले भनिन्, ‘बारम्बार एउटै व्यक्तिलाई दोहोर्‍याउने कुराले पनि साथीहरूमा निराशा ल्याएको छ। त्यसको विरोधका लागि मैले उम्मेदवारी दिएकी हुँ।’

नगर प्रमुखमा मात्रै होइन, उपप्रमुखमा समेत माओवादी केन्द्रकै गलकोट नगर अध्यक्ष तिलक उप्रेतीले बागी उम्मेदवारी दिएका छन्। पार्टीको उम्मेदवारी छनोटप्रति असहमति राख्दै उनी नगर अध्यक्षबाट राजीनामा दिएर उपप्रमुख उम्मेदवार बनेका हुन्। उनलाई पनि फकाउने भरमग्दुर प्रयास नभएको होइन तर नेताहरूले सफलता पाएनन्। गलकोट र ताराखोलामा तीन मुख्य प्रतिस्पर्धी दल कांग्रेस, माओवादी केन्द्र र जनमोर्चा गठबन्धनमा आबद्ध हुँदा चुनावी प्रतिस्पर्धा औपचारिक मात्रै हुने ठानिए पनि स्वतन्त्र र बागी उम्मेदवार प्रतिस्पर्धालाई रोचक बनाउने देखिएको छ।

बागलुङ नगरपालिका–३ को वडाध्यक्षमा एमालेको जिल्ला सचिवालय सदस्य पुनम शर्माले बागी उम्मेदवारी दिएका छन्। एमालेले कमल खड्कालाई उम्मेदवार बनाएको छ। सो वडामा गठबन्धनकै दल माओवादी केन्द्रबाट पनि बाबुलाल शाक्य बागी बनेका छन्। वडा २ मा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर जिसीविरुद्ध एमालेकै रामराज गुरुङको बागी परेको छ भने गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का सुरज बोसेलविरुद्ध शशी कपुर श्रेष्ठले विद्रोही उम्मेदवारी दर्ता गरेका छन्।

काठेखोला गाउँपालिका–४ तंग्राममा गठबन्धनका उम्मेदवार लक्ष्मण पुनविरुद्ध कांग्रेसका यामदत्त कँडेलले बागी दिएका छन्। कांग्रेसले गाउँपालिका अध्यक्ष उम्मेदवार तंग्रामकै राजु थापालाई बनाएको छ। कँडेलको उम्मेदवारीले गाउँपालिका अध्यक्षमा थापालाई असर पर्ने भन्दै उनको उम्मेदवारी फिर्ता गराउन भरमग्दुर प्रयास गरिए पनि कँडेल टसमस भएनन्। गठबन्धन र तालमेलले सहज नतिजा आउने ठाउँमा परेका बागी उम्मेदवारीले निर्वाचनलाई रोचक बनाउने देखिएको छ।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
४२ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस