रौतहटको गरुडा नगरपालिकामा नेकपा एमालेबाट वडाध्यक्षको मनोनयन दर्ता गराएका एक जनाले फिर्ता लिएका छन्। गरुडा नगरपालिका ५ का लागि नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार आनन्दी राय यादवले निर्वाचन कार्यालयमा मनोनयन फिर्ताको लागि निवेदन दर्ता गराएका छन्।
एमालेबाट वडाध्यक्षको मनोनयन फिर्ता लिएपछि यादव नेकपा एकीकृत समाजवादीलाई समर्थन गरेका छन्। वडाध्यक्ष उम्मेदवार यादव एकीकृत समाजवादीका नगर प्रमुख उम्मेदवार बृजकिशोर यादवसित घरदैलो अभियानमा लागेका छन्।
नेकपा एमालेबाट वडाध्यक्ष उम्मेदवारको मनोनयन फिर्ताको निवेदन दिएपछि नेकपा एमालेका केही कार्यकर्ता निराश बनेका छन्।