ललितपुर महानगरपालिकाः फोहाेर व्यवस्थापन र खानेपानी नै प्रमुख एजेन्डा
१६ वैशाख २०७९
•
५ मिनेट पाठ
ललितपुर महानगरपालिकाः फोहाेर व्यवस्थापन र खानेपानी नै प्रमुख एजेन्डा
ललितपुर महानगरपालिकामा गत निर्वाचनमा जस्तै आसन्न निर्वाचनमा पनि उम्मेदवारले खानीपानीको समस्या समाधान र फोहरमैला व्यवस्थापनलाई प्रमुख एजेन्डाका रुपमा अघि सारेका छन्।




खासगरी सत्ता गठबन्धन दलका उम्मेदवार, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका उम्मेदवारले आफू विजयी भएमा यी समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाएका छन्। महानगरपालिकाबासी लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका छन्। विगतदेखि नै यो मुद्दा चुनावी मुद्दा बन्दै आएकामा यो पटक पनि मुख्य विषय बनेको छ। महानगरभित्र पर्याप्त स्रोत नभए पनि समस्या जस्ताको तस्तै छ।

फोहरमैला व्यवस्थापनका लागि महानगर आफैँले छुट्टै व्यवस्थापन गर्न नसक्दा सङ्घीय सरकारले निर्माण गरेको ल्यान्डफिल साइटमा निर्भर छ। सो ठाउँमा फोहर फाल्न नदिँदा पटक–पटक समस्या भएपछि त्यसको विकल्प छैन। तीनै तहमा उठ्ने यहाँका उम्मेदवारले सधैँ खानेपानीको समस्या समाधान गर्ने र सहर सफा बनाउने प्रतिबद्धता भने कहिल्यै छोड्दैनन्।

नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार चिरीबाबु महर्जन यसअघि पनि महानगरमा प्रमुख थिए। आफूले प्रमुखका रुपमा रहँदा पनि खानेपानी र फोहरमैला व्यवस्थापनको समस्या समाधानका लागि काम गरेको उनले बताए। फोहर व्यवस्थापन र खानेपानीको अभाव काठमाडौँ उपत्यकाभित्रका सबै पालिकाको साझा समस्या भएको उनको भनाइ छ। गतवर्ष केही समय उपत्यकामा मेलम्ची आउँदा कतिपय स्थानमा पानी गए पनि कतिपय ठाउँमा नगएको उनले बताए।

विगतमा कुन ठाउँमा पानी आयो र कहाँ आएन भनी पत्ता लगाउन नसकिएकाले अब मेलम्ची आइसकेको अवस्थामा कहाँकहाँ समस्या छ पत्ता लगाइने उनले बताए। उनले भने, 'पहिलो चरणमा त्यहाँ डिपट्युववेल खनेर पनि व्यवस्थापन गरिनेछ।” काठमाडौँ महानगरपालिकामा जस्तो फोहरको ठूलो समस्या ललितपुरमा नभएको प्रमुखका उम्मेदवार महर्जनले बताए।

आफ्नो पाँच वर्षे कार्यकालमा सुक्ष्म तरिकाले फोहरको व्यवस्थापन गर्दै आएको उनले बताए। काठमाडौँमा दुई तीन दिन उठेन भने पनि ठूलो समस्या हुन्छ तर ललितपुरमा झण्डै १५ दिनसम्म पनि आफैँ व्यवस्थापन गरिँदै आएको छ। त्योभन्दा बढी दिनसम्म पनि ल्यान्डफिल साइटमा फोहर पठाउन नसक्दा भने समस्या हुने उनले बताए। उनले भने,'बञ्चरेडाँडामा छिटोभन्दा छिटो सङ्घीय सरकारले हस्तान्तरण गरेमा स्थानीय सरकारले नै त्यसको व्यवस्था गर्नसक्छ।'

आफूले फोहर व्यवस्थापनका लागि महानगरको दक्षिणतर्फको ठाउँमा प्रयास गरेको भए पनि भूगोलका कारणले योजना अघि बढाउन नसकिएको प्रमुखका उम्मेदवार महर्जनले बताए। विगतमा सिसडोलमा फोहर पठाउन समस्या भएपछि एस्कलौटी फोहर व्यवस्थापनका लागि अध्ययन गर्न थाल्दा नागरिक उडययन प्राधिकरणले दक्षिण क्षेत्र उडययन् रुटमा फोहर फाल्दा दुर्घटनाको सम्भावना छ भनेकाले अघि बढाउन नसकिएको उनले बताए। उहाँले भन्नुभयो, “छुट्टै व्यवस्थापन गर्न नसकिए पनि हामीले सानासानो तहमा व्यवस्थापन गरेर दुई सातासम्म फोहर बाहिर निस्कन नदिएको छु।”  

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ललितपुर महानगरपालिका प्रमुखका उम्मेदवार हरिकृृष्ण ब्यञ्जनकारले आसन्न निर्वाचनमा आफू विजयी भए पनि पहिलो कामका रुपमा महानगरको भित्री बस्तीमा रहेको खानेपानीको समस्या समाधानमा लाग्ने बताए। नागरिकको मौलिक हकका रुपमा खानेपानीको हक रहेको र त्यसको कार्यान्वयन गर्नु स्थानीय सरकारको जिम्मेवारी हुने उनको भनाइ छ।

उनले भने, 'मानिसको भान्छादेखि दैनिक जीवनमा समेत पानीले प्रत्यक्ष भूमिका खेल्ने भएकाले अब महानगरवासीले काकाकुल हुने अवस्थाको अन्त्य गर्न लागिनेछ।' महानगरपालिकालाई फोहरमुक्त बनाउन आफूले योजना बनाएको प्रमुखका उम्मेदवार ब्यञ्जनकारले बताए। फोहरलाई मलमा रुपान्तरण गर्ने लक्ष्य लिएको बताउनुभएको छ। लामो समयसम्म फोहर उसै राख्दा रोगको जोखिम रहेकाले आधुनिक प्रविधिको प्रयोगमार्फत मल बनाएर खेतबारीमा प्रयोग गर्ने बस्तु बनाइने बताए। उनले भने, 'म विजयी भएर गएपछि महानगरपालिकाको गल्लीमा कुनै दिन फोहर थुप्रेर रहने छैन।'

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखका उम्मेदवार अष्टबहादुर महर्जनले खानेपानी र सरसफाइ आफ्नो प्रमुख एजेन्डा रहेको बताए। आफू निर्वाचित भएपछि पहिले कुनकुन वडमा पानीको समस्या छ भनी विस्तृत रुपमा बुझ्न लाग्ने उनको भनाइ छ। समस्याको पहिचान भएपछि त्यसैका आधारमा बढी समस्या भएका ठाउँलाई प्राथमिकता दिएर कार्यक्रम अघि बढाइनेछ। उनले भने,'नगरको टोलटोल सफा भएपछि मात्रै नागरिक पनि स्वस्थ हुनेछन्।'

नेकपा एमालेका तर्फबाट उपप्रमुखकी उम्मेदवार मञ्जली शाक्य (आस्था) नागरिकको मौलिक हक कार्यान्वयन  पहिलो प्राथमिकता रहेको बताउनुभयो। शिक्षा, स्वास्थ्य र खानेपानी नागरिकलाई पुर्‍याउने कुरामा ध्यान दिइने उनले बताइन्। नगरका कतिपय भित्री बस्तीमा धारामा कहिल्यै पानी नआउने समस्या रहेको छ। उनले भने, 'सबै नागरिकलाई पानी खुवाउने योजना छ।' सरसफाइको विज्ञ राखेर परियोजना अघि बढाउने र फोहरलाई मोहर बनाउने योजना कार्यान्वयनमा लैजाने उनले बताए।  

एक वर्षभित्र प्लाष्टिकमुक्त र फोहरमुक्त सहर बनाइने उनले बताए। सहरलाई सुन्दर र सफा बनाउनकै लागि भित्री सहरमा विद्युतीय गाडि चलाउने योजना उनले सुनाए। त्यसका लागि विभिन्न देशसँगको सहकार्यमा कार्यक्रम अघि बढाउने गरी छलफल भइरहेको छ। उनले भने, 'पर्यावरणको संरक्षणका लागि ५० लाख बिरुवा रोप्ने योजना छ।'

नेकपा (माओवादीका) तर्फबाट उपप्रमुखका उम्मेदवार बाबुराज बज्राचार्यले खानेपानी र ढल व्यवस्थापन गरेर सहर सफा बनाउने योजना रहेको बताए। भूगोल र जनसङ्ख्याका हिसाबले ठूलो नगर भएकाले धेरै समस्या रहेको र त्यसमा पनि सबैभन्दा ठूलो समस्याका रुपमा खानेपानीको समस्या रहेकाले त्यसको समाधानमा ध्यान दिइने उनले बताए। मेलम्चीको पानी महानगरका धेरै ठाउँमा नपुग्दा अहिले पनि पानीको समस्या हट्न सकेको छैन।

अहिले पनि महानगरका भित्री बस्तीमा ढलको समस्या छ। वर्षाको समयमा ढल फुटेर फोहरपानी बाहिर निस्कने समस्या रहेकाले नगर सफा सुग्गर बनाउने उपप्रमुखका उम्मेदवार बज्राचार्यको योजना छ। अहिले नटोलबाट ग्वार्खाे जाँदा दायाँबायाँ हेर्दा फोहर जम्मा र ढल फुटेर नाला रहेका र त्यो र त्यस्तै समस्या समाधान गरिने उनले बताए।

महानगरभित्र बधशालाको पनि समस्या रहेको कुरा आफुले लामो समयदेखि उठाउँदै आएको भन्दै उनले भने, 'नागरिकले सफा मासु खान पाउने गरी व्यवस्था मिलाइनेछ।' महानगरका उम्मेदवारले आर्थिक विकास, पूर्वाधार विकास, लैङ्गिक समावेशी महानगरको पनि योजना अघि सारेका छन्। कला र संस्कृतिको केन्द्रका रुपमा रहेको महानगरमा सम्पदा संरक्षणसमेत उम्मेदवारले प्राथमिकतामा राखेको पाइन्छ।

यही वैशाख ३० गते हुने निर्वाचनका लागि महानगरका प्रमुखमा १४ र उपप्रमुखमा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। वडाध्यक्षमा १६९, वडा सदस्यमा २६६, महिला सदस्यमा १२६ र दलित महिला सदस्यमा ५७ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। रासस
अर्को समाचार
तयार भयो बञ्चरे डाँडा: फोहाेर व्यवस्थापनबारे अझै अन्योल
२१ भदौ २०७८
•
३ मिनेट पाठ
तयार भयो बञ्चरे डाँडा: फोहाेर व्यवस्थापनबारे अझै अन्योल
दीर्घकालीन फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम सकिएको छ।  शहरी विकास मन्त्रालयले आइतबार सो सेल निर्माणको काम सम्पन्न भएको जनाएको छ। मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागलाई सो जानकारी गराई काठमाडौँ महानगरपालिकालाई फोहर व्यवस्थापन गर्न सक्ने निर्देशन दिएको छ।




मन्त्रालयसँग सम्बन्ध रहेको उक्त सेल निर्माणको काम सकिएको र अन्य काममा आफ्नो जिम्मेवारी नरहेको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले जानकारी दिए। कामपासँग समन्वय गरी फोहर व्यवस्थापन गर्ने सम्बन्धमा तत्काल निर्णय गर्न मन्त्रालयले विभागलाई निर्देशन दिइसकेकाले केही दिनमा कामपासहित काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर बञ्चरेडाँडा पुग्ने बताइएको छ। तत्काल फोहर व्यवस्थापन स्थल निर्माणको काम सकिएको भए पनि दोस्रो सेल निर्माण र अन्य काम भइरहेको मन्त्रालयले जनाएको छ।  

बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जन स्थान (स्यानिटरी ल्याण्डफिल साइट) निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो। सम्झौताअनुसार निर्माणको सम्पूर्ण काम गत वैशाखमा नै सकिनुपर्ने भए पनि पूर्णरुपमा काम अझै सकिएको छैन।

औपचारिक जानकारी आएको छैन: महानगर

यता कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ आफूहरुलाई मन्त्रालय र विभाग कतैबाट पनि बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्नसक्नेबारे औपचारिक जानकारी नआएको बताउँछन्।बञ्चरेडाँडा पहिलो सेल निर्माण भएको जानकारी नआएको र सिसडोलमा पुनःफोहर व्यवस्थापन गर्न मुस्किल परेकाले कमपासहित १८ स्थानीय तहको फोहर व्यवस्थापनमा थप समस्या चुलिएको प्रमुख श्रेष्ठले बताए।    

समन्वयविना फोहरको गाडी बञ्चरेडाँडा जाँदा स्थानीयले अवरोध गर्ने भन्दै स्थानीय र सम्बन्ध भएका निकायसँग औपचारिक छलफल गरेर मात्र दीर्घकालीनरुपमा फोहर व्यवस्थानपमा काम गर्नुपर्ने कामपाको भनाइ छ। अठार दिनपछि गत बुधबारदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर उठ्न थालेकोमा सबै स्थानको फोहर सझैसम्म व्यवस्थापन हुन सकेको छैन। फोहर उठ्न थालेको छ दिन हुँदासम्म काठमाडौँका मुख्यमुख्य चोक सफा हुन सकेको छैन। कलङ्की, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहरको डङ्गुर उस्तै छ।

नियमित परेको पानी र हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको स्थानीय तहको फोहर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन। लामो समयदेखिको फोहर सङ्कलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको कामपाको भनाइ छ। आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहर सिसडोल लगिने बताइएको छ।

अहिले साविकअनुसार फोहर व्यवस्थापनको काम भइरहको छ।'धेरै दिनको एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो, अहिले नियमितरुपमा फोहर उठिरहेको छ', प्रमुख श्रेष्ठले भने। रोकिएको समयमा करिब १५ हजार मेट्रिकटन फोहर जम्मा भएको छ। सिसडोलमा विसं २०६२ मा दुई वर्षको मात्र फोहर विसर्जन गर्न सकिने क्षमताको ल्याण्डफिड साइट निर्माण गरिएको थियो। पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ। हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा विसर्जन हुन्छ। यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ। निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएको छ।  

हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण भएको हो। निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिन्छ। शहरी विकास तथा भवन निर्मण विभागका महानिर्देशक नवराज प्याकुरेलले केही दिनभित्रै कामपा र विभागबीच छलफल गरेर कहिलेबाट फोहर लानेबारे समय तय गर्ने बताएका छन्। महानिर्देशक प्याकुरेल फोहर व्यवस्थापनका सन्दर्भमा कामपाले तत्काल आवश्यक प¥यो भन्दै  विभागलाई औपचारिक पत्राचार नगरेको बताउँछन्। रासस
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस