गठबन्धन र तालमेलको नाममा महिला सहभागितालाई लत्याइयाे
१३ वैशाख २०७९
•
४ मिनेट पाठ
गठबन्धन र तालमेलको नाममा महिला सहभागितालाई लत्याइयाे
प्रमुख प्रतिस्पर्धी पार्टीमध्येबाट बडिगाड गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार गण्डकी थापा अधिकारी। उनी प्रमुख दलबाट टिकट पाएर पालिकाको नेतृत्वका लागि उम्मेदवार बन्ने जिल्लाको एक्ली महिला उम्मेदवार हुन्। तस्बिरः नागरिक
गठबन्धनको नाममा बागलुङका राजनीतिक दलहरुले महिला सहभागितालाई लत्याएका छन्। पालिकाको नेतृत्व गर्ने शिर्ष दुई पदमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने कानुनी प्रावधान भए पनि तालमेल र गठबन्धनको नाममा महिला पाखा लगाएर पुरुष नै उम्मेदवार बनेका हुन्।




पाँच दलीय गठबन्धनबाट बागलुङका १० पालिकामध्ये एउटामा मात्रै सहभागिता रहेको छ। एमालेले पनि तालमेल गरेको ठाउँमा महिलाकै भाग खोसेको छ। सबै पालिकामा चुनावी गठबन्धन गरेको पाँच दलले जिल्लाको बडिगाड गाउँपालिकामा नेपाली काँग्रेसकी गण्डकी थापा अधिकारीलाई गाउँपालिका अध्यक्षमा उम्मेदवार बनाएको छ।

उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका भीमसेन वन उम्मेदवार बनेका छन्। बागलुङका अन्य ९ वटा पालिका गठबन्धनका तर्फबाट पुरुष नै पुरुष उम्मेदवार बनेका छन्। निर्वाचनका लागि मुख्य प्रतिस्पर्धा हुने दलहरुले महिलाको सहभागितालाई गठबन्धनको नाममा ओझेल पारेका छन्। बागलुङ नगरपालिकामा मुख्य प्रतिस्पर्धी रहेको पाँच दलीय गठबन्ध र एमाले दुबै प्यानलबाट पुरुष दुबै पदमा उम्मेदवार बनेका छन्। पाँच दलीय गठबन्धनको तर्फबाट बसन्त कुमार काँग्रेसका नगरप्रमुख उम्मेदवार हुँदा माओवादी केन्द्रबाट राजु खड्का उपप्रमुख उम्मेदवार बने। नेकपा एमालेले हालकै नगरप्रमुख जनकराज पौंडेललाई उम्मेदवार मेयरमा दोहोर्‍याउँदा राप्रपाबाट सञ्जय खड्कालाई उपमेयरको उम्मेदवार बनेका छन्।

बानपामा एमाले राप्रपा गठबन्धन छ। जिल्लाको जैमिनी नगरपालिकामा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन मेयरमा उम्मेदवार बनेका छन्। उपमेयरमा नेपाली काँग्रेसबाट हरिहर शर्मा उम्मेदवार बनेका छन्। गलकोट नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका भरत शर्मा गैले नगरप्रमुखमा उम्मेदवारी दिएका छन्। उपप्रमुखमा नेकपा माओवादी केन्द्रका फमलाल निउरे उम्मेदवार बनेका छन्। ढोरपाटन नगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता चन्द्र अर्याल मेयर र नेपाली काँग्रेसका नगर सभापति धनबहादुर कायत कल्याण उपमेयरको उम्मेदवार छन्।  

काठेखोला गाउँपालिकामा गठबन्धनबाट नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि राजु थापा अध्यक्षका उम्मेदवार रहँदा उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तिलक थापा उपाध्यक्ष उम्मेदवार भएका छन्। निसीखोला गाउँपालिकामा गठबन्धनबाट नेपाली काँग्रेसका सूर्यबहादुर घर्ती अध्यक्षको उम्मेदवार बनेका छन्। उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेम घर्ती उम्मेदवार छन्। तमानखोलामा गठबन्धनबाट नेपाली काँग्रेसका जोकलाल बुढाले अध्यक्षमा उम्मेदवारी दिएका छन्। उपाध्यक्ष नेकपा एकिकृत समाजवादी पार्टीका तारा सिर्पाली उम्मेदवार बनेका छन्।  

बरेङ गाउँपालिकामा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा पौडेल उम्मेदवार बनेका छन्। उपाध्यक्षमा नेपाली काँग्रेसका दिलीप पुनले उम्मेदवारी दर्ता गरेका छन्। जिल्लाको ताराखोला गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका धनबहादुर विक हिमाल अध्यक्षका उम्मेदवार बनेका छन्। उपाध्यक्षमा नेपाली काँग्रेसका भीमबहादुर रोका उम्मेदवार बने। गठबन्धनको नाममा महिलाको सहभागितालाई नियोजित रुपमा रोकिएपछि यहाँका महिला नेतृहरुले असन्तुष्टी जनाएका छन्। कतिपयले सामाजिक सञ्जाल मार्फत असन्तुष्टी पोखेका छन् भने कतिपयले आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी समेत दिएका छन्।

जिल्लाको गलकोट नगरपालिकामा काँग्रेस नेतृ मञ्जु शर्मा चालिसेले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन्। नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य सदस्य चालिसेले मेयरमा दाबी गरे पनि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। पार्टीमा युवा र महिलाको सवालमा निकै बहस चले पनि उम्मेदवारी दिने बेला पुरानै व्यक्तिलाई निरन्तरता दिएकाले आफूले विद्रोह गरेको उनले बताईन्। ‘पार्टीमा युवा र महिलाको जति कुरा भए पनि पुरानै ६० कटेको व्यक्तिलाई दोहोर्‍याईयो,’ उनले भनिन्,‘यी सबै कुराका लागि मैले विद्रोह गर्नु परेको हो। एउटा व्यक्तिलाई पटक पटक अवसर दिने अरुलाई बञ्चित गर्ने काम सह्य हुँदैन।’

आफूले महिला र युवाहरुको प्रतिनिधित्व गरेका कारण उम्मेदवारी फिर्ता नहुने बताईन्। ‘मैले नेपाली काँग्रेसमा लामो समयदेखि योगदान गरेको छु,’ उनी भन्छिन्,‘अघिल्लो पटक पनि दिईएन र यो पटक पनि दिईएन। एउटै व्यक्तिलाई पटक पटक दिने कुराले न्याय गर्दैन। मेरो उम्मेदवारी फिर्ता हुँदैन र युवा र महिलाको साथ लिएर म निर्वाचन जित्छु।’ जिल्लाको ढोरपाटन नगरपालिकामा पनि नेपाली काँग्रेसकी नेतृत्व दिलमाया पौवीले स्वतन्त्रबाट नगर उपप्रमुखमा उम्मेदवारी दिएकी छिन्। मेयरको रेशमा रहेकी उनी गठबन्धन गर्दा पाएको उपमेयरमा पनि काँग्रेसले सम्बोधन नगरेपछि स्वतन्त्र उम्मेदवारी दिएको उनले बताएकी छिन्।  

उनी नेपाली काँग्रेसकी महाधिवेसन प्रतिनिधि हुन्। कानुन कार्यान्वयन भए पनि सोच परिवर्तन नभएका कारण कार्यान्वयनमा समस्या भएको अधिवक्ता लक्ष्मी बास्कोटाको भनाई छ। ‘संविधान लेख्ने बेलामा अहिलेको अवस्थामा आउँछ भन्ने भएन होला, गठबन्धन हुँदा पनि महिला अनिवार्य भन्ने कुरा लेख्न मिल्थ्यो मिल्थेन,’ उनले भनिन्,‘कानुनमा भएको विषयलाई आफ्नो तरिकाले व्याख्या गरेर कार्यान्वयन नगर्ने चलन बढ्यो।’

उनले नेपाली समाजको पितृ सत्तात्मक सोंचका कारण महिलाले गर्न सक्छन् भन्ने विश्वास विकास नभएका कारण पनि समस्या भएको बताईन्। ‘क्षमता भएकै महिलालाई पनि विश्वास गरिन्न,’ उनी भन्छिन्,‘यो नेपालको पितृसत्तात्मक सोंचको उपज हो।’
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
४२ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस