एमालेभित्र गुट बन्दा उम्मेदवार छनोटमा विवाद
१२ वैशाख २०७९
•
५ मिनेट पाठ
एमालेभित्र गुट बन्दा उम्मेदवार छनोटमा विवाद
नेकपा एमालेभित्र उम्मेदवार छनोट प्रक्रिया नमिलेको भन्दै विवाद उत्पन्न भएको छ। खासगरी पार्टीभित्र एमालेका उपाध्यक्ष ईश्वर पोखरेल, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, खगराज अधिकारीलगायतले पार्टीभित्र आफूनिकटका नेताहरूले टिकट पाउनुपर्ने भन्दै अडान राख्न थालेपछि मध्यमार्गी धार खोज्दा झन् विवाद भएको हो। पोखरा र विराटनगर, ओखलढुंगा, कैलाली, इलामलगायतका जिल्लामा ‘भूमिगत गुटगत’ समूह हाबी भएको स्रोतको दावी छ। उच्च नेताहरूले आफ्नो जिल्ला र आफू निकटका नेताहरूलाई अगाडि सार्न खोज्दा विवाद बढेको छ।  




पार्टीभित्रका कार्यकर्तालाई बेवास्ता गरेको बाहिरबाट आएका व्यक्तिले टिकट लिएको र टिकट छनोट प्रक्रियामा पार्टीको ध्यान नपुगेको भन्दै विवाद उत्पन्न भएको हो। महत्वपूर्ण स्थानमा विवाद आएका कारण सोमबार मात्रै सबै स्थानमा मनोनयन दर्ता गर्ने जनाएको छ। विवादकै कारण एमालेले विराटनगर महानगरपालिाको मेयरको उम्मेदवार टुंग्याएको छैन। एमालेका अध्यक्ष केपी ओली आफैंले त्यहाँको उम्मेदवार टुंगो लगाउने बताएका छन्। विराटनगरमा धेरैजना उम्मेदवार रहेका कारण त्यहाँ पार्टी अध्यक्ष ओली आफैंले टुंगो लगाउने भएका हुन्।  

प्रदेश १ को सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाको उम्मेदवार छनोटको विषयलाई लिएर निवर्तमान उपमेयर कल्पना राईलगायतका नेताहरूले पार्टी छाड्न घोषणा गरिसकेका छन्। एमालेको सबैभन्दा बढी मतदात रहेको नगरपालिकामै विवाद देखिएको छ। त्यहाँ नेपाली कांग्रेसबाट भर्खरै एमाले प्रवेश गरेका विवादास्पद छविका काजी शेर्पालाई मेयरको उम्मेदवार बनाएपछि असन्तुष्टि देखिएको हो। काजी शेर्पालाई मेयरमा टिकट दिइएपछि निवर्तमान उपमेयर राईले एमाले परित्यागको घोषणा गरेकी हुन्। साथै जिल्ला कमिटी सचिवालय सदस्य वीरउदास श्रेष्ठ युवा संघका केन्द्रीय सदस्य योगेन्द्र श्रेष्ठले पनि पार्टी छाडेको घोषणा गरेका छन्। एमाले सोलुमा व्यापक असन्तुष्टि देखिएको छ। त्यहाँ एमालेका नगर अध्यक्ष मिङमा शेर्पालगायतका धेरै नेताहरू असन्तुष्टि जनाएका छन्।  

त्यसैगरी, इलाममा नेकपा एमालेका नगर अध्यक्षसहित पूरै कमिटीले सामूहिक राजीनामा दिएका छन्। नरेन्द्रनाथ भट्टराईलाई सिफारिस गरिएको भन्दै एमालेका नगर कमिटी अध्यक्ष तिलक ठकुरीसहित २२ जनाले सामूहिक राजीनामा दिएका हुन्। नगरपालिकाको मेयरमा एमाले नेता नरेन्द्रनाथ भट्टराईको नाम टुंगिएको थाह पाएपछि कार्यकर्ता असन्तुष्ट भएका छन्। असन्तुष्ट पार्टीका युवा कार्यकर्ताले पार्टी कार्यालय तालाबन्दी गरेका हुन् भने एमाले इलामको कार्यालयमा नगर कमिटीले तालाबन्दीसमेत गरेको छ। एमालेबाट इलाममा नगरपालिकाको नगर प्रमुखमा भट्टराईसहित धिरेन चेम्जोङ र कृष्ण श्रेष्ठ सिफारिस भएका थिए।

नेकपा एमालेकी केन्द्रीय सदस्य एवं पोखरा महानगरपलिकाको उपमेयर पदकी उम्मेदवार मञ्जुदेवी गुरुङले आफ्नो उम्मेदवारी अस्विकार गरेकी छिन्। पार्टीले आफूलाई उपमेयर पदको उम्मेद्वार बनाएकोमा उनले असन्तुष्टि व्यक्त गरेकी हुन्। आफूले मेयर र उपमेयर कुनैपनि पदमा दाबी नगरेको र आफूसंग कुनैपनि सल्लाह नगरिकन नेताहरूले के कारण यस्तो निर्णय गरेको हो भन्दै असन्तुष्टि जनाएकी थिइन्। उनी एमाले केन्द्रीय सदस्य हुन्।

मेयरका उम्मेदवार दीपक पौडेल भने प्रदेश कमिटी सदस्य हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी रहेकी गुरुङले उम्मेदवारी छनौट प्रकृयालाई अस्वीकार गरेकी छिन्। पौडेलको उम्मेदवारी छनोटप्रति कास्कीका एमाले नेताहरूले असन्तुष्टि मात्रै जनाएका थिएनन उनको विवादास्पद भिडियो समेत बाहिरिएपछि एमालेले पोखरामा मेयरको उम्मेदवारमा अर्को व्यक्ति उठाउने तयारी गरेको छ। शिक्षक पृष्ठभूमिका पौडेल राष्ट्रिय शिक्षक संगठका उपाध्यक्ष पनि हुन्।  

दोलखाको भिमेश्वर नगरपालिकाको विषयलाई लिएर त्यहाँ नेताहरूले असन्तुष्टि जनाएका थिए। पार्टीका जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर लगायतका नेताहरूले प्रदेश कमिटीमा उजुरी गरेका थिए। उनीहरूले त्यहाँको असन्तुष्टिलाई लिएर पार्टीको प्रदेश कमिटीमा उजुरी गरेपछि उम्मेदवार परिवर्तन गर्ने तयारी भएको छ।  

विरगन्जको मेयरमा विजय सरावागीलाई उम्मेदवार बनाएपछि त्यहाँ स्थानीय एमाले कार्यकर्ताहरू रुष्ट भएका छन्। यद्यपि त्यहाँबाट उनको मात्रै नाम सिफारिस भएको थियो। उनलाई उम्मेदवार बनाएपछि त्यहाँ जिल्लास्तरीय नेता जसपामा प्रवेश गरेका छन्।  

नेकपा एमालेले कम्युनिष्ट सिद्धान्त विपरित काम गरिरहेको र पार्टीमा पुँजीवादीहरू हावी भएको आरोप लगाउँदै लामाले पार्टी परित्याग गरेका हुन्। वीरगञ्जको शहरी क्षेत्र भित्र मतदातामा राम्रो पकड भएका लामाले जसपा प्रवेश गर्दा एमालेको ठूलो भोट बैंकमा समेत असर पर्ने बताइएको छ। काठमाडौ महानगरपालिकामा इन्दिरा पन्तले पनि असन्तुष्टि व्यक्ति गरेकी छिन्। उनी मेयरको दावेदार थिइन। काठमाडौमा केशव स्थापितलाई उम्मेदवार बनाइएको छ भने उपमेयरमा मिस नेवा सुनिता डंगोललाई उम्मेदवार बनाइएको छ। डंगोल स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवार दिने तयारीमा थिइन।  

नेकपा एसलाई ललितपुरमा शून्य  

स्थानीय तहको निर्वाचनका लागि ललितपुरमा सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्र गठबन्धन गरेका छन्। ६ वटा स्थानीय तह रहेको ललितपुरमा चार वटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ। ललितपुरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ‘आउट’ गरिएको छ। ललितपुर महानगर, गोदावरी नगर, बाग्मती नगर र महांकाल गाउँपालिकाको प्रमुख कांग्रेसले पाएको छ। गोदावरी प्रमुख र उपप्रमुख दुवै कांग्रेसले पाएको छ।

आयोगलाई ध्यानाकर्षण  

एमालेले गठबन्धन दलहरूलाई फाइदा पुग्नेगरी मतपत्र छापेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ। ६ महानगरपालिका र भक्तपुरका ४ नगरपालिकामा उम्मेदवारी परेका उम्मेदवारहरूको मात्रै चुनाव चिन्ह छपाउने निर्वाचन आयोगको निर्णयले गठबन्धनका दलहरूलाई फाइदा पुगेको भन्दै आयोगको ध्यानाकर्षण गराएको हो। एमाले कार्यालय सचिव भीष्म अधिकारीले पत्र लेख्दै निर्वाचन सुरु भइसकेपछि नियम परिवर्तन गर्न भन्दै ध्यानाकर्षण गराएका हुन्।  

‘पालिकाहरूको भन्दा भिन्न भिन्न प्रकृतिको यस्तो मतपत्र सरासर गठबन्धनका दलहरूलाई मात्र फाइदा पुग्ने आशयप्रेरित छ,’ एमालेको पत्रमा भनिएको छ ‘हामी निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्नु हुँदैन र मतपत्रको डिजाइन परिवर्तन गर्ने जस्तो कामहरू निर्वाचन आयोगबाट हुने छैन भन्ने कुरामा विश्वस्त छौं।’ आयोगले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६ वटा महानगरपालिका र भक्तपुरका ४ वटा नगरपालिकामा उम्मेदवारी परेको उम्मेदवारको मात्रै चुनाव चिह्न राखेर मतपत्र छाप्ने तयारीबारे आयोगको निर्णय भएको जानकारी गराएका थिए।
अर्को समाचार
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
७ घण्टा अघि
•
१ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।




पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।

अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।

दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।

साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।

कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस