नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख कांग्रेसलाई दिने सत्ता गठबन्धन दलको निर्णयले जनता समाजवादी पार्टी (जसपपा) बाँकेमा विवाद उत्पन्न भएको छ। जसपाले नेपालगन्जको प्रमुखमा दाबी गरेको थियो। आफ्नो दाबीविपरीत फरक निर्णय आएपछि जसपा बाँकेमा विवाद सिर्जना भएको हो।
काठमाडौंमा सत्तारुढ गठबन्धनको बैठकले बुधबार नेपालगन्ज उपमहानगरपालिकाको मेयर कांग्रेसलाई दिने निर्णय गरेको थियो। उक्त निर्णय नमान्ने जसपाले जनाएको छ। जसपाका केन्द्रीय कार्यकारिणी सदस्य एवम् बाँके जिल्लावासी प्रतिनिधिसभा सदस्य मोहम्मद इश्तियाक राईले केन्द्रको निर्णय नेपालगन्जमा लागू नहुने बताए। अहिले आधिकारिकरुपमा निर्णय प्राप्त नभएकोले धेरै बोल्न नसक्ने भन्दै उनले भने, ‘ढुक्क हुनुस् त्यसलाई हामी मान्दैनौँ।’ उनले बाँकेमा जसपा एक्लै चुनाव लड्ने बताए।
यसैगरी जसपा बाँके अध्यक्ष एवम् जसपाबाट नेपालगन्जको मेयरका दाबेदार कमरुद्दीन राईले पनि उक्त निर्णय नमान्ने बताए। केन्द्रको निर्णय नेपालगन्जमा लागू नहुने भन्दै उनले आफूहरु फरक समूह बनाएर चुनाव लड्ने बताए। नेपालगन्ज उपमहानगरपालिकाको उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘बरु हामी सबै नेता कार्यकर्ता पार्टीबाहिर रहन्छौं। तर हामी नेपालगन्जमा मेयर एक्लै चुनाव लड्छौं। बिहीबार बिहान हाम्रो बैठक हुन्छ।’ नेपालगन्जको प्रमुखमा आफूले नपाउने भएपछि जसपाले यस अघि नै गठबन्धनबीच चुनावी तालमेलबाट बाहिरिएको थियो।