स्थानीय तहको निर्वाचनमा एक्लै सत्ता गठबन्धनको सामना गर्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएको नेकपा एमालेले जिल्लाभरिका ज्येष्ठ नागरिकलाई भेट्ने भएको छ। स्थानीय तह निर्वाचनको तयारलगायतका विषयमा छलफल गर्न मंगलबार बसेको तेस्रो बैठक बैठकले जिल्लाका ८१ वटा वडाका ज्येष्ठ नागरिकलाई भेट्ने निर्णय गरेको हो।
नेपालमा पहिलोपटक आर्थिक वर्ष २०५१/५२ सालमा तत्कालीन अर्थमन्त्री स्व. भरतमोहन अधिकारीले पहिलोपटक बजेटमा बृद्धभत्ताको व्यवस्था गरेका थिए। मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा घोषणा भएको बृद्धभत्ता कार्यक्रम लोकप्रिय भएको थियो।
पछिल्लोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिक भत्तामा बृद्धि गरेको थियो। नेकपा एमाले बाँकेका इञ्चार्ज सूर्य ढकालले चुनावी अभियानअन्तर्गत ज्येष्ठ नागरिकहरुको रक्षा गर्ने, सुविधा दिने पार्टी नेकपा एमाले हो भन्ने बुझाउनको लागि ज्येष्ठ नागरिकलाई भेट्ने निर्णय गरेको बताए।
ज्येष्ठ नागरिक भेट्ने अभियान वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ। उनका अनुसार बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट घोषणा हुने उम्मेदवारीमा सर्वसम्मत हुन बाँकी वडालाई सर्वमहमतिमा नेतृत्व टुंग्याउन निर्देशन दिने निर्णय भएको बताए। जिल्लाका २३ वटा वडामा सहमति हुन नसकेका २३ वटामा सर्वसम्मत गराउने निर्णय भएको उनको भनाइछ।
यस्तै वैशाख १ गते जिल्लाभरिका आठ हजार संगठित सदस्यहरुले एमालेको सूर्य र स्वस्तिक छाप अंकित चुनाव चिन्ह समाज सञ्चालनमा हालेर प्रचार अभियान सुरु गर्ने निर्णय भएको उनले जनाए। बैठकमा जिल्लाका ८१ वटा वडाबाट आएका सिफारिसलाई लिपिबद्ध गर्ने, वैशाख ५ गतेसम्म जिल्लाभरि उम्मेदवारी टुंगो लगाउने र स्थानीय घोषणापत्र तयार गर्ने विषयमा छलफल भएको थियो।