नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी महामन्त्री गगनकुमार थापा संयोजक रहेको समितिले घोषणापत्र लेखनको काम अघि बढाइरहेका बेला नेताहरूसँग राय लिन बैठक बोलाइएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा चैत ३० गते दिउँसो बस्ने गरी बोलाइएको हो।
घोषणापत्र तयारी समितिबाट अहिलेसम्म गरेको सम्पादनको जानकारी लिएर नेताहरूबाट थप सुझाव संकलन गर्न बैठक बोलाइएको हो। साथै मुलुकमा विकसित राजनीतिक घटनाक्रम, स्थानीय तहको निर्वाचनका लागि पार्टीले अहिलेसम्म गरेको तयारी र आगामी दिनमा गर्नुपर्ने कामबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन्। स्थानीय तहको निर्वाचन सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय यसअघि नै गरिसकेको कांग्रेसले मोडालिटीका विषयमा पनि ठोस निर्णय गर्ने जनाइएको छ।