स्थानीय तह–२०७९: बाँकेमा एमालेलाई कठिन, गठबन्धनलाई सहज
२७ चैत्र २०७८
•
६ मिनेट पाठ
स्थानीय तह–२०७९: बाँकेमा एमालेलाई कठिन, गठबन्धनलाई सहज
२०७४ को स्थानीय तहमा नेकपा एमालेले बाँकेका आठ स्थानीय तहमध्ये चारवटामा विजयी भयो। जानकी र कोहलपुरमा झिनो मतान्तरले विजयी भएको एमालेलाई आउँदो स्थानीय तहको चुनावमा सत्ता गठबन्धनबीच चुनावी तालमेलबिना पनि जित दोहो¥याउन सहज छैन। 




किनकी, त्यतिबेला एमाले एक थियो भने अहिले विभाजनको पीडामा छ। कोहलपुर र जानकी मात्र होइन, ठूलो मतान्तरले विजयी भएको खजुरा र बैजनाथमै कठिन हुने देखिन्छ। यसको मूल कारण हो, ‘एमाले विभाजन हुनु र एमालेबाहेकका ठूला दल गठबन्धन गर्नु।’ यसले गर्दा, वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एमालेलाई बाँकेका आठवटै स्थानीय तहमा विजयी झण्डा फहराउन सहज छैन। यदी गठबन्धन नभयो भने परिणाम मिश्रित आउन सक्छ। भनेको एमाले क्लीनस्वीप हुँदैन। आउँदो चुनावबाट सत्ता गठबन्धन दलहरु पनि सबै स्थानीय तह एमालेविहीन बनाउन चाहान्छन्। उनीहरुकै भाषामा भन्दा बाँकेमा एमालेलाई ‘क्लीनस्वीप’ गर्न चाहान्छन्। के सत्ता गठबन्धन दलहरुको एमालेविहीन स्थानीय तह बनाउने रणनीति सफल हुन्छ त ? एमालेलाई पनि यही प्रश्नले पिरोलेको छ। 

सत्ता गठबन्धन दल एक ठाउँमा उभिए आफू केही वडा जिते पनि नगर तथा गाउँपालिकाबाट पाखा लाग्न सक्ने एमालेको भित्री आँकलन छ। तर, एमाले नेताहरुले मतदाताको मनोबल उच्च राख्न गठबन्धन आए पनि उनीहरुभन्दा आफूले धेरै स्थानीय तह जित्ने दाबी गर्दै आएका छन्। त्यो भनेको, ‘छातिमाथि ढुंगा राखी हास्नु पर्‍या छ, भने जस्तै हो।’

२०७४ सालको चुनावी मतलाई जोडेर विश्लेषण गर्दा गठबन्धनसँग एमालेलाई प्रतिस्पर्धा गर्नसमेत हम्मेहम्मे देखिन्छ। २०७४ सालको मतदाता संख्याभन्दा अहिले बढी भए पनि दलहरुको अवस्था उस्ताउस्तै छ। एमालेले अहिलेको अवस्था २०७४ को जस्तो नभएको बताउँदै आएको छ। 

त्यतिबेला नेपालगन्जमा ६ हजार ९ सय ६५ मत एमालेले पाएको थियो। राप्रपाको १२ हजार पाँच सय १५ मत थियो। दुवैको मत जोड्दा १९ हजार चार सय ८० पुग्छ। राप्रपाको उक्त मत मेयरमा विजयी भएका डा. धवलशमशेर राणाको व्यक्तित्वका कारणले आएको हो। उक्त मत बराबर राप्रपा नेपालगन्जमा यति बलियो छैन। नेपाली कांग्रेसको आठ हजार सात सय ३०, नेकपा (माओवादी केन्द्र) को सात हजार एक सय ९८ र संघीय समाजवादी फोरमको पाँच हजार चार सय ४१ मत जोड्दा गठबन्धनको संयुक्त मत २१ हजार तीन सय ६९ पुग्न जान्छ।  

यता कोहलपुरमा एमालेले झिनो मतान्तरले जित्यो। उपमेयरमा भने कांग्रेसले जितेको छ। नेपाली कांग्रेसभन्दा ८३ मतले एमाले विजयी भयो। एमालेले ९ हजार सात मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेपाली कांग्रेसले आठ हजार ९ सय २४ मत ल्याएको थियो। 

यहाँ माओवादीले ६ हजार दुई सय २१ मत प्राप्त गरेको थियो। एमाले र राप्रपाले चुनावी तालमेल गर्दा पनि गठबन्धनको मत भेटाउन हम्मेहम्मे पर्छ। कोहलपुरमा राप्रपाको मत आठ सय ५६ मात्र थियो। सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादीको मत जोड्दा मात्र १५ हजार एक सय ४५ पुग्छ। मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले दुई हजार तीन सय तीन मत प्राप्त गरेको थियो।

खजुरा गाउँपालिकामा पनि २०७४ सालमा निर्वाचनमा नेकपा एमालेले विजयी भएको थियो। यहाँ प्रमुख प्रतिद्वन्द्वी माओवादी थियो। विजयी उम्मेदवार एमालेले आठ हजार ७० मत प्राप्त गरेको थियो। उक्त मत माओवादीभन्दा एक हजार एक सय ७८ ले बढी हो। 

यो मत हेर्दा एमालेको गठबन्धनभन्दा धेरै हुँदैन। नेपाली कांग्रेसले चार हजार ९ सय ५४ मत पायो। राप्रपाको तीन सय ८६ मत मात्र छ। जानकी गाउँपालिकामा पनि एमालेले विजयी भएको छ। यहाँ नेपाली कांग्रेसभन्दा झिनोअर्थात ७४ मतले मात्र एमाले विजयी भयो। यहाँ एक्लाएक्लै चुनाव लड्दा पनि एमालेलाई चुनाव जित्न सहज छैन। नेपाली कांग्रेसको तीन हजार ९ र माओवादी केन्द्रको मतमात्र जोड्दा गठबन्धनको मत जानकीमा चार हजार ९ सय ४३ पुग्छ। 

यदी यहाँ पनि एमाले र राप्रपाबीच चुनावी तालमेल भए कडा प्रतिस्पर्धा हुने देखिन्छ। एमालेका उम्मेदवारले तीन हजार ८३ मत प्राप्त गरेका थिए। राप्रपाको एक हजार दुई सय ९५ मत त्यसमा जोड्दा चार हजार तीन सय ७८ पुग्न जान्छ। डुडुवामा एमाले तेस्रो स्थानमा छ। एमालेको मतभन्दा नेपाली कांग्रेसका उम्मेदवारले तेब्बर बढी मत ल्याएर विजयी भएका छन्। संघीय समाजवादी फोरम दोस्रो स्थानमा छ। 

नेपाल नेपाली कांग्रेसका उम्मेदवारले चार हजार ६ सय ९१ मत ल्याउँदा एमालेका उम्मेदवारले एक हजार चार सय ६६ मत ल्याए। डुडुवामा एमालेलाई चुनावी प्रतिस्पर्धा गर्नसमेत कठिन छ। नरैनापुरमा पनि एमालेलाई एक्लाएक्लै चुनाव लड्दा कठिन छ। सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा एमालेलाई चुनाव जित्न फलामको चिउरा चपाएजस्तै हुने देखिन्छ। नेकपा एमालेका उम्मेदवारले एक हजार आठ सय ७२ मत मात्र प्राप्त गरे। यहाँ संघीय समाजवादी फोरम नेपालले चार हजार ८० मत ल्याएर विजयी भएको छ। नेपाली कांग्रेसले तीन हजार तीन सय ८८ मत प्राप्त गर्दा माओवादीले पाँच सय ७८ मत मात्र प्राप्त ग¥यो। यता राप्रपाको मत पाँच सय सात थियो। 

नरैनापुरमा पनि गठबन्धनभित्र किचलो नभए गठबन्धनले जित्ने आधार देखिन्छ। बैजनाथ गाउँपालिकामा एमालेले नौ हजार सात सय ७२ मत ल्याएर विजयी भएको छ। यहाँ नेपाली कांग्रेसको ६ हजार पाँच सय ७६ र माओवादीको पाँच सय तीन सय ६३ मत थियो। राप्रपाको ९ सय ६६ मात्र मत थियो। एक्लाएक्लै चुनावी मैदानमा जाँदा एमालेलाई चुनावमा सहज भए पनि गठबन्धनसँग चुनावी प्रतिस्पर्धा गर्न सकस देखिन्छ। राप्तीसोनारीमा आठ हजार दुई सय ३६ मत ल्याउँदै नेपाली कांग्रेसले विजयी बन्यो। एमालेको ६ हजार ९ सय, माओवादीको ६ हजार ६ सय ६४ र राप्रपाको एक हजार ६ सय ६८ मत आएको थियो।

बाँकेका आठवटा स्थानीय तहमध्ये चारवटा नेकपा एमाले कोहलपुर, जानकी, खजुरा र बैजनाथ, नेपाली कांग्रेसले राप्तीसोनारी र डुडुवा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालगन्ज र संघीय समाजवादी फोरम नेपालले नरैनापुरमा जितेका थिए। आउँदो स्थानीय तहको चुनावमा एमाले निराश देखिन्छ। बाहिरी रुप हसिलो भए पनि भित्री मनमा गठबन्धन भत्काउन एमाले लागिपरेको छ। गठबन्धनबिना चुनावमा जाँदा एमाले र नेपाली कांग्रेसबीच तिव्र प्रतिस्पर्धा हुने देखिन्छ। माओवादी र राप्रपालाई वडाबाहेक स्थानीय तहमा जित्न कठिन र चुनौतीपूर्ण संघर्ष गर्नुपर्छ।  

२०७४ सालको मत परिणाम

स्थानीय तह नेकपा एमाले नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र राप्रपा कैफियत

नेपालगन्ज ६९६५ ८७३० ७१९८ १२५१५  

कोहलपुर  ९००७ ८,९२४ ६२२१ ८५६  

खजुरा  ८०७० ४९५४ ६८९२ ३८६  

जानकी  ३०८३ ३००९ १९३४ १२९५  

बैजनाथ   ९७७२ ६५७६ ५३६३ ९६६  

डुडुवा १४६६  ४६९१ ९३७ ९६४ ४१९२ (संघीय समाजवादी फोरम, नेपाल

राप्तीसोनारी ६९००  ८२३६ ६६६४ १६६८  

नरैनापुर १८७२ ३३८८ ५७८ ५०७ ४०८० (संघीय समाजवादी फोरम, नेपाल

रणनीतिक योजनामा एमाले

यता नेकपा एमालेले भने बाँकेका ६ वटा पालिकामा जित्ने दाबी गरेको छ। २०७४ सालको चुनावमा एमालेले बाँकेका चारवटा स्थानीय तहको चुनाव जितेको थियो। फुटको प्रभाव नपरेको एमालेको भनाइ छ। एमालेबाट केही व्यक्ति अलग भए पनि उनीहरुभन्दा बढी व्यक्ति माओवादीबाट एमालेमा समाहित भएको एमालेको ठहर छ। अहिले एमालेमा प्रवेश गर्नेहरुको लहर भएको एमालेका जिल्ला सचिव रत्न खत्रीले बताए। ‘बाँकेमा एमाले कमजोर छैन,’ उनले भने, ‘एमाले पहिलाको भन्दा अहिले अझ सशक्त र बलियो भएको छ।’ 

सत्ता गठबन्धनमा भागबण्डा नमिल्दाको फाइदा उठाउनेसमेत एमालेको तयारी छ। उम्मेदवारमा दाबी गरेका तर टिकट नपाएकालाई भड्काएर मत प्रभाव पार्ने रणनीतिमा समेत एमाले छ। नेपाली कांग्रेसभित्रको अन्तरद्वन्द्वका कारण उसका मत केही साटफेर हुने पनि देखिन्छ। बाँकेमा सत्ता गठबन्धनभन्दा एमालेले ठूलो कसरत गरिरहेको छ। गठबन्धनसँग चुनावी प्रतिस्पर्धा एमालेका लागि नयाँ नभएको खत्रीले बताए। 

गठबन्धनले एमालेसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ। बाँकेमा एक्लाएक्लै लड्दा सबै पालिका एमालेले जित्ने र गठबन्धनसँग चुनाव भयो भने आठमध्ये ६ पालिकामा एमाले विजयी हुने र दुई पालिकामा कडा प्रतिस्पर्धा हुने उनको दाबी छ। ‘बाँकेमा एमालेको मत २०७४ को होइन, अहिले धेरै सुधार भएको छ,’ उनले भने, ‘अरु पार्टीलाई छाडेर हजारौं मतदाता एमालेमा आएका छन्।’ यसको आधारमा पनि एमालेको मत २०७४ कोभन्दा अहिले धेरै भएको उनको भनाइ छ।

गठबन्धनसँग चुनावी प्रतिस्पर्धामा जाँदा एमालेलाई कुनै चुनौती नहुने उनी बताउँछन्। ‘हामी जनताको घरघरमा पुगेका छौं,’ उनले भने, ‘अरु दलहरु कहाँ छन् थाहा छैन।’ एमाले बाँकेमा फुटको असर शून्य भएको भन्दै आजको जनमतको तागतले एमाले अझ बलियो भएको उनले बताए।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
५७ मिनेट अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस