अति दुर्गम बस्तीबाट गुनासै–गुनासोको पोको बोकेर फर्किए गृहमन्त्री खाँण
२५ चैत्र २०७८
•
३ मिनेट पाठ
अति दुर्गम बस्तीबाट गुनासै–गुनासोको पोको बोकेर फर्किए गृहमन्त्री खाँण
म्याग्दीको अति विकट धवलागिरी गाउँपालिका–१, गूर्जामा पुगेका गृहमन्त्री खाँणसँगै स्थानीय। तस्बिर सौजन्यः दिप छन्त्याल
एउटा उखान निकै प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन।’ यो उखानबाट नै स्पष्ट हुन्छ गुर्जाको अवस्था, विवशता र बाध्यता। म्याग्दीको सदरमुकाम बेनीबाट करिव २६ कोष टाढा रहेको जिल्लाकै सबैभन्दा दुर्गम धवलागिरी गाउँपालिका–१,गूर्जामा शुक्रबार हेलिकप्टरमा पुगेका गृहमन्त्री बालकृष्ण खाँणले गाउँको अवस्था देखेर आश्चार्यचकित भए।




समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा भौगोलिक रूपमा विकट, विकासका दृष्टिले निकै पछाडी, हिमालको काखैमा अवस्थित गूर्जाबासीको अवस्थाका बारेमा करिब एक घण्टाको बसाईमा धेरै जानकारी लिए। जिल्लाको नक्सामा लुकेको बस्तीको रुपमा चिनिने गुर्जाबासीले गृहमन्त्री खाँणलाई लालपूर्जाविहीन अवस्था,शिक्षा, स्वास्थ्य, विकास निर्माणका साथै आफ्ना दर्जनौ समस्याहरू खुलेर सुनाए।

हेलिप्याडबाट गाउँसम्म पुगेका खाँणलाई म्याग्दीको सुगम क्षेत्रका बस्तीले मात्रै प्राथमिकता पाएको भन्दै गुर्जालाई उपेक्षा गरिएको गुनासो गरेका थिए। ‘चार महिना हिउँभित्र बस्नुपर्छ, मोटर हेर्न झण्डै एकदिनको यात्रा गर्नुपर्छ,’ स्थानीयले गृहमन्त्री खाँणलाई भने। पहिलोपटक गृहमन्त्री नै गाउँमा आएपछि उत्साहित भएका स्थानीयले दुर्गम र सुगमका योजनामा समान बजेट हुने भएकाले ढुवानीमै सकिने गरेको बताएका थिए। ‘पिछडिएको क्षेत्रलाई सधै बेवास्ता गरिएको छ, दुगर्म नाम मात्रैको हो, सुविधा केही छैन,’ स्थानीय केआईसिङ छन्त्यालले भने। स्थानीयले दर्जनौ गुनासो सुनाएपछि गृहमन्त्री खाँणले तत्कालै स्थानीयकै उपस्थितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेललाई फोन गरेर सुनाए।  

उनले उपाध्यक्ष डा. पौडेललाई विकास निर्माणसहित अन्य प्राथमिकतामा दुर्गम क्षेत्रलाई सुगम सरह हेरिनु यायोचित नभएकाले  सडक सञ्जालले नछोएको वडा र गाउँलाई अति दुर्गम स्थानका रूपमा परिभाषित गरी विकास निर्माणसहित दुर्गम भत्तामा सतप्रतिशत सुविधा दिने गरी आगामी बजेटमा प्राथमकिता दिन समेत अनुरोध गरेका छन्। ‘यहाँको अवस्थामा बारेमा फर्किएपछि मन्त्रिपरिषद्, योजना आयोगसँग कुरा गर्छु, दुर्गमलाई नै सुगम बनाउने अभियानमा अव योजना आयोगले प्राथमिकता दिनुपर्छ,’ गृहमन्त्री खाँणले भने। उनले प्रकृति अनुपम सुन्दरता र सम्पदा खन्याईदिएको भएपनि स्थानीयले धेरै किसिमका दुःख, कष्टको सामना गर्नुपरेको बताउँदै आफ्नो सक्रियतामा केही परिवर्तन गर्ने बताए।  

गृहमन्त्री खाँणले अति विकट बस्तीमा बसेर जन्मभूमीको रक्षा गरेको भन्दै गुर्जाबासीलाई धन्यवाद समेत दिए। स्थानीय अगुवा दीपप्रसाद छन्त्यालले गृहमन्त्रीलाई गाउँको समस्याको भारी बोकाएर पठाएको बताए। उनले पर्यटन, हिमाल आरोहणसहित अन्य योजनाहरूमा समेत सरकारबाट प्राथमिकता दिन, पर्यटन मन्त्रालयलाई निर्देशन दिन समेत माग गरिएको बताए।

तत्कालै आवश्यक योजनासहित आगामी बजेटमा प्राथमिकतामा पर्नेमा आशाबादी रहेको बताए। जिल्लामा प्रत्येक वडामा मोटरबाटो, विद्युत र बैंकिङ सेवा लगायतका सुविधा भएपनि दुर्गम क्षेत्रका बासिन्दाले सधै अभावै अभावमा बस्नुपर्ने बाध्यता रहेकाले गृहमन्त्रीलाई जिल्ला आएको बेलामा मौका छोपेर गुर्जाको अवस्था देखाउन लगिएको थियो। म्याग्दी हिमाली जिल्लामा सूचीकृत भएपनि हालसम्म अन्य हिमाली जिल्ला सहर सुविधा प्राप्त गर्न सकेको छैन।
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
१ सेकेन्ड अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ सेकेन्ड अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस