सत्ता गठबन्धनका दलहरूलाई उम्मेदवार छान्न वडास्तरमै सकस भएको छ। आकांक्षी धेरै हुँदा वडाध्यक्ष र सदस्यका उम्मेदवार छनोट गर्न गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) लाई सकस भएको हो। नेकपा एमालेले भने सबै ठाउँमा सर्वसम्मत उम्मेदवार बनाउने नीति लिएको छ।
‘केही ठाउँमा सर्वसम्मत चयन भएको छ भने धेरैजसोमा आकांक्षी धेरै हुँदा वडा समितिले पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र हुँदै जिल्लामा नामावली पठाउनेछ,’ कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले भने, ‘जिल्लासम्म आउँदा उम्मेदवार टुंग्याउँछौं, प्रक्रिया सुरु भइसकेको छ।’ सदरमुकाम रहेको गोरखा नगरपालिका–६ मा कांग्रेसका तर्फबाट अध्यक्षमा उम्मेदवार दाबी गर्ने सातजना छन् भने एक दलित महिला, एक महिला र दुई खुला सदस्यका लागि १५ भन्दा बढी आकांक्षी छन्।
दुईभन्दा बढी उम्मेदवार अधिकांश वडामा छन्। सदरमुकामको वडा भएकाले पनि अन्य दलमा पनि सर्वसम्मत उम्मेदवार चयन गर्न मुस्किल भएको छ। ‘पालिकाले टुंग्याउन नसके क्षेत्रीय समितिमा र त्यसले पनि टुंग्याउन नसके चैत २७ भित्र जिल्लामा आइपुग्नेछ,’ सभापति न्यौपानेले भने, ‘क्षेत्रसम्म नटुंगिएको उम्मेदवार जिल्लाले टुंगो लगाउनेछ।’ सत्ता गठबन्धनमा रहेका दलहरूबीच तालमेल हुँदा सहजै जित हात पार्न सकिने दाउमा कतिपयले उम्मेदवारको दाबी छाडेका छैनन्।
यसअघि जनप्रतिनिधि भएर काम गरेका अधिकांशले पुनः उम्मेदवार हुन पाउनुपर्ने दाबी गरेका छन्। दोहोरिन चाहेका अधिकांश पुरानै पद लिएर पनि चुनाव लड्ने तयारीमा छन् भने केही मात्रै माथिल्लो पदमा आकांक्षी रहेका छन्।
माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर थापाले आन्तरिक रूपमा उम्मेदवार को हुने भन्ने विषयमा गृहकार्य भइरहेको बताए। पालिका र वडास्तरमा पनि गठबन्धन कसरी गर्न सकिन्छ भन्नेबारे दलहरूबीच स्थानीय स्तरमा छलफल चलिरहेको उनको भनाइ छ।
माओवादी केन्द्रले अधिकांश ठाउँमा वडा उम्मेदवार सर्वसम्मत टुंग्याउन सकेको छैन। यसअघिको निर्वाचनमा कांग्रेससँग थोरै मतले पराजित यो पार्टीले आफ्नो उपस्थिति धेरै वडा, पालिकामा देखाउन चाहेको छ। गठबन्धन भएको खण्डमा उम्मेदवार बन्न चाहनेको लर्को माओवादी केन्द्रमा पनि लाग्नेछ। गठबन्धन नहुँदा पनि विजयी भएका ठाउँमा दोहोर्याउने मनस्थितिमा जनप्रतिनिधि रहेका छन्।
कांग्रेस र माओवादी केन्द्रले एकअर्कालाई प्रतिस्पर्धी दलका रूपमा लिने गोरखामा गठबन्धनपछि नतिजा आफ्नो पक्षमा हुने दुवैको दाबी छ। जसपा जिल्ला अध्यक्ष यानप्रसाद भट्टले उम्मेदवार छनोटको प्रक्रिया चलिरहेको बताए। ‘कतिपय ठाउँमा छनोट भइसक्यो, एकदुई दिनमा सबै वडामा सकिन्छ,’ उनले भने, ‘केही ठाउँमा उम्मेदवारका आकांक्षी धेरै छन्।
आन्तरिक रूपमै समस्या हल गर्छौं।’ गठबन्धन हुँदा कहाँ उम्मेदवार लिने, कहाँ छाड्ने भन्ने यकिन हुन बाँकी रहेको उनले बताए। पालुङटार नगरपालिकामा मेयरका लागि ६ जना र उपमेयरका लागि नौजनाले इच्छा देखाएका थिए। सर्वसम्मत गर्ने केन्द्रीय र जिल्ला नेताको प्रयास असफल भएको थियो।
सांगठनिक रूपमा गठबन्धनका दलहरूमा कमजोर देखिएको नेकपा एकीकृत समाजवादीले पनि गठबन्धनको निर्णयअनुसार उम्मेदवार चयन गर्ने जनाएको छ। जिल्ला अध्यक्ष यादव बस्नेतले एक्लै उम्मेदवारी दिनुपर्दा पनि पार्टी तयार रहेको बताए। चुनावी तालमेल गर्नुपर्दा पनि उम्मेदवार तय भइसकेको उनको भनाइ छ। ‘पार्टीभित्र उम्मेदवार चयन गर्दा सर्वसम्मतिको प्रयास हुनेछ,’ उनले भने।
सोमबार पनि बैठक बसेर दलहरूले सत्ता गठबन्धनबीच चुनावी तालमेलको प्राविधिक विषयमा छलफल गरेका छन्। संयन्त्र संयोजकसमेत रहेका जिल्ला सभापति न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले तीन बुँदे निर्णय गरेको हो। गठबन्धनबारे केन्द्रीय समितिबाट जिल्ला र पालिका समितिमा प्राप्त पत्रहरूको फरकफरक सन्देश प्रवाह भएको र जिल्ला नेतृत्वमा फरकफरक बुझाइ बनेको निष्कर्ष बैठकले निकालेको छ।
सो सन्दर्भमा परिपत्र पठाउँदा सबै दललाई सहज, सरल र एकरूपता हुने गरी परिपत्र गर्न केन्द्रीय गठबन्धन संयन्त्रलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ। त्यस्तै गठबन्धन दलको जिल्ला अवस्थाबारे आ–आफ्ना दलको केन्द्रीय समितिमा जानकारी गराउने निर्णय पनि भएको छ। साथै सोमबार दलहरूले आफ्नो संगठनिक अवस्था र गठबन्धनबारे धारणा प्रस्तुत गरी समीक्षा गरेका थिए।
एमाले भने उम्मेदवार चयन सर्वसम्मत गराउने योजनामा छ। चैत २८ सम्म वडा, गाउँपालिका तथा नगरपालिका उम्मेदवार चयन भइसक्ने जिल्ला अध्यक्ष प्रेम गुरुङले बताए। ‘केन्द्रीयदेखि जिल्ला, पालिका, वडासम्मको पार्टीका अधिवेशन सर्वसम्मत गरेको एमालेले उम्मेदवार पनि सर्वसम्मत गर्नेछ,’ अध्यक्ष गुरुङले भने, ‘पालिकास्तरमा केही ठाउँमा धेरै आकांक्षी हुनुहोला, हामी आन्तरिक रूपमा मिलाउँछौं।’ वडा र पालिकाले टुंगो लगाएको दुई दिनभित्र जिल्लाले उम्मेदवार चयन गर्ने उनले बताए।
चैत मसान्तसम्म वडा, पालिकाको उम्मेदवार छनोट गर्ने एमालेले जनाइएको छ। सत्ता गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल हुने विषयमा विचार मिल्न नसक्ने उनले दाबी गरे। ‘गठबन्धनले परिणाममा केही फरक पर्न सक्छ,’ उनले भने, ‘तर यसले एमालेलाई घाटा गर्दैन, फाइदै गर्छ।’