राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह भएकाे बताएका छन्। उनले भने, ‘हामी भ्रष्टाचार गर्नुलाई आमाको रगत खानुसरह मानेर काम गर्छौँ। हामी देशलाई नयाँ दिशा दिने योजनाका साथ आएका छौँ।’
कांग्रेस, एमाले र माओवादी एकै भएको बताएका छन्। राप्रपाले नेपालन्जमा आयोजना गरेको बृहत् आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले व्यवहारमा कांग्रेस, एमाले, माओवादी एकै भएको र यी पार्टीकै कारण अहिले देश संकटमा परेको दाबी गरे।
उनले अहिले संसद्, सरकार र अदालत तीनै अंग समस्या ग्रस्त रहेको बताउँदै यसको दोष वर्तमान शासन व्यवस्था रहेको बताए। आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई भोट माग्दै पश्चिम नेपालमा आमसभा आयोजना गर्दै हिँडेका लिङ्देनले अहिलेको शासन व्यवस्थाका पक्षधर मुख्य दललाई नै फेरि पनि भोट दिएमा जनताले नै दुःख पाउने जिकिर गरे। उनले भने, ‘देशको ठुल्ठुला भ्रष्टाचार काण्डमा यी पार्टी एकै ठाउँमा छन् भन्ने पनि तपाईंलाई थाहा छ। यी पार्टी सबै एकै हुन् भन्ने पनि थाहा छ। तर भोट हाल्ने बेला बाउबाजेले यसैमा भोट हाले। पार्टी छोड्न सकिँदैन भन्दै तिनैलाई भोट हाल्नुहुन्छ। त्यही भएर देशको अवस्था यस्तो छ।’
उनले करिब ४० मिनेट भाषण गरेक उनले राप्रपालाई भ्रष्टाचार विरोधी शक्तिका रुपमा अर्थ्याउने प्रयास गरे। यस्तै उनले अब राजतन्त्र र हिन्दूराष्ट्रको आवाजलाई कसैले रोक्न नसक्ने पनि बताएका छन्। राप्रपाले देशमा गणतन्त्रको लहर उच्च रहेको बेलादेखि राजतन्त्र र हिन्दूराज्यका पक्षमा आवाज उठाउँदै आएकोमा अहिले त्यो माग सबै नेपालीको भइसकेको दाबी गरे। उनले राजतन्त्र र हिन्दूराष्ट्र नेपालको स्थायित्वको आधार भएको पनि बताए ।
त्रिभुवनचोक पूर्वमा भएको सभामा राप्रपाका महामन्त्री धवलशमशेर राणा, कुन्ती शाही, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री प्रेमबहादु भण्डारी, नेतृ रेखा थापालगायतले पनि सम्बोधन गरेका थिए। त्यस्तै उनले बर्दियाको भेलालाई पनि सम्बोधन गरेका छन्।