नेपाली काँग्रेस पार्टीको जिल्ला नेतृत्व चयनको प्रक्रिया सर्लाहीमा फेरि अवरुद्ध भएको छ भने रौतहटमा निकै उत्साहपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ।
मधेस प्रदेशको सबैभन्दा बढी विवादास्पद जिल्लाको रुपमा सर्लाहीले आफ्नो पहिचान कायम राखेको छ। नेपाली काँग्रेसको वडा अधिवेशनमा नै गोली हानाहान भएको सर्लाहीमा जिल्ला नेतृत्व चयनको प्रक्रिया फेरि अवरुद्ध भएको छ।
जिल्ला नेतृत्व चयनको लागि मिति निर्धारण हुँदै र विवादका कारण स्थगित हुँदै आएको मतदान सोमवार फेरि स्थगित भएको छ। नेपाली काँग्रेसको जिल्ला निर्वाचन अधिकृतको कार्यालय मलंगवा सर्लाहीका जिल्ला निर्वाचन अधिकृत अधिवक्ता नागेश्वर प्रसाद सिंहले निर्वाचन स्थगन गरिएको सूचना प्रकाशित गरेका छन्।
जिल्ला सदरमुकाम मलंगवास्थित पब्लिक मतदान केन्द्रमा तोकिएको जिल्ला नेतृत्व चयनको मतदान स्थगित भएपछि सर्लाही नेतृत्व चयनमा फेरि अन्यौल बढेको छ। विशेष परिस्थितिको कारणले अर्को सूचना नभएसम्मका लागि निर्वाचन कार्य सम्पन्न गर्न गराउनको लागि तोकिएको सम्पूर्ण कार्यतालिका स्थगित गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
सर्लाहीमा डा. अमरेशकुमार सिंह र प्रदेश मन्त्री वीरेन्द्र सिंह गरी दुई पक्षबीच व्यापक मतभेद रहेको छ। सर्लाहीमा नेपाली काँग्रेसको निर्वाचन प्रक्रिया फेरि अवरुद्ध भएपछि मतदान गर्न मलंगवा पुगेका मतदाताहरु निराश भएर फर्केका छन्।
सर्लाहीमा नेपाली काँग्रेसको निर्वाचन प्रक्रिया स्थगित भए पनि रौतहटमा भने नब्बे प्रतिशतभन्दा बढी मतदान भएको छ। रौतहटमा हृदयनारायण यादव र जितेन्द्र यादव गरी दुई प्यानलमा कडा प्रतिस्पर्धा रहेको बताइएको छ।
कडा प्रतिस्पर्धा भएको कारण दुवै पक्षले पार्टीका मतदातालाई मतदान केन्द्रसम्म पुग्ने वातावरण बनाउन निकै महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। नेपाली काँग्रेस पार्टीको जिल्ला नेतृत्व चयनमा पनि विवाद देखिएकोमा आपसी सहमतिपछि गत २१ फागुनमा स्थगित निर्वाचन २३ मा गर्ने सहमति भएको भएको थियो।
जिल्लामा नेपाली काँग्रेसको जिल्लामा कूल मतदाता २ हजार ५८८ रहेकामा ९५ प्रतिशतभन्दा बढीले मतदान गरेका छन्। एउटा प्रजातान्त्रिक पार्टीका कार्यकर्ताले प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयनमा अत्यधिक सहभागिता देखाएको निर्वाचन कार्यालयले जानकारी दिएको छ। बिहान ९ बजेदेखि सुरु भएको मतदानमा साँझ साढे ५ बजेसम्म २ हजार ४८१ ले मतदान गरेका छन्।
चार संसदीय क्षेत्रमा विभाजित रौतहटमा क्षेत्र नम्बर १ मा ६७३ मध्ये ६१३, क्षेत्र नम्बर २ मा ६७२ मध्ये ६५४, क्षेत्र नम्बर ३ मा ७३९ मध्ये ७२५ र क्षेत्र नम्बर ४ मा ५०४ मध्ये ४८९ मतदाताले निर्वाचनमा सहभागिता जनाएका छन्।
सोमबार रातिबाट नै मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ।