योजनाको प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गर्छौंः मुख्यमन्त्री पोखरेल
२५ माघ २०७८
•
१ मिनेट पाठ
योजनाको प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गर्छौंः मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले गण्डकी प्रदेशमा धेरै सम्भवनाको खानी रहेको बताएका छन्र। कुश्मा नगरपालिका–३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १४औँ स्मृति दिवस मनाउन सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले गण्डकी प्रदेशको सम्भवनालाई पहिचान गरी सरकारले समृद्ध प्रदेश निर्माणका योजना तय गरेको बताए।




उनले प्रदेशमा क्यान्सर अस्पताल निर्माण, सुस्तात्रिवेणीबाट मुस्ताङसम्मको द्रुतमार्ग निर्माण, महिलाहरूको पाठेघर निःशुल्क उपचार, कोभिडपीडितलाई राहतका कार्यक्रम, सबै जिल्ला अस्पतालको स्तरोन्नति, मुख्य सडकको स्तरोन्नतिजस्ता विषयलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेटमार्फत काम गर्ने सोचमा रहेको बताए। उनले चालु वर्ष प्रदेश सरकारले हतारमा बजेट ल्याउनुपर्दा कतिपय जनताका माग सम्बोधन गर्न नसक्नु आफ्नो बाध्यता रहेको पनि स्वीकारे।

मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले बोलपत्र गरेका योजनामा आफ्नो सरकारले बजेट हाल्नुपर्दा सोचअनुरुपका योजना अधुरा रहेको चर्चा गरेका थिए।  केन्द्र सरकारसँग रु ५० अर्ब बजेट मागेको बताउँदै जानकारी गराउँदै उनले केन्द्र सरकारले प्रदेशको अनुरोध मानेर बजेट विनियोजन गर्ने आशा व्यक्त गरेका थिए। स्मृति दिवसमा उत्कृष्ट अङ्क ल्याएर पास भएका जेहेन्दार विद्यार्थी, समाजिक व्यक्ति, पत्रकार, जनप्रतिनिधि, ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने दीर्घरोगीलाई उपचार खर्च वितरण गरिएको थियो।
अर्को समाचार
गण्डकीको बजेटमा पर्यटनः पाँचवर्षमा विदेशी पर्यटक आगमन दोब्बर बनाउने
०१ असार २०८३
•
४ मिनेट पाठ
गण्डकीको बजेटमा पर्यटनः पाँचवर्षमा विदेशी पर्यटक आगमन दोब्बर बनाउने
आगामि पाँचवर्षमा गण्डकी प्रदेशमा विदेशी पाहुना आगमन दोब्बर पुर्याउने लक्ष्य सहित गण्डकी प्रदेश सरकारले आगामि आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छ। पाहुना आगमन बढाउने लक्ष्य सहित प्रवर्द्धन र पूर्वाधार निर्माणमा जोड दिएको प्रदेश सरकारले बताएको छ।  




प्रदेशको आगामि आर्थिक वर्ष (२०८३/८४)को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले गण्डकी प्रदेशमा विदेशी पर्यटकको आगमन दोब्बर बनाउनका लागि हवाई पहुँच बिस्तारमा जोड, विभिन्न धार्मिक पर्यटकीय पदमार्गको बिस्तार, सिमापार पर्यटन प्रवर्द्धनमा जोड दिने बताएका छन्। उद्योग र पर्यटनका लागि प्रदेश सरकारले २ अर्ब रुपैयाँ बजेट विनियोजन पनि गरेको छ।  

अहिले प्रदेशमा कति संख्यामा विदेशी पाहुना आउँछन् भन्ने यकिन तथ्यांक कतै छैन। तर, पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालयका अनुसार कम्तिमा पनि ८ लाख विदेशी पाहुना भित्रिएको अनुमान छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र सन् २०२५ मा ५ लाख १४ हजार विदेशी पाहुना भित्रिएको र ती बाहेक पोखरा सहर घुमेर मात्र फर्किने विदेशीको संख्या पनि पर्याप्त हुने हुँदा वर्षमा कम्तिमा ८ लाख विदेशी पाहुना भित्रिएको अनुमान गर्न सकिने पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराज लामिछाने बताउँछन्।  

उनका अनुसार भारतीय पाहुनाको आगमन यो वर्ष अत्यधिक हुँदा पोखरामा विदेशी पाहुनाको आगमन यो वर्ष १० लाख हाराहारीमा पुग्न सक्ने अनुमान छ। तर, आधिकारिक तथ्यांक भने कतै छैन। लामिछानेको अनुमानमा गण्डकी प्रदेशमा विदेशीमात्र ८ लाख हाराहारीमा आउँछन्। यो पटक भारतीयको आगमन अत्यधिक भएको छ। आन्तरिक बाहेकका सबै पर्यटक विदेशी हुन। पछिल्लो समय भारतीयको आकार ह्वात्तै बढेको छ।  

‘आएजतिका सबै पाहुना अन्नपूर्ण क्षेत्र जाँदैनन र सबै पोखरामा मात्र पनि घुम्दैनन,’ उनले भने, ‘अहिलेको आगमनको भीडभाड देख्दा यो वर्ष पोखराले मात्र १० लाख हाराहारीमा विदेशी पाहुना पाएको अनुमान गर्न सकिन्छ।’ १० लाख पाहुना भित्रिएको अनुमानको आधारमा प्रदेश सरकारले आगमन दोब्बर बनाउने भनेर बजेटमा समेटेको उनले बताए। 

‘अहिलेको भीडभाड, आउजाउमा सहजता जस्ता कुराले पाहुना आगमन पाँचवर्षमा २० लाख हाराहारीमा पु¥याउनुपर्ने हुन्छ,’ उनले भने, ‘अलिकति व्यवस्थापन गर्ने हो भने पोखराले अबको पाँचवर्षमा अहिलेको आगमन दोब्बर पुर्याउनु खासै समस्या होईन। तर, अब भने व्यवस्थापनमा जोड दिनुपर्ने बेला भएको छ। २० लाख पर्यटक भित्र्याउन कुनै कठिन पनि छैन।’
पोखरामा पछिल्लो समय अधिक संख्यामा भारतीय पाहुना भित्रिएको अवस्थामा संख्या बढाउनु भन्दा पनि व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको उनले बताए। ‘पछिल्लो समयको भीडभाड देखेर त व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको देखिन्छ। भारतीयको आगमन संख्या बढेसँगै त्यसलाई व्यवस्थापन गर्न सक्षम पनि हुनुपर्छ। क्षमता भन्दा बढि पर्यटक आए भने त्यसलाई व्यवस्थापन गर्नुपर्छ,’ लामिछानेले भने, ‘संख्या बढाउनका लागि प्रवर्द्धन पनि चाहिन्छ। त्यसबाहेकका व्यवस्थापन गर्नका लागि पर्यटकलाई नयाँनयाँ गन्तव्यमा पनि घुम्न पठाउनुपर्छ।’  

पर्यटक आगमन बढाउने योजना बाहेक गण्डकी प्रदेश सरकारले बजेटमा पूर्वाधार निर्माणलाई पनि उत्तिकै प्राथमिकता दिएको छ। पर्यटनमैत्री विकास निर्माण गर्ने योजना सरकारको रहेको आर्थिक मामिला मन्त्री शेरचनले बताए। ‘पहिला घरदेश अनि परदेश’ लाई पनि प्रदेश सरकारले यो पटक बजेटमा निरन्तरता दिएको छ। त्यस्तै ‘लेक टु लेक’ कार्यक्रम पनि सरकारकै प्राथमिकतामा छन।  

पहिला घरदेश अनि परदेश तथा लेक टु लेक कार्यक्रममार्फत प्रदेशमा आन्तरिक र बाह्यक पर्यटनमा प्रवर्द्धन हुने मन्त्री शेरचनको विश्वास छ। स्थानीय कला संस्कृति, परम्परा र उत्पादनलाई पनि पर्यटनसँग जोड्ने सक्ने हो भने त्यसबाट लाभ लिन सकिने उनले बताए।

त्यसबाहेक निजी क्षेत्र, पर्यटन बोर्ड र गण्डकी सरकार मिलेर पर्यटन प्रवर्द्धन गर्ने योजनालाई पनि प्रदेश सरकारमा समावेश गरेको छ। ‘गण्डकी जाउँ प्रकृति र संस्कृतिसँग रमाउँ,’ अभियानलाई सुदृढ बनाउँदै पोखरालाई ‘माइस टुरिजम’ (मिटिङ, इन्सेन्टीभ, कन्फेरेन्स र एक्जिविसन), स्वास्थ्य र खेलकुद तथा साहसिक पर्यटन क्षेत्रको गन्तव्यको रुपमा विकास गर्ने योजना पनि सरकारको रहेको छ।  

त्यसैगरि प्रमुख पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास, पदमार्ग निर्माण र स्तरोन्नती र पर्यटन मैत्री विकासलाई बजेटमा समेटिएको छ। दामोदर कुण्ड–मुक्तिनाथ–गलेश्वर–पञ्चकोट–रिडी–रामदी–केलादिघाट–देवघाट–त्रिवेणीधाम जोड्ने ‘धार्मिक पर्यटन परिपथ’ विकासलाई पनि बजेटले समेटेको छ। ती परिपथसँग जोडिएका पदमार्गमा आधारभूत पूर्वाधार विस्तार गर्नेदेखि मोदीबेनीधाम देखि पर्वतको पुर्कोट र भैरवस्थान धार्मिक पदमार्ग निर्माण अगाडि बढाइने पनि बजेटमा उल्लेख छ।  

बजेटमा मनास्लु, अन्नपूर्ण, धौलागिरी र ढोरपाटन चक्रिय पदमार्ग स्तरोन्नती गर्ने तथा ती क्षेत्रमा वैकल्पिक पदमार्ग पहिचान गर्नका लागि पनि बजेटमा प्राथमिकता दिइएको छ। ढोरपाटनको बुकी संरक्षण गर्ने तथा त्यहाँ जलाशय निर्माण गरेर आन्तरिक पर्यटकलाई घुम्न पठाउने योजनालाई पनि सरकारले बजेटमा समेटेको छ।  

सरकारले अघिल्लो वर्षजस्तै यो पटक पनि ‘राउन्ड फेवा र भ्यू फेवा’लाई बजेटमा प्राथमिकता दिएको छ। फेवा होराइजन, सेल्फी ब्रिज, रुपातालमा शिशाको पुल बनाउका लागि पनि बजेट दिएको छ। त्यस्तै पोखरा महानगरको साझेदारीमा फेवातालको मध्यवर्ती क्षेत्र सौन्दर्यकरणका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। बजेटमा प्रदेशसरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्य बनाउने उल्लेख गरेको छ। स्थानीय संस्कृति, होमस्टे, फार्मस्टे र रैथाने उत्पादनको ब्राण्डिङ गर्ने पनि सरकारी तयारी छ।  
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस