कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र विजय भएका शाह कांग्रेस प्रवेश गरेका हुन्।
कृष्णनगर नगरपालिका–८ स्थित मेयर शाहको निवासमा कांग्रेस कपिलवस्तुद्वारा आयोजित बृहद पार्टी प्रवेश कार्यक्रममा मेयर शाहसहित चार हजार बढी कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेको पार्टी जिल्ला सभापति अब्दुल कलामले बताए। पार्टीका ल्म्बिनी प्रदेश अध्यक्ष अमर सिंह पुन, प्रदेश महासचिव सुरेन्द्र राजग आचार्य, पार्टी जिल्ला अध्यक्ष कमालले पार्टी सदस्यता दिई माला लगाएर पार्टी प्रवेश गराएका थिए।
नगरपालिकाका वडा नम्बर ९का अध्यक्ष रमामिलन चौधरी, वहुजन पार्टीका प्रभावशाली नेता चर्तुभुज कहांर शाह परिवारका सदस्य, वडा सदस्यहरु लगायतक एक हजारलाई पार्टीको साधार सदस्ता दिइएको थियो।
सो अवसरमा कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष पुनले आउने स्थानीय तहको निर्वाचनमा कांग्रेसले नै जित्ने बताए। उनले देशव्यापीरुपमा कांग्रेस कै लहर चलिरहेकोले आउने ३ वटै तहको निर्वाचनमा कांग्रेस एक नम्बरको पार्टी हुने बताए। उनले कांग्रेस एकबद्ध भएर जनताको मन जित्ने खालको काम गर्न निर्देशन समेत दिए। सो अवसरमा नव प्रवेशी मेयर शाहले शाह परिवारको कांग्रेसप्रतिको रगत, इतिहास र नाताले आफू चौथो पुस्ताकारुपमा कांग्रेसमा प्रवेश गरेको बताए। आफूले मेयरकारुपमा साढे ४ वर्ष ईमान्दारीकासाथ काम गरेकोले जनताले त्यसको मूल्यांकन गर्ने पनि बताए। उनले नयाँ पारिकारुप आफूले सुरुवात गरेको भन्दै जनतालाई आशिर्वाद दिन आग्रह गरे।
पार्टी अध्यक्ष कलामको अध्यक्षता पार्टी सचिव प्रेमबहादुर सिंह रायमाझीको संचालनमा भएको कार्यक्रममा सांसद अतहर कमाल, सांसद अभिषेक प्रताप शाह, नेता राजेश सिंह, सुधारक पाण्डेय, पार्टी सचिव शक्ति सिंह ठकुरी लागतयले शुभकामना मन्तव्य दिएका थिए।