एमालेको युवा संघमा ९ वर्षमा ९ अध्यक्षः समानान्तर कमिटी गठन गर्ने तयारी
०४ माघ २०७८
•
७ मिनेट पाठ
एमालेको युवा संघमा ९ वर्षमा ९ अध्यक्षः समानान्तर कमिटी गठन गर्ने तयारी
नवौं महाधिवेशन गर्ने तयारी रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र समानान्तर कमिटी गठन गर्ने तयारी भएको छ। पुस २८ र २९ गते पोखरामा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति असन्तुष्ट रहेका युवा संघका उपाध्यक्षलगायतका पादधिकारीले समानान्तर कमिटी बनाउने तयारी गरेका हुन्।




युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी ढंगबाट आयोजक कमिटी बनाएका कारण सचिवालय गठनलगायतका विषयमा असन्तुष्ट रहेका नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निर्णय नसच्याए बस्नेतविरुद्ध समानान्तर आयोजक कमिटी बनाउने जानकारी गराइसकेका छन्।

उपाध्यक्षहरू अमित लामा, रोशन वस्नेत, उर्मिला सुनुवार, विष्णुप्रसाद घिमिरे(उज्वल), तिरण गौतम, रवीन थापा, कुमार हुमागाइँ, उपमहासचिव प्रकाश गौतम, राजन थापा, शिवचन्द्र सिंह, सुमित्रा बोगटी, बेगबहादुर पाण्डे, मिलन सिंह, राकेश लामालगायत तीन दर्जन नेताहरूले पोखरामा भएको बैठक बहिस्कार गरेर उनीहरूले पार्टी अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, संगठन विभाग प्रमुख खगराज अधिकारी, मोर्चा जन संगठन प्रमुख भानुभक्त ढकाललाई लिखित उजुरीसमेत दिइसकेका छन्।

‘पोखरामा भएको सचिवालय बैठकमा कोरम पुगेकै थिएन, त्यहाँ हामीले संगठनको विधि पद्धति र निर्णय प्रक्रियाबारे कुरा उठाएपपछि हामीलाई छलेर बैठक सकिएको र निर्णय भएको कुरा सुनाइयो जो बैठकबाट निर्णय भएको थिएन कुनै एउटा होटलमा बसेर दुई–तीन जनाले निर्णय गरेका थिए,’ उपाध्यक्ष रोशन बस्नेतले भने। सो असन्तुष्टिपछि युवा संघका नेताहरूले युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी गरेको आरोप लगाउदै पार्टीका नेताहरूलाई ध्यानकर्षण गराएका थिए।

उनीहरूले शनिबार साँझ, संगठन विभाग प्रमुख खगराज अधिकारी, मोर्चा संगठन प्रमुख भानुभक्त ढकाललाई ध्यानाकर्षणपत्र बुझाएका थिए भने आइतबार महासचिव शंकर पोखरेल र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सबै कुरा अवगत गराएका थिए। ‘हामीले अध्यक्षज्यूलाई भेटेर सबै कुरा भन्यौ इन्चार्ज कमरेडले पार्टी अध्यक्षलाई पनि गुमराहमा राखेको देखियो,’ उपाध्यक्ष रोशन बस्नेतले भने।

फागुन ११ गते महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेर आयोजक कमिटी बनाउने बेलामा युवा संघभित्र पोलिटब्युरो सदस्य महेश बस्नेत हावी भएपछि विवाद उत्पन्न भएको थियो। संघमा विवाद उत्पन्न भएपछि धेरैजसो नेताहरूले केन्द्रीय कमिटी बैठक नै बहिष्कार गरेर निस्केका थिए।

पोखरामा बैठकमा महेश बस्नेतले आफ्नो खल्तीबाट नाम झिकेर पढ्न थालेपछि विवाद भएको थियो। ‘बैठकमा छलफल भएर आउने विषय इन्चार्जको खल्तीबाट आएपछि विवाद भएको हो उहाँले युवा संघलाई आफ्नो खल्तीको संघठन बनाउन खोज्नुभयो, एउटा निजी कम्पनीमा त अडिट गर्नुपर्छ, अडिट मिलेन भने कम्पनी नवीकरण हुँदैन यो त जनातको हितका लागि, पार्टीको हितको लागि बनेको विशाल संगठन हो यसमा कोही एक व्यक्ति हावी हुन सक्दैन,’ उपाध्यक्ष रोशन बस्नेतले भने।

उनीहरूले पार्टी अध्यक्षलाई बुझाएको उजुरीमा पनि बस्नेत हावी भएको उल्लेख गरेका छन्। ‘संगठनमा फरक मत, फरक विचार राख्ने व्यक्तिहरूलाई पूर्णत निषेध गर्दै संगठत व्यक्ति केन्द्रित समूहमा रूपान्तरित हुने स्पष्ट छ।

पार्टीको मूल विचार माक्र्सवाद, लेलिनवाद, जनताको बहुदलीय जनवाद, लेलिनवादी संगठनात्मक सिद्धान्त र लोकतान्त्रिक विधि, पद्धतिविपरीत संघको संगठनात्मक जीवनमा व्यक्तिवाद हाबी हुँदै गएको हामीले महसुस गरेका छौं,’ सो पत्रमा भनिएको छ, ‘तसर्थ संघको विद्यमान पूर्ण सचिवालय कमिटीलाई नै महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्न पार्टीबाट स्पष्ट निर्देशन गरियोस् भनी कमरेडसमक्ष यो ध्यानाकर्षणपत्र दर्ज गराएका छौं।

समयमै गलत निर्णय नसच्याए, हामी संघलाई विधि, पद्धति र प्रक्रिया अनुरूप अगाडि बढाउन थप पाइला चाल्न बाध्य हुने विषयसमेत अवगत गराउदछौं।’

पोखरामा युवा संघको बैठकमा विवाद भएपछि पार्टी महासचिव शंकर पोखरेलले काठमाडौंबाट फोन गरेर सबैलाई मिलाएर बैठक सञ्चालन गर्न इन्चार्ज बस्नेतलाई निर्देशन दिएका थिए। तर सो  निर्देशनलाई समेत महेश बस्नेतले बेवास्ता गर्दै महाधिवेशन आयोजक कमिटीको संयोजकमा किरण पौडेल, सहसंयोजक सञ्जीव झा, क्रान्ति बुर्लाकोटी कार्यालय सदस्यमा कृष्णहरि केसीलगायतन्को नाम घोषण गरेर आएपछि असन्तुष्ट रहेका युवा संघका नेताहरूले महासचिव पोखरेललगायतका नेताहरूलाई भेटेर असन्तुष्टि व्यक्त गरेका छन्।

‘यस्तै हो भने युवा संघमा विद्रोह हुन्छ र समानान्तर कमिटी बन्नसक्छ,’ असन्तुष्टमध्येका एक उपध्यक्षले भने। उनीहरूले महेश बस्नेतको एकाधिकारवादबारे जानकारी गराएका छन्। साथै उनीहरूले महेश बस्नेतकै कारण संगठन वैचारिकरूपमा धरापमा परेको समेत बताएका थिए।

‘हामीले पुस ३० गते बिहान भइरहेका गतिविधि र कोठे बैठकले संगठन घोषित निर्णयमा पुग्ने कुनै संकेत देखेनौं तथापि संघका इन्चार्ज र अध्यक्षलाई उक्त विषयवस्तु र विद्यमान सचिवालय कमिटीलाई नै स्वतः आयोजक कमिटीमा रूपान्तरण गर्नुपर्ने, त्यसमा एकता प्रक्रियाबाट आएका कमरेडहरूलाई थप्नुपर्ने विषयवस्तु हामीले प्रष्ट रूपमा राख्यौं, उक्त विषयमा कमरेड इन्चार्ज र अध्यक्षले कुनै चासो देखाउनु भएन,’ सो ध्यानकर्षणपत्रमा उल्लेख छ।

साथै, उनीहरूले २ दिनलाई तोकिएको उक्त बैठक तेस्रो दिन सञ्चालन नहुने संकेत देखिएपछि, विधि प्रक्रिया र निणर्यविपरीत जिम्मेवार व्यक्तिहरूको खल्तीबाट पूर्वाग्रही सोचका साथ नामवली घोषणा हुने संकेत देखिएपछि आफूले बैठक बहिस्कार गरेको उल्लेख गरेका छन्।

बैठकमा उपस्थित संघका सम्पूर्ण सचिवालय सदस्य कमरेडहरू छिन्नभिन्न भएर आफनो गन्तव्यतर्फ लागिसकेपछि ३० गते साँझ इन्चार्ज महेश बस्नेतको फेसबुक लाइभबाट आयोजक कमिटी घोषणा गर्दै गरेको एउटा अपूर्ण भिडियो हामीले देखाइएको उनीहरूको आरोप छ।

‘त्यसमा इन्चार्जले हप्ता–दस दिनअगाडि अमुक व्यक्तिहरूले तयार पारेको आयोजक कमिटीको नामवली, व्यक्तिगत सम्बन्धका आधारमा मनोमानी ढंगले संयोजक, सहसंयोजक, विभागीय प्रमुखहरू, प्रदेश इन्चार्ज, संयोजक, सहसंयोजक र जिल्ला इन्चार्ज र अध्यक्षहरू तोक्दै सानो महाधिवेशनको झल्को दिनेगरी, आगामी फागुन ११ गते हुने ऐतिहासिक ९औं महाधिवेशनअगावै उक्त महाधिवेशनलाई एकतर्फी प्रभावित पार्न खोजेको कुरा स्पष्ट देखियो।

लामो समय संघमा योगदान दिँदै आएका पदाधिकारी र सचिवालय सदस्य कमरेडहरूलाई हटाउएर गठन गरिएको यो महाधिवेशन आयोजक कमिटी संघको विधि, प्रक्रिया, निर्णय र मर्म–भावनाविपरीत सांगठनिक अराजकता र व्यक्तिगत स्वच्छाचारिताको उपज भएमो विषय जानकारी गराउन चाहान्छौं,’ ओलीलाई बुझाउन तयार पारिएको ध्यानकर्षणपत्रमा उल्लेख छ।

बस्नेतले नेतृत्व गरेदेखि नै भद्रगोल

युवा संघभित्र महेश बस्नेतले नेतृत्व गरेदेखि नै भद्रगोल भएको छ। विगत ९ वर्षदेखि महाधिवेशन हुन सकेको छैन। ९ वर्षमा ८ जना नेताहरूलाई टिका लगाउँदै अध्यक्ष बनाइएको थियो। अब फागुनमा महाधिवेशन भएमा ९ वर्षमा ९ जना नै अध्यक्ष हुनेछन्। २०६९ साल फागुन १८ गते भएको आठौं महाधिवेशनमा दोस्रोपटक अध्यक्ष भएका बस्नेतले आफूपछि निरु पाललाई अध्यक्ष बनाएका थिए।

त्यसैगरी निरु पालपछि राजीव पहारी, रमेश पौडेल, एमाले–माओवादी एकतापछि रामप्रसाद सापकोटा(दीपशीखा) एकीकरण भंग भएपछि पुनः रमेश पौडेल, त्यसपछि बचनसिंह अध्यक्ष भएका थिए। सिंहले राजीनामा दिएपछि किरण पौडेललाई अध्यक्ष बनाएको छ। पौडेल केन्द्रीय सदस्यमा मनोनयन भएपछि ९ औँ महाधिवेशन गरेर नेतृत्व जिम्मा लगाउनु पर्नेछ।

महाधिवेशन सहज ढंगले नहुने अवस्था आएको युवा संघका नेताहरूले बताएका छन्। महेश बस्नेत धेरै अगाडिदेखि हावी भएपछि त्यसको विरोधमा रमेश पौडेलले आवाज उठाउँदा उनलाई संगठनबाटै बाहिर राखरे खेलकुद महासंघ जिम्मा लगाइएको छ।

एकता प्रक्रिया भंग भएपछि बस्नेतले पौडेललाई हटाएर अरूलाई नै अध्यक्ष बनाउन खोज्दा लफडा भएको थियो। तर पार्टी अध्यक्ष ओलीले नै पौडेललाई युवा संघको अध्यक्षको जिम्मेवारी दिएपछि बस्नेत भने केही समय बाहिरिएका थिए। किरण पौडेल भने महेश बस्नेत उद्योग मन्त्री हुँदा स्वकीय सचिव भएका थिए।

महेश बस्नेतले किरण पौडेललाई अघि सारेपछि संघभित्र रमेश पौडेल समूहले विद्रोह गर्ने चेतावनी दिदा बस्नेत आफैं बाहिरिएका थिए। ‘उनी जुन प्रक्रियाबाट युवा संघमा आएका हुन त्यही प्रक्रिया अहिले लागु छैन, युवा संघ भनेको उमेरहद तोकिएको संगठन हो तर यहाँ महेश बस्नेत दाहिना हुँदासम्म कोही कसैलाई उमेरको मतलव छैन,’ असन्तुष्टमध्येका एक नेताले भने।

२०६९ सालमा इन्द्रलाल सापकोटा अध्यक्षमा चुनाव लड्दा ३९ वर्ष ११ महिना ३० दिन भए मात्रै युवा संघमा रहने उमेर हद तोकिएको थियो। तर पछि ४० वर्ष ११ महिना ३० दिनलाई उमेद हद मानिएको थियो।

निरु पाल अध्यक्ष हुने बेलामा त त्यो सबै तोडिएको पनि ती नेताले बताएका छन्। ‘जनवर्गाीय संगठनमध्ये पार्टीलाई सबैभन्दा बढी समस्या खडा गर्ने संगठन नै युवा संघ भएको छ,’ एमालेका एक नेताले भने, ‘पार्टी अध्यक्ष ओलीले पनि बेलाबेलामा नियन्त्रण गर्न सक्ने अवस्थामा छैन यसलाई राजनीतिक सैद्धान्तिक बाटोमा हिँडाइएन भने भोलिको दिनमा ठूलो क्षति हुनसक्छ।’
अर्को समाचार
दक्षता कि आलोपालो
२३ जेष्ठ २०७९
•
४ मिनेट पाठ
दक्षता कि आलोपालो
नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ। नेकपा एसबाट सरकारमा मन्त्री बनेका केही नेताले आफूहरूले पद नछाड्ने बताएपछि पार्टीमा विवाद उत्पन्न भएको हो।




एमालेबाट विभाजन भएलगत्तै सरकारमा सहभागी भएको नेकपा एसले ६ महिनापछि मन्त्री बदल्ने भनेको थियो। नेकपा एसले सुरुमा ६ महिनाका लागि भनेर पार्टीका नेतालाई सरकारमा पठाएको थियो। सोहीबमोजिम पुराना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय भएको हो।

नेकपा एसबाट मन्त्री बनेका विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठले आफूहरू सो पदबाट नहट्ने बताएका छन्। उनीहरूले आफूहरूले राम्रो काम गरेको दाबी गर्दै तत्कालै मन्त्रीबाट हट्नुपर्ने कारण नभएको बताएका छन्। पार्टी सचिवालय बैठकले सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम पठाएको छ।

पार्टीले नयाँ मन्त्रीको नाम पठाउन लागेको जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत गराइसकेको स्रोतले बतायो। कार्य सम्पादनभन्दा पार्टीभित्र भाग पुर्‍याउन मन्त्री परिवर्तन गर्ने परिपाटी सुरु गरेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ। कार्यक्षमता, दक्षता र जनहितमा काम गर्नेभन्दा पनि पार्टीका नेतालाई खुसी बनाउने परम्पराले मुलुकको आर्थिक विकास र सुशासन थप कमजोर बन्ने देखिएको छ।

नेकपा एसका एक नेताले दिएको जानकारी अनुसार अहिले राज्यमन्त्री रहेका भवानी खापुङबाहेक सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय भएको छ। राज्यमन्त्री खापुङ स्वास्थ्यमन्त्रीमा बढुवा हुनेछन्। ती नेताका अनुसार पार्टीले संस्कृतिमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकासमन्त्रीमा मेटमणि चौधरी र श्रममन्त्रीमा शेरबहादुर कुँवरलाई पठाउने निर्णय गरेको छ।

हीराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाइने भएको छ। अहिले नेकपा एसबाट सरकारमा विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री, रामकुमारी झाँक्री सहरी विकासमन्त्री, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री छन्।

कानुनमन्त्री गोविन्द शर्मा पनि नेकपा एसनिकट हुन्। नेकपा एसको आइतबार बसेको सचिवालय बैठकले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो। पार्टी अध्यक्ष माधवकुमार नेपालले यो निर्णयलाई अन्यथा नलिईकन अन्य साथीलाई पनि सरकारमा पालो दिनुपर्ने बताएका थिए।

मन्त्री खतिवडाले भने अहिले नै मन्त्रीबाट हट्नुपर्ने कारण नभएको र मन्त्री पद आलोपालो प्रणालीमा चल्ने विषय नभएको बताएका थिए। तर अध्यक्ष नेपालले उनको कुरा सुनेनन्। उनले पार्टीले सरकारमा नयाँ मन्त्रीका रूपमा पठाउन लागेका नेताहरूलाई इज्जत राखेर काम गर्न निर्देशन दिएका थिए। पार्टी अध्यक्ष नेपालले सञ्चारकर्मीसँग मन्त्रीहरू हेरफेर नियमित प्रक्रिया भएको बताए।

सत्ता गठबन्धन दलहरूबीच प्रतिनिधिसभा चुनाव आगामी कात्तिक–मंसिरमा गर्ने विषयमा छलफल चलिरहेका बेला नेकपा एसले मन्त्री बदल्ने निर्णय लिएको हो। पार्टीबाट सरकारमा जान चाहनेले अध्यक्ष नेपाललाई दबाब दिएपछि उनले यस्तो निर्णय सचिवालय बैठकबाट गराएको स्रोतको दाबी छ।

‘यो नियमित प्रक्रिया हो। सुरुदेखि नै ६ महिना भनेर उहाँहरूलाई जिम्मेवारी दिइएको हो,’ नेपालले बैठकमा पनि भनेका थिए। मन्त्री हेरफेर निर्णय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित भएको ठानिएको छ।

नेकपा एसका अर्का एक नेताका अनुसार जनमत भएका नेतालाई नयाँ मन्त्रीका रूपमा सरकारमा पठाउने निर्णय भएको हो। अध्यक्ष नेपालमाथि सरकारको अवधि ६ महिनाभन्दा कम भएका बेला मन्त्री हेरफेर गरी अस्थिरता निम्त्याउन लागेको आरोप लागेको छ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनालले यसअघि मन्त्री बनाएर पठाउँदा नै सबैलाई ६ महिनाका लागि भनिएको बताए। ‘सबैलाई जानकारी थियो, चित्त दुखाउनुपर्ने अवस्था छैन’, खनालले भने। उनका अनुसार अहिलेको आवश्यकताअनुसार मन्त्रीहरू हेरफेर गर्न लागिएको हो।

यसअघि मन्त्री बनाएर पठाउँदा पार्टी अध्यक्ष नेपालले सबैलाई ६ महिनापछि परिवर्तन हुनुपर्छ भनेका थिए। ‘पहिला नै ६ महिना भन्ने जानकारी थियो, अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन, उहाँहरूले सहर्ष स्वीकार गर्नुहुन्छ’, नेकपा एस सचिवालयका एक सदस्यले भने।

एमालेले बनाउन लागेका नयाँ मन्त्रीको सूचीमा गैरसांसद पनि छन्। अछाममा भीम रावललाई टक्कर दिन त्यहाँका शेरबहादुर कुँवरलाई मन्त्री बनाउन लागिएको हो। यसअघि उनी राष्ट्रियसभा सदस्य थिए। उनको सांसद पद गत फागुनमै सकिएको थियो। पार्टी अध्यक्ष नेपालले मन्त्रीबाट फिर्ता बोलाइएका र नयाँ मन्त्रीका रूपमा जाने नेतालाई राखेर प्रशिक्षण दिएका छन्।

नेकपा एसका नेता मेटमणी चौधरीका अनुसार अध्यक्ष नेपालले सबैलाई राखेर प्रशिक्षण दिएका हुन्। पर्यटन मन्त्रालय सम्हालेका प्रेम आलेले राम्रो काम गर्दागर्दै आफूलाई मन्त्रीबाट हटाउन लागेको भन्दै चित्त दुखाएका थिए। त्यस्तै श्रममन्त्री किसान श्रेष्ठले पनि एमालेबाट विद्रोह गरेर आएको र अहिलेको अवस्थामा आफूले राम्रो काम गरेको दाबी गरेका थिए।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस