ललितानिवास जग्गा हिनामिनाः अनुसन्धान कमजोर भएको ठहरसहित फाइल फिर्ता
२७ पौष २०७८
•
२ मिनेट पाठ
ललितानिवास जग्गा हिनामिनाः अनुसन्धान कमजोर भएको ठहरसहित फाइल फिर्ता
जिल्ला सरकारी वकिल कार्यालयले ललितानिवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने प्रकरणसम्बन्धी किर्ते मुद्दामा प्रहरीको अनुसन्धान कमजोर भएको ठहर गरेको छ।




नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लिखत किर्ते मुद्दामा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय काठमाडौंलाई गत बिहीबार प्रतिवेदन बुझाएको थियो।

कार्यालयले लिखत किर्ते मुद्दा चलाउन पर्याप्त आधार नपुगेको भन्दै प्रमाण अझै बलियो बनाउन सोमबार निर्देशन गरेको हो।निर्देशनसहित थप अनुसन्धान गर्न प्रतिवेदन फाइल फिर्ता पठाउनु नियमित प्रक्रियाजस्तै भएको कार्यालयले जनाएको छ।

मुद्दा अनुसन्धान सुरु गरेको दुई वर्षमा हदम्याद सकिन्छ भन्ने सत्य नभएको जिल्ला सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले बताए। यो मुद्दामा मुलुकी ऐनअनुसार हदम्याद लागू हुने उनको तर्क छ। ‘मुलुकी ऐनको कसुरमा त्यही बेलाको कानुन लाग्छ। हदम्याद, सजाय पनि मुलुकी ऐनअनुसार नै लाग्छ,’ उनले भने, ‘हदम्याद सकिने भन्ने कुरामा कुनै आधार छैन।’

मुद्दाको अनुसन्धान अझै राम्रो गर्न निर्देशन गरेको जिल्ला सरकारी वकिल काठमाडौंको प्रमुखसमेत रहेका पौडेलले बताए। प्रमाणकै आधारमा मुद्दा चलाउने भएकाले तथ्यलाई अझै बलियो बनाउन निर्देशन दिएको उनले जानकारी दिए। मुद्दा नयाँ संहिता जारी हुनुअघिको भएकाले मुलुकी ऐनमा भएको हदम्याद लागू हुने बताए।

सिआइबीले तीन सयजनाभन्दा बढीलाई मुद्दा चलाउन सिफारिस गरेको छ। प्रतिवेदन अध्ययन गरेर कसलाई मुद्दा चलाउने, नचलाउने भन्ने निक्र्योल सरकारी वकिलको कार्यालयले गर्नुपर्छ। सिआइबीले लिखत किर्ते गर्नेहरूलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइसकेको छ।

सिआइबीले ललितानिवास जग्गा प्रकरणको २०७६ फागुनदेखि अनुसन्धान सुरु गरेको थियो। किर्ते मुद्दामा ४ सयभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चल्न सक्ने र त्यसमा उच्च राजनीतिक नेतृत्वसमेत तानिनसक्ने बताइएको छ। तर सिआइबीको प्रतिवेदनमा राजनीतिक नेतृत्वलाई छोइएको छैन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनालाई प्रतिवादी बनाउँदै दुई वर्षअघि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। विशेष अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीहरूको थुनछेक बयान सकिसकेको छ।

अख्तियारले प्रतिवादी बनाएका सबैजना कीर्ते मुद्दामा नपर्न सक्ने सिआइबीले जनाएको छ। जग्गा प्रकरणमा लिखतसँग सम्बन्धित कसुरमा संलग्नलाई मात्रै किर्ते मुद्दा चल्नेछ। २०४९ देखि २०६९ सालसम्ममा ललितानिवासको १ सय ४३ रोपनी जग्गासम्बन्धी लिखत किर्ते गरी हिनामिना भएको सिआइबीको प्रतिवेदनमा उल्लेख छ।
अर्को समाचार
बालेनको हतारोमा फेरि अदालत तगारो
१७ फागुन २०८०
•
३ मिनेट पाठ
बालेनको हतारोमा फेरि अदालत तगारो
उच्च अदालत पाटनले फेरि काठमाडौं महानगरपालिकाको अर्को निर्णय कार्यान्वयनमा रोक लगाएको छ। ललितानिवासको सरकारी जग्गाबाट व्यक्ति, कम्पनी र संघसंस्थाका संरचना सात दिनभित्र खाली गराउनेसम्बन्धी महानगरको निर्णय तत्काल कार्यान्वयनमा अदालतले रोक लगाएको हो।




यसअघि महानगरपालिकाले गरेका कानुनविपरीतका सातवटा निर्णय अदालतको अन्तरिम आदेशबाट रोकिएका छन्। अदालतको अन्तरिम आदेश अन्तिम फैसला होइन, अर्को निर्णय नहुँदासम्मका लागि हो।  

व्यक्तिका नाममा गराइएको बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा सरकारकै नाममा ल्याउनुपर्ने विशेष अदालतको फैसलाको पूर्ण पाठ नआउँदै काठमाडौं महानगरपालिकाले उक्त जग्गा सात दिनभित्र खाली गराउने निर्णय गरेको थियो। 

विशेषबाट फैसला भएको एक सातामै महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो। त्यसविरुद्ध ललितानिवासको जग्गामा घर भएका ६५ जनाले संयुक्त रूपमा र छुट्टाछुट्टै गरी उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए।

सोही रिटमा अदालतले महानगरपालिकाको सूचना हालका लागि कार्यान्वयन गर्न नमिल्ने भनी अन्तरिम आदेश जारी गरेको हो। न्यायाधीश प्रकाश खरेलको इजलासले आइतबार महानगरपालिकासँग जग्गा खाली गराउनुको कारण सोध्दै अन्तरिम आदेश जारी गरेको थियो। यस विषयमा अदालतले लिखित आदेश बुधबार जारी गरेको छ।

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दामा विशेष अदालतबाट २०८० फागुन ११ मा फैसला भएको थियो। ‘फैसलाउपर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३४ अनुसार निवदेकको पुनरावेदन गर्ने म्याद बाँकी नै रहेको’, उच्च अदालत पाटनको आदेशमा भनिएको छ, ‘फैसला अन्तिम भएको नदेखिएको अवस्थामा सुविधा सन्तुलनको दृष्टिकोणबाट प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि निवेदकहरूले उल्लेख गरेका कित्ताका जग्गामा रहेका घर नभत्काउनु, क्षति नपुर्‍याउनु, यथास्थितिमा राख्नु र विपक्षी काठमाडौं महानगरपालिकाबाट सार्वजनिक सूचना कार्यान्वयन नगर्नू, नगराउनू भनी अन्तरिम आदेश जारी गरिदिएको छ।’

विशेष अदालतले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउनेलाई ८० लाख रूपैयाँसम्म बिगोसहित जरिवाना तोकेको छ। अदालतले व्यक्तिका नाममा बनाइएको सबै जग्गा सरकारी हुने फैसला पनि गरेको छ। नेपाल सरकार वादी भएको यो मुद्दाको फैसलाको पूर्ण पाठ आएको छैन।

विशेष अदालत सुरु अदालत हो। सुरुमा मुद्दा दर्ता भएको अदालतले गरेको निर्णय चित्तबुझ्दो नभएमा माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउने अधिकार हरेक व्यक्ति र नेपाल सरकारलाई छ। विशेषको फैसला चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गर्न सकिन्छ।

विशेष अदालतको फैसलाबमोजिम काठमाडौं महानगरपालिकाले वडा नम्बर ४ भित्र पर्ने बालुवाटारस्थित ललितानिवासभित्रको सरकारी जग्गामा व्यक्तिले बनाएका संरचना हटाउन सातदिने सूचना जारी गरेको थियो। एक साताअघि महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र ललिता निवासको उक्त जग्गाबाट आफैं हट्न व्यक्ति, कम्पनी र संघसंस्थालाई अनुरोध गरेको थियो।

महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १३ अन्तर्गत स्थानीय तहको सम्पत्तिको संरक्षणसम्बन्धी व्यवस्थाअन्तर्गत सूचना जारी गरेको हो। ‘ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरू हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्न अनुरोध गरिन्छ’ जारी सूचनामा भनिएको थियो। मुद्दाको अन्तिम फैसला नहुँदासम्म महानगरपालिकाको यो सूचना कार्यान्वयन नगर्न, नगराउन उच्च अदालत पाटनले भनेको हो।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस