पर्यटन बोर्डका सिइओले लन्डन पुर्‍याएर अपमान गरेः पर्यटनमन्त्री आले
१७ पौष २०७८
•
३ मिनेट पाठ
पर्यटन बोर्डका सिइओले लन्डन पुर्‍याएर अपमान गरेः पर्यटनमन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन्।




नेपाल पर्यटन बोर्डको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री आलेले निलम्बनमा परेका बोर्डका सिइओ धनञ्जय रेग्मीलाई सार्वजनिक रूपमै आक्रोश व्यक्त गर्दै आफू इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका हुन्।

व्यावसायिक मानसिकता भएको बोर्डको नेतृत्वले आफ्नो व्यक्तिगत स्वार्थ मात्रै पूरा गर्न खोजेको बताउँदै उनले मन्त्रीलाई नै खरिद गर्ने मनसाय भएका व्यक्तिलाई बोर्डको सिइओ बनाउनु विडम्बना भएको बताए। पर्यटन प्रवद्र्धनको नाममा आफूलाई बेलायत पुर्‍याएर बेइज्जत गराएको समेत मन्त्रीको आरोप छ।

मन्त्री आलेले बेलायतमा सम्पन्न विश्व पर्यटन मेलामा आफ्नो बेइज्जत भएको किस्सा सुनाउँदै बोर्डका सिइओ रेग्मीलाई साँढेको संज्ञा दिएका छन्। रक्सीको मातमा उन्मत्त भएका व्यक्ति संस्थाको सिइओ बनाउँदा संस्था चल्न नसक्ने बताउँदै मन्त्री आलेले भने, ‘धेरै रिसाउनु भो जाम रक्सी खान भन्नेले देशको पर्यटन प्रवद्र्धन कसरी गर्छ?’

सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै मन्त्री आलेले सिइओ रेग्मीले दुई÷चारवटा टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेकोसमेत आरोप लगाए। उनले सिइओ रेग्मीले आफूलाई जबर्जस्ती बेलायत लगेकोसमेत दाबी गरेका छन्।

बेलायतमा १७ देशका मन्त्रीले आफ्नो देशको पर्यटन प्रवद्र्धनबारे कुरा राख्दा आफूले टुलुटुलु रेहेर बस्न बाध्य भएकोसमेत मन्त्रीले सुनाए। सिइओ रेग्मीकै कारण बेलायतको उक्त फोरममा कोभिडले विश्वलाई प्रभाव पारिरहेको बेलामा आफ्नो देशका पर्यटन क्षेत्र कोभिडमुक्त रहेको सन्देश दिन नपाएको समेत बताए।

‘लन्डन गएँ, लगेर दूतावासमा राखिदियो। सोही समयमा प्रधानमन्त्री पनि कोप २६ सम्मेलनमा भाग पुगेकाले दूतावासको कार्यवाहक राजदूत सबै उतै। न गाडी छ, न खाना। खाना पनि आफ्नै पैसाले,’ उनले अगाडि भने, ‘यहाँ चर्चा छ हवाई टिकटको। म देशको मन्त्री, जनताले छानेर आएको, लन्डन जाँदा टिकट कति लाग्छ अब म हेर्दै बसौं त ? त्यो त व्यवस्थापनले गर्ने कुरा हो। अन्तिममा त्यो फोरममा मैले बोल्न पाइनँ। मलाई एकदमै तनाब भयो। अब यस्तो साँढेलाई सिइओ हामीले बनायौं भने संस्था चल्छ?’

उक्त कार्यक्रममा आफूले डेढ घण्टासम्म कुरेर पनि बोल्न नपाएको रक्सीको उन्माद भएको व्यक्तिकै कारण रहेको दाबी गरेका छन्। ‘म त दुःखका साथ भन्छु, लन्डनमा हुँदा कार्यक्रममा डेढ घण्टा म उभिएँ, सबैले स्याम्पेन खाइरहेका छन्। म नखाने मान्छे छेउमा उभिरहेँ। हाम्रो त्यो साँढेले पनि भटाभट लगाइरहेको छ,’ उनले भने, ‘आफ्नै आँखाले देखिरहेको छु, मलाई खा भन्छ। उसले पहिलाको मन्त्रीजस्तो ठान्यो होला प्रेम आलेलाई।’ मन्त्री आलेले डब्लुटिएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख रूपैयाँ खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्नसमेत माग गरे।

त्यस्तै, शुक्रबार नै सम्पन्न नागरिक उड्डयन प्राधिकरण (क्यान)को २३औं वार्षिकोत्सव कार्यक्रममा समेत मन्त्री आलेले सिइओ रेग्मीमाथि पर्यटन प्रवद्र्धनको नाममा बदनाम गरिरहेको आरोप लगाए। मन्त्री आलेले बेलायतकै किस्सा जोड्दै उक्त पर्यटन मेलामा नेपाल चिनाउने कुनै फोटोलगायत प्रचार सामग्रीसमेत नभएको दाबी गरे।

‘स्टल पनि सबैभन्दा सानो, न सगरमाथाको फोटो छ, न केही। एउटा पोस्टर पनि छैन,’ मन्त्री आलेले भने, ‘पर्यटन बोर्डको सिइओले सर्टिफिकेट पनि चोरेर ल्याएको रहेछ। मगरको छोरो नभनुँ पनि भएन। लन्डनमा भोजभतेर हेरेर फर्किएर आएँ।’

क्यानको कार्यक्रममा बोल्दै मन्त्री आलेले पर्यटन बोर्डमा जस्तै कालो अनुहार भएका व्यक्ति क्यानमा समेत रहेको बताउँदै आफ्ना कार्यक्रममा सहभागी नदेखेको बताए। क्यानको प्रभातफेरी र वार्षिकोत्सवमा नेदेखेका ती कर्मचारीलाई आफूले राम्रोसँग नियालिरहेको र तिनीहरूको समेत हिसाबकिताब हुने जनाए।
अर्को समाचार
नेपाललाई ईयुकोे सुरक्षा सूचीबाट हटाउन पहल गर्न परिसङ्घको आग्रह
२३ साउन २०८०
•
२ मिनेट पाठ
नेपाललाई ईयुकोे सुरक्षा सूचीबाट हटाउन पहल गर्न परिसङ्घको आग्रह
नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ।




नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियन (ईयु)ले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा छलफल भएको हो।

पर्यटन मन्त्रालयमा भएको छलफलमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन भएकाले नेपालको पर्यटन उद्योगको विकासका लागि सरकार एवं निजी क्षेत्रबीच समन्वय र सहकार्यमा जोड दिए। उनले युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गर्न तत्काल पहल गर्नुपर्ने बताए।

युरोपका पर्यटक धेरै खर्च गर्नेमध्येमा पर्ने भएकाले नेपाललाई युरोपियन यूनियनको सुरक्षा सूचीबाट जतिसक्दो छिटो हटाउनुपर्नेमा उनले जोड दिए। नेपाल उद्योग परिसङ्घले पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राखेर पर्यटन समिति गठन गरेको जानकारी गराउनुहुँदै उनले निजी क्षेत्रकोतर्फ परिसङ्घ मन्त्रालयसँग नजिकमा रहेर काम गर्न प्रतिबद्ध रहेको बताए।

परिसङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल रुपमा सञ्चालनका लागि हवाई रुटको अभावमा चुनौती देखा परेको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण गराएको छ। नेपाललाई फिल्मिङ गन्तव्यका रुपमा विकास एवं प्रबद्र्धन गर्न, पर्यटकीय क्षेत्रमा पुग्ने सडक यातायात मार्गको स्तरोन्नतिको काम तोकिएको समयमा पूरा गर्नुपर्ने, हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाइएको लगायतका विषयमा परिसङ्घले ध्यानाकर्षण गराएको छ।

छलफलमा मन्त्री किरातीले नेपाल युरोपियन यूनियनको सुरक्षा सूचीबाट हटाउन पहल भइरहेको र छिट्टै सकारात्मक समाचार आउनसक्ने बताए। युरोपियन युनियनसँग पुनः सिधा हवाई सम्पर्क स्थापित गर्न नेपाल सरकार कठोर रुपमा अगाडि बढ्ने विश्वास उनले दिलाए। मन्त्री किरातीले नेपाल गन्तव्य महँगो भइरहेको अवस्थामा हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने विषयमा आफूले असहमति राखेको बताए।

नेपालका दुर्गम स्थानमा सेवा प्रवाह गर्न ‘ट्रङ्क रुट’का लागि केही जहाज र नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय उडानका लागि न्यारो बडी जहाज खरिद गर्ने तयारी गरिरहेको बताए। उनले पर्यटन उद्योगको विकासका लागि परिसङ्घसँग मिलेर काम गर्ने बताए।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस